मंसिर २६, २०६६, विर्तामोड, झापा लिम्बुवान/संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउने प्रमुख जिम्मेवारी र नेतृत्व पाएका नेपालका प्रमुख राजनीतिक दलहरु संविधान निर्माण र शान्तिप्रक्रियालाई बाजी राखेर पद र कुर्सीको खेलमा रमिरहेको बेला संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान राज्य परिषदले भने झापाको विर्तामोड लिम्बुवानमा आफ्नो निरन्तर आन्दोलनको कार्यक्रमस्वरुप हजारौं कार्यकर्ता तथा जनताको समुपस्थितिमा विशाल लिम्बुवान आमसभा सम्पन्न गरेको छ ।लिम्बुवानकै प्रमुख आन्दोलकारी राजनीतिक संगठन मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद् झापा जिल्ला कार्य समितिको आयोजना र परिषद् केन्द्रको विशेष सहयोगमा सम्पन्न सो आमसभा मंसिर २६ गते झापाको विर्तामोडस्थित् अग्रसेन मैदानमा सम्पन्न भएको थियो । संविधानसभामार्फत् राज्यको पुनर्संरना गरी स्वायत्त राज्यहरुको निर्धारण गर्ने क्रममा झापा, मोरङ र सुनसरीलाई ऐतिहासिक लिम्बुवान राज्यबाट टुक्राउने षडयन्त्र भइरहेको बेला त्यहाँका स्थानीय जनतालाई लिम्बुवान र लिम्बुवान आन्दोलनबारे सुसूचित गर्न सो आमसभाको आयोजना गरिएको आयोजकले जनाएको छ ।परिषद् झापा जिल्लाका अध्यक्ष मानबहादुर साँवाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमका प्रमुख अतिथि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्षमण्डल सदस्य तथा मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदका केन्द्रीय अध्यक्ष कुमार लिङदेन 'मिराक'ले आमसभालाई सम्बोधन गर्दै भन्नुभयो- अब यो लिम्बुवान प्राप्तिको आन्दोलन र कसैले रोकेर रोक्नसक्दैन । बरु, हामी आन्दोलनकारी लिम्बुवानवादी संगठनका नेतृत्वहरु दश टुक्रा हुन तयार छौं तर लिम्बुवानलाई टुक्राउने षडयन्त्र हामीलाई कुनै हालतमा पनि स्वीकार्य छैन । त्यसैगरी, संघीयता, लोकतन्त्र र गणतन्त्रप्रति प्रतिवद्धता जनाउँदै लिङदेनले भने- हामी हिजो पनि संघीय लोकतान्त्रिक गणतन्त्रवादी थियौं, आज छौं र भोलि पनि हुनेछौं । त्यही दिन एनेकपा माओवादीले गरेको लिम्बुवानमा कोचिला गणराज्यको घोषणाप्रति कटाक्ष गर्दै लिङदेनले माओवादीको र्सवसत्तावादी नीति र हेपाहा प्रवृत्तिको खुलेर विरोध गरे । सम्बोधनकै क्रममा जोसुकैले जेसुकै घोषणा गरे र भने पनि आखिरीमा यो झापा, मोरङ र सुनसरी लिम्बुवान नै हो, हुनुपर्छ र हुन्छ भन्ने कुरामा जोड दिए । आमसभालाई सम्बोधन गर्ने क्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यवाहक महासचिव खगेन्द्र माखिमले हालै निर्माण गरिएको आदिवासी/जनजाति वृहत मोर्चाको औचित्य र यसको आगामी आन्दोलन बारे लिम्बुवानी जनतालाई जानकारी दिँदै सो आन्दोलनमा सक्रियाताका साथ सहभागी हुन आह्वान गरे । त्यस्तै, संयुक्त लिम्बुवान मोर्चा, नेपालद्वारा भर्खरै घोषित आन्दोनलको कार्यक्रमलाई पनि सफल पार्नुपर्ने कुरामा जोड दिए । मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषदको प्रथम उपाध्यक्ष ज्ञानबहादुर गुरुङले आफ्नो गुरङ जाति र लिम्बुवानको सम्बन्ध बारे प्रष्ट पार्दै सम्पूर्ण लिम्बुवासी गुरुङलगायतलाई लिम्बुवानको आन्दोलनमा सरिक हुन अनुरोध गरे । त्यसैगरी, परिषदका द्वितीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङले यी आजसम्म शासन र सत्तामा हाली मुहाली गर्ने मुख्य दलहरुले जानी जानी शान्ति प्रक्रियालाई भाँड्ने र संविधान निर्माण नगर्ने खेलमा लागेकोप्रति आक्रोस व्यक्त गर्दै त्यसप्रति लिम्बुवानी जनताहरु सजग र सचेत रही आन्दोलनमा आउन अपील गरे । परिषदका प्रथम महासचिव र्सूय माखिमले आफूहरुले जतिसुकै शालीन र शान्तिपूर्ण आन्दोलनका साथ सरकारसमक्ष राजनीतिक मागहरु राख्दा पनि सरकारले नसुन्ने र सुनेपनि उल्टो मात्र बुझ्ने भएकोले लिम्बुवानी जनताहरु अझ वृहत्तर रुपमा एक भई सशक्त रुपमा आन्दोलन गर्नुपर्ने खाँचो औल्याउनु भयो । परिषदका महिला सचिव शान्ता योङहाङले सभालाई सम्बोधन गर्ने क्रममा सम्पूर्ण लिम्बुवानवासी महिला लिम्बुवानको झण्डामा गोलवद्ध भई आन्दोलनमा नलागी नभएको कुरा निवदेन गर्नुभयो । त्यस्तै, संघीय लिम्बुवान महिला परिषद्का संयोजक निर्मला लिम्बूले महिला एकता र राजनीतिक सहभागितामा जोडदिनुहुदै आगामी मंसिर २९ र ३० गते झापाको दमक लिम्बुवानमा हुनगइरहेको महिला परिषदको सम्मेलनमा सहभागी हुन सम्पूर्णलाई अनुरोध गर्नुभयो । आमसभामा संघीय लिम्बुवानमा लेप्चा परिषदबाट डुपछिरिछङ लेप्चा, धिमाल परिषदबाट बाङगाई धिमाल र केदार धिमाल, याक्खा परिषदबाट निङलाहाङ याक्खा र अन्यबाट समुदायबाट नेत्र ढकाल, संगम खनाललगायतले आफ्नो सम्बोधन मन्तव्य राख्दै अरुणपूर्व लिम्बुवान स्वायत्त राज्य हुनुपर्ने र त्यसमा आफूहरुको अधिकार सुनिश्चित र सुरक्षित हुने भएको बताउनु भयो । विभिन्न झाँकी र नृत्यसमेत प्रस्तुत गरिएको यस ऐतिहासिक आमसभाको उद्घोषण परिषद झापा जिल्लाका सचिव सुवास राइले गरेका थिए ।- डी बी आङबुङ
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Saturday, 12 December 2009
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन
चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
0 comments:
Post a Comment