गोमा खनाल, इजरायल
नेपाली नारी आवाज इजरायलको आयोजनामा १७ अक्टोवर २००९ का दिन इजरायलको तेलअभिभ स्थित लेवेस्कि पार्कमा साँस्कुतिक कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा नेपाली नारी आवाज इजरायलका सदस्यहरुले आफै खटेर नेपाली परिकार सेल, अचार र हलुवा बनाउनु भएको थियो। निर्धारित समय भन्दा एक घण्टा पछि कार्यक्रम संचालन भएको थियो। कार्यक्रमा नेपाली नारी आवाज इजरायलका आर्थिक व्यवस्थापक श्रीमती ऋतू गिरीले कार्यक्रम संचालन गर्नु भएको थियो भने कार्यक्रममा आउनु भएका सम्पूर्ण सहभागिहरुलाई नारी आवाज इजरायलका अध्यक्ष सुश्री लक्ष्मी गिरीले स्वागत गर्नु भएको थियो। नेपाली समाजमा अतिथीलाई आशनग्रहण र भाषणको कार्यक्रम नराखी सके सम्म उपस्थित जनसमुदायलाई मनेारञ्जन प्रदान गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको थियो। देउसी गीतले सम्पूर्ण सहभागिहरुलार्ई आफु वसेको ठाउँबाट उठेर नचाएको देखिन्थ्यो। कार्यक्रममा लक्ष्मी पूजा र दिपावली गरी नाचगान संगै खाना खादै रमाएको समुह देख्दा सवैले साँचै नेपालमै भएको महसुस त्यहाँ सहभागिहरुबाट सुन्न पाईएको थियो। नेपाली इजरायली तथा अन्य देशका सहभागिहरुले नेपाली खानाको स्वाद लिएको चाखलाग्दो दृष्य देखिन्थ्यो। यसरी विदेशमा रहेर पनि नेपालमा झै चाडपर्व मनाउन पाउदा सम्पूर्ण सहभागिले नेपाली नारी आवाजलाई धन्यवाद दिएका थिए। यसै क्रममा १जुन मा आफ्नो विदाको क्रममा गाडी बाट झर्दा दुर्घटना भई उहाँको खुट्टाको अप्रेशन गर्न आर्थिक अवस्था नाजुग भएकोले उहाँको सहयोगको लागि अपिल गरि मंञ्चवाट सहयोगको अपिल गरि श्री सांगे शेर्पा लाई सहभागि बाट उठेको ४,२६४ अमेरीकि डलर नारी आवाज इजरायलका अध्यक्ष सुश्री लक्ष्मी गिरीले उहाँको हातमा हस्तान्तरण गर्नुभयो। कार्यक्रमको अन्त्यमा नारी आवाज इजरायलका अध्यक्ष लक्ष्मी गिरीले कार्यक्रमा सहभागि नेपाली तथा विदेशी पाहुनाहरुलाई पुन दिपावलीको शुभकामना दिदै कार्यक्रमको समापन गर्नु भएको थियो।
0 comments:
Post a Comment