माधव कुमार नेपालका धर्मपत्नी श्रीमती गायत्री नेपाल पूर्व प्रधान मन्त्री लोकेन्द्र बाहादुर चन्द लगायतका ६ जनाको टोली कोरियाको साताब्यापी भ्रमण पुरा गरी हिजो १६ तारिखका दिन स्वदेश पर्किएको जानकारी प्राप्त भएको छ ।
यूनिभस्रल पीस फेडेरेसन दक्षिण कोरियाको निमन्त्रणामा अक्टोवर १६ मा राजधानी सउलमा आयोजना गरिएको अन्तराष्ट्रिय लिडरशिप कन्फरेन्समा उक्त टोलीले सहभागिता जनाएका थिए ।
कार्यक्रमलाई सम्वोधन गर्दै भ्रमण टोलीका प्रतिनिधी श्रीमती गायत्री नेपालले धर्म निरपेक्ष नेपालमा बिशेष गरेर हिन्दुवाद र बुद्धको शान्तिको उपदेश लगायत वर्तमान नेपालको बारेमा सम्वोधन गर्नभएको थियो । सम्वोधनकै क्रममा ब्यवस्थित परिवार र बैवाहिक जीवनको महत्व तथा वालवालिका र उनिहरुले सिक्ने अविभावक , समाज र राष्ट्रको वारेमा पनि प्रकाश पार्नु भएको थियो । अन्तराष्ट्रिय लिडरशिप कन्फरेन्समा भगलिन आएकी श्रीमती नेपाललाई उक्त सस्थाले ्रशान्तिको राजदूत ुनामक पद्वीले सम्मान गरेको थियो । उक्त नेपाली टोलीलाई नेकपा एमालेको भातृसंगठन प्रवासी नेपाली संघ दक्षिण कोरियाका अध्यक्ष बिक्रम राई नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष डेविड राई आदिले भेट गरी दक्षिण कोरियाको नेपाली समुदायको हकहित र नेपाली राजनीति , संबिधानको शिघ्र निमार्ण र विकासको सम्बन्धमा आपसमा मिली गर्न सकिने कामको सम्भावना बारेमा लामो छलफल गर्नु भएको थियो ।

0 comments:
Post a Comment