Kuwait city एक फिलिपिनो कामदारको हत्या अभियोगमा कुवेतको केन्दि्रय कारागारमा सजाय बेहोरिरहेकी नेपाली युवती डोल्मा शेर्पा सन् २०१२ को जुन १९ सम्म जेलमा रहने भएकी छन् । कुवेत सरकारको गृह मन्त्रालयले विहीबार गरेको निर्णयमा डोल्मा थुनामा रहेको २००७ को जुन २० देखि लागु हुने गरी पाच बर्ष जेल सजाय हुने भएको हो ।
‘यो निर्णयको कपी लिएर हामीले कुवेतमा नियुक्त गरेका कानूनी सहयोगी आयद अल सुवाइ यहा दुतावासमा आइपुग्नुभएको छ,’ साउदी अरेबियाको रियादस्थित नेपाली नियोगका राजदूत हमिद अन्सारीले शनिबार ईकान्तिपुरसंग फोनमा भने ।
यसअघि डोल्माले गरेको भनिएको फिलिपिनो युवतीको हत्या सदर भएपछि सुरुमा मृत्युदण्ड र पछि पीडित परिवारले ‘ब्लड मनी’ स्वीकार गरेपछि डोल्माले पाउने सजाय आजीवन कारावासमा टुङ्गएिको थियो ।
‘राष्ट्रिय-अन्र्तराष्ट्रिय समुदायको पहल र आग्रहलाई हेरेर आजीवन कारावासको लामो अवधी पनि जम्मा पाच बर्षमा सिमित भएको छ,’अन्सारीले भने । गृह मन्त्रालयले गरेको निर्णयमा अब झण्डै तीन बर्ष मात्रै डोल्माले कारवास सजाय बिताउनुपर्नेछ । ‘पि्रन्सिपल अफिसको आदेशअनुसार यो निर्णय भएको रहेछ’ राजदूतको भनाइ थियो-’सजाय अवधी अझै घट्न सक्ने सम्भावना छ ।’
गोर्खा माइती र सिन्धुपाल्चोक घर भएकी डोल्मा रोजगारीको खोजीमा कुवेत पुगेकी थिइन् । एउटै घरमा काम गर्ने फिलिपिनो कामदारको हत्या अभियोगमा फसेयता डोल्माको बचाउ अभियानमा राष्ट्रिय-अन्र्तराष्ट्रिय जगतबाट नेपाली समुदायको सहयोग रहदै आएको छ । सरिया कानूनअनुसार हत्यामा परेका पीडित परिवारलाई १० हजार डलर ‘रगतको मूल्य’ बुझाएपछि उनले पाउन लागेको मृत्युदण्ड आजीवन कारावासमा टुङ्गएिको थियो ।
‘झण्डै २०/२५ बर्ष सम्म हुन सक्ने आजीवन कारवास अहिले निकै छोट्टएिको छ,’राजदूत अन्सारीले भने-’सिंगो नेपाल र नेपालीले गरेको आग्रहलाई कुवेत सरकार र न्यायपालिकाले आत्मसात गरिदिएको छ, यो आफैंमा खुशीको कुरा हो ।’ बिशेषत ब्लड-मनी स्वीकार भैसकेको अवस्था र न्यायलयले यो आधारलाई समेत सदर गरेपछि डोल्माको लामो सजाय छोटिएको हो ।

0 comments:
Post a Comment