२१ नोवेम्वर, ०९ । आज टोकियोमा आयोजित एक समारोहमा एन.आर.एन.का नवनिर्वाचित केन्द्रीय अध्यक्ष देवमान हिराचनको भब्य स्वागत तथा बधाई ज्ञापन गरियो । एन.आर.एन. अन्तरराष्ट्रिय समन्वय परिषदमा जापानबाट निर्बाचित अध्यक्ष देवमान हिराचन बधाई ज्ञापन तथा स्वागत सम्मान गर्न एन.आ.रएन. जापानले उक्त समारोहको आयोजना गरेको हो । समारोहमा एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषदका निवर्तमान
अध्यक्ष डा. उपेन्द्र महतोला एनआरएन अभियानमा पुरयाएको उल्लेखनिय योगदानको उच्च कदर गर्दै सम्मान पत्र प्रदान गर्ने घोषणासहित उक्त सम्मान पत्र पढेर सुनाईयो । यसैगरी समारोहका प्रमुख अतिथिकारुपमा उपस्थित जापानका लागि नेपाली राजदूत डा. गणेश योञ्जन तामाङले जापानस्थित फायर फाईटर्स कम्पनीको सहयोगमा एनआरएन जापानले नेपालका लागि उपलब्ध गराउन गईरहेको एम्बुलेन्सको चापी एनआरएन जापानका उपाध्यक्षसमेत रहेका एम्बुलेन्स प्रबन्ध समितिका संयोजक रोशन केसीलाई हस्तान्तरण गर्ने काम सम्पन्न भयो ।
यसअघि सम्मानित ब्यक्तित्व अध्यक्ष हिराचनले आफ़्नो मन्तब्यको क्रममा परिवर्तित सन्दर्भमा एनआरएन अभियानलाई सही गति प्रदान गर्न आफुमाथि आएको जिम्मेवारी र चुनौतीलाई इमान्दारिताकासाथ पूरा गर्ने प्रतिबद्धता जाहेर गरे ।
यसैगरी प्रमुख अतिथिका आसनबाट राजदूत डा. तामाङले अब एनआरएनले अन्यौलमा समय बिताउन नहुनेतर्फ संकेत गर्दै एनआरएनले अब ठोस योजना र कार्यक्रमकासाथ अगाडि बढ्नुपर्ने धारणा ब्यक्त गरे । यसअघि बिशेष अतिथिकारुपमा आमन्त्रित नेपालका लागि पूर्व जापानी राजदूत चुइची इटोले अध्यक्ष हिराचन लगायत नवनिर्वाचित पदाधिकारीहरु सबैमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गरे ।

0 comments:
Post a Comment