काठमाण्डौ नोभेम्बर ७, शेर्पा संचार समुह नेपालको प्रथम बार्षिक साधरण सभा सम्पन्न भएको छ। संचारको अध्यक्ष पासाङ शेर्पा (खम्बाचे)को सभापतित्वमा भएको उक्त साधारण सभामा शेर्पा ब्याक्ति ब्याक्तित्वहरु, समाजसेवी, शेर्पा सभासदहरु, शेर्पा संचारकर्मिहरु तथा अन्य ब्यक्तिहरुको उपास्थिती रहेको थियो। बौद्ध स्थित ओ टु क्याफेमा सम्पन्न उक्त साधरण सभामा सँस्थाको महा सचिव र कोषाध्यक्षद्वारा आ-आफ्नो प्रतिबेदन पेश गरेका थिए भने भावी कार्ययोजनाहरु पनि प्रस्तुत गरेको थियो। छोटो समयमा नै संस्थाले आम शेर्पा समुदायमा महत्वपुर्ण योगदानहरु
पर्याएको छ। कार्यक्रममा सहभागी बक्तहरुले सन्चार क्षेत्र आम शेर्पा समुदायमा महत्वपुर्ण अंग भएकोलाई यसलाई संस्थागत बिकास गर्दै लैजानु पर्ने र पत्रकारहरु उत्पादन गर्दै जानु पर्ने र त्यस्को लागी आ-आफ्नो क्षेत्रबाट आर्थिक, बैचारिक तथा भौतिक सहयोगको लागि आफुहरु सधै लागी पर्ने बताए । यसै क्रममा संचारको उत्तरोत्तर प्रगतीको कामना गर्दै संखुवा सभा मकालु निवासी श्री मिङमा शेर्पाले एक मुष्ठा रु एक लाख एक हजार रुपैयाको चेक साँस्थाको अध्यक्ष श्री पासाङ शेर्पालाई हस्तान्तरण गर्नु भयो। यसै आर्थिक सहायोग गर्नु हुनेहरुमा देन्डी शेर्पा डि एन रु बिस हजार नोर्बु शेर्पा सिन्धुपाल्चोक रु पाँच हजार र ल्हाकपा गेलु शेर्पा सल्लेरीले रु दुई हजार सहायोग गर्नु भएको छ। साँस्थाको अध्यक्ष श्री पासाङ शेर्पाले शेर्पा संचारको आफ्नै रेकर्डिङ स्टुडियो निर्माण तथा टेलि भिजन र एफ् एम प्रसारणको लागी अवस्यक उपकरण खरिदको लागी देश बिदेशमा रहनु भएको शेर्पा समुदाय तथा संघ साँस्थाहरुलाई हार्दिक अनुरोध पनि गर्नु भएको छ।

0 comments:
Post a Comment