श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 14 December 2009

माओवादीद्वारा सोलुखुम्बुको सल्लेरीमा किरात शेर्पा गणराज्यको घोषणा


सदरमुकाम सल्लेरीमा शेर्पा स्वायत्त गणराज्यको घोषणा गरेको छ। सल्लेरी स्थित जि बि स कार्यलय प्राङगाणमा आयोजित कार्यक्रममा शेर्पा स्वायत्त प्रदेशको घोषणा पार्टी अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) स्वायमले गर्नु भएको थियो। कार्यक्रमको लागी बिभिन्न जिल्लाबाट जनसमुदायको बाक्लो उपास्थिती रहेको थियो। यहि मंसिर २६ गते बाट गणराज्या घोषणा गरेको माओबादीले यस अघि पुर्वमा दुई र पश्चिममा दुई गणराज्या घोषणा गरे पनि प्रचन्ड स्वायं उपास्थित भएर घोषणा गरेको यो पहिलो हो। घोषणा साँगै शेर्पा स्वायत्त गणराज्या प्रमुखको रुपमा गोम्बु शेर्पा (कर्ज्याङग) लाई जिम्मेवारी दिएको छ। ए माओबादीले प्रस्तुत गरेको नेपालको संघिय स्वरुप अनुसार शेर्पा स्वायत्त प्रदेशको सिमांकन पुर्वमा
कन्चनजंग हिमाल देखि पश्चिममा गणेश हिमाल सम्मा रहेको जनकारी दिँदै प्रमुख शेर्पाले शेर्पाको नाममा स्वायत्त गणराज्य घोषणा भए पनि त्यस भित्र रहने अन्य जातीले पनि सम्मान समान आत्म सम्मान र अधिकार पाउने बताउनु भयो। ईमान्दार, सोझा, मेहेनती र नेपालको प्रतिष्ठ बिस्वा सामु फैलाउने जातीको रुपमा चित्रंकण गर्दै अध्य्क्ष प्रचन्डले आफुले शेर्पा स्वायत्त गणराज्य घोषणलाई प्राथमिकता दिएको बताउनु भयो। यस क्रममा वहाँले पार्टीको गणराज्य घोषणा कार्यक्रम संबिधान बिपरित नरहेको दावी गर्दै संघियतमा जान अन्य दलहरु अन्कन्याई रहेकोले दवावस्वरुप घोषणा गरिएको पनि बताउनु भयो। कार्यक्रममा संविधान सभासदहरु देवी खडका , बालक्रिष्णा शर्मा श्रीमति आङ दावा शेर्पा, पुर्व मन्त्रि पदम राई, पुर्व वन सहायक मंत्री आङ देण्डी लामा शेर्पा, नेपाल शेर्पा संघका केन्द्रिय अध्यक्ष पेमा छिरी शेर्पा, भु पु मनानिय श्री पासाङ गोपारमा लगायत शेर्पा संघ साँस्थाको पदाधिकारीहरुको उल्लेख्यनिय उपास्थिति रहेको थियो। बक्तहरुले बोल्ने क्रममा नेपाल शेर्पा संघका अध्यक्ष पेमा छिरी शेर्पाले शान्तीप्रिया शेर्पा जाती आवश्यक्त परे बिद्रोह गरेर भएता पनि आफ्नो अधिकार सुनिश्चित गर्न लागी पर्ने बताउनु भयो। यसै गरि संघिय लोकताणत्रिक शेर्पा संघको अध्यक्ष श्री लाक्पा ठिन्ले शेर्पाले माओबादीको कार्यक्रम भए पनि शेर्पा जातीको हीतमा भएकोले काँग्रेस लगायत अन्य दलमा आवद्द शेर्पाहरुले पनि समर्थन गर्ने जनाउदै ने काँग्रेस केन्द्रिय सदस्य एवं संबिधान सभासद जीप छिरिङ लामा शेर्पाको तर्फबाट पनि शुभ कामना रहेको बताउनु भयो। दश वर्षे जनयुद्दक्रममा शहिद हुनेहरु मध्ये असी जना भन्दा बढि शेर्पा सहिद हरु भएकोले पनि शेर्पा स्वायत्त गणराज्या घोषणलाई माओबादीले प्रथामिकतमा राखेको बुझ्न सकिन्छ। थप तस्बिरहरु र भिडियो हरुको अप्डेट क्रम जारी छ। प्रतिक्षा गर्नु होला।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika