संयुक्त राष्ट्रिय जनआन्दोलनका अध्यक्ष एवं एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले दोस्रो चरणको आन्दोलनबाट पनि माग पूरा नभए नागरिक अवज्ञादेखि देशव्यापी हड्ताल गर्नसमेत पछि नपर्ने बताएका छन् ।
यसका लागि तयार रहन उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको आन्तरिक तयारी नपुगेकाले गणराज्य घोषणा कार्यक्रम स्थगन गरिएको जानकारी दिँदै तयारी पूरा भएपछि यो कार्यक्रम अघि बढाइनेछ,' राजधानीस्थित पार्टी मुख्यालयमा शुक्रबार नेवा राज्य समितिअन्तर्गतका अगुवा कार्यकर्तालाई आन्तरिक प्रशिक्षण दिँदै उनले भने । पार्टीले आफ्नो जारी आन्दोलनअन्तर्गत सोमबार गणराज्य घोषणा कार्यक्रम तय गरेको थियो ।
नेवाः राज्यभित्र केन्द्रीय सदस्य, सभासद्, विभिन्न जनवर्गीय संगठनका प्रमुख, नेवा राष्ट्रिय मुक्तिमोर्चा र नेवा मंका दबुका केन्द्रीय पदाधिकारी प्रशिक्षणमा सहभागी थिए।

0 comments:
Post a Comment