गत बुधवार दिसेम्बर ९ तारिखका दिन बेल्जियमको लुभेन शहरमा प्रवासि पत्रकार संघ बेल्जियमको आयोजनामा नेपाल बाट युरोप भ्रमणमा आउनु भएका कान्तिपुर दैनिकका समाचार सम्पादक हरी बहादुर थापा तथा जेनिथ फाइनेन्स लिमिटेडका चिफ इक्स्क्युटिभ अफिसर भोला प्रसाद पाठकको उपस्थितिमा एक महत्वपूर्ण अनउपचारिक अन्तर्कृया कार्यक्रम सम्पन्न भयो । उक्त अन्तर्कृया कार्यक्रम समारोहमा प्रवासि पत्रकार संघ बेल्जियमका संयोजक पुरुशोत्तम सुबेदी -बेल्जियम एन आर एन आइ सि सी सदस्य अर्जुन कुमार श्रेष्ठ- बेल्जियम एन आर एन संस्थापक उपाध्यक्ष पुष्पराज अधिकारी - प्रवासि पत्रकार संघ बेल्जियमका सदस्य शिव कुमार बरुवाल-प्रवासि पत्रकार संघ बेल्जियमका सदस्य दीपक ज्योति पौडेल - एन डी एफ बेल्जियम आन्तर्पेन छेत्रीय कमिटीका अध्यक्ष अर्जुन कुमार गुरुङ - एन डी एफ बेल्जियम लुभेन छेत्रीय कमिटीका अध्यक्ष गोपाल सिम्खडा -बेल्जियमका विद्यार्थी तथा बुद्धीजिवी नारायण अधिकारी -साथै समाज सेवी मान काजी गुरुङ - रमेस्वर थापा -कमल खड्का - ब्यावसायी एकजङ गुरुङ -मनिष गुरुङ लगाएत अन्य बिभिन्न समाज सेवीहरुको उपस्थितीमा प्रवासी पत्रकार संघ बेल्जियमलाई ब्यवस्थित एबम बैधानिकत तथा नेपाल पत्रकार महा संघ संग आपसी सम्बन्ध बिस्तार गर्ने लगाएत नेपालको अती लोक प्रिय पत्रिका कान्तिपुर दैनिकले प्रवासी मेडीया तथा प्रवासी पत्रकारहरु संग खेल्ने भूमिका बारे महत्वपूर्ण छलफल भयो ।
२०४९ सालमा स्थापित कान्तिपुर दैनिकले बिगतमा आफ्ना छिट फुट गल्ती भएतापनी बर्तमान अवस्थामा कान्तिपुर दैनिकले सम्पूर्ण आफ्ना कम्जोरीलाई सुधारेर निस्पक्ष रुपमा नेपाली जनतासामु प्रस्तुत भएको सह सम्पादक हरीबहादुर थापाले समारोहमा उपस्थित सबै लाई अवगत गराउदै उहाले युरोप बाट प्रकासित हुने नेपाली पत्र र कान्तिपुर दैनिकको शहकार्य हुन सक्ने सम्भावना लाई पनि ध्यान आकर्सण गराउनु भयो । साथै प्रवासका कतिपय बैधानिक सत्य तथ्य समाचार लाई अवलोकन गरी समय सापेक्षित ठहरेमा कान्तिपुर दैनिकमा सम्प्रेसण गर्न सकिने ब्यवस्था भएको जानकारी समेत गराउनु भएको छ । यसै बिच नेपालका बिभिन्न बित्तिय संस्था तथा अन्य थुप्रै फाइनान्सियल कम्पनी एबम बिभिन्न कमर्सिएल बैंकहरुको बिगत र बर्तमान स्थिती बारे जानकारी गराउदै जेनिथ फाइनेन्स लिमिटेडका चिफ इक्स्क्युटिभ अफिसर भोला प्रसाद पाठकले नेपालमा अन्य साना ठुला उद्योग धन्दा तथा कल कारखाना बन्द हुँदै गएको र पुंजी पतीहरुले घर जमिन खरिद गर्ने देखी बिभिन्न बित्तिय संस्था तथा कमर्सिएल बैंकहरुमा मात्र लगानी गरेको खुलसा गर्नु भएको छ । नेपालमा कृषि तथा साना घरेलु उद्योग एबम अन्य ठुला उद्योगहरु लाई बिस्तार नगरे नेपाली मजदुरको जनजिबिका लाई ठुलो असर मात्र नभै राज्य नै आर्थिक संकटमा फस्न सक्ने सम्भावना बढेको समारोहमा उपस्थित बिज्ञहरुको अड्कल रहेको छ । लगातार दुई घण्टा सम्मको अनउपचारिक छलफलमा नेपालका राजनीतिक पार्टिहरु अबिलम्ब शान्ती प्रकृया तथा संबिधान लेखनमा जुटेमा राज्य तुरुन्तै अग्र गतिमा जान सक्ने प्रवल सम्भावना रहेको तर्क गर्दै यदी पार्टीहरुले बुद्धी नपुर्याएमा देश गृह युद्ध तर्फ जान सक्ने पनि त्यतिकै सम्भावना रहेको बिज्ञहरुको तर्क थियो ।

0 comments:
Post a Comment