श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 13 October 2009

प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६ जारी


प्रवासी नेपाली पत्रकारहरुको ११ र १२ अक्टुवर २००९, (२०६६ असोज २५ र २६ गते) काठमाडौंमा सम्पन्न प्रथम विश्व सम्मेलनले, विश्वभरी छरिएर रहेका पत्रकारहरुको हकहित र नेपाली पत्रकारहरुको मागप्रति ऐक्यबद्धता जनाउदै प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६ जारी गरेको छ ।विश्वका विभिन्न कुनामा छरिएर रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको हकहित सर्म्वर्धन गर्ने र उनीहरुको पहिचानलाई उजागर गर्ने उद्देश्यका साथ सम्पन्न उक्त विश्व सम्मेलन १४ बुंदे काठमाडौं घोषणापत्र जारी गर्दै समापन भएको छ । संविधानसभाका सम्माननीय अध्यक्ष सुवासचन्द्र नेम्वाड.ले उद्घाटन गर्नु भएको सो कार्यक्रम दर्ुइ दिनसम्म चलेको थियो ।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा कार्यक्रमका संयोजक दामोदर नेपालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकाश पार्नु भएको थियो भने महासंघका उपाध्यक्ष गोविन्द आचार्यले स्वागत मन्तव्य दिनु भएको थियो ।प्रवक्ता अर्जुननरसिंह केसी, एमालेका महासचिवर् इश्वर पोखरेल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देव, एनआरएनएका अध्यक्ष डा. उपेन्द्र महतो लगायतकाले पत्रकारहरुको हरेक क्षेत्रमा महत्व रहने कुरा औंल्याउंदै उक्त सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा प्रवासी नेपाली पत्रकारहरुको तर्फाट नेपाल पत्रकार महासंघ कतार सर्म्पर्क समितिका अध्यक्ष कुमार काकीले कार्यपत्र प्रश्तुत गर्नु भएको थियो भने उक्त कार्यपत्रमाथि दोस्रो दिन वृहत छलफल र अन्तरक्रिया गरी अन्त्यमा सो सम्मेलनले प्रवासी नेपाली पत्रकारहरुको साझा संगठनको रुपमा एउटा सञ्जाल गठन गर्दै १४ बुंदै काठमाडौं घोषणा पत्र जारी गरेको छ । उक्त घोषणा पत्रलाई यहां जस्ताको त्यस्तै राखिएको छ :-प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६प्रवासी नेपाली पत्रकारहरुको ११ र १२ अक्टुवर २००९, (२०६६ असोज २५ र २६ गते) काठमाँडौंमा सम्पन्न प्रथम विश्व सम्मेलनले, विश्वभरी छरिएका पत्रकारहरुको हकहित र नेपाली पत्रकारहरुको मागप्रति ऐक्यबद्धता जनाउर्र्दै यो प्रवासी नेपाली पत्रकारहरुको काठमाण्डौ घोषणापत्र २०६६ जारी गर्दछ,* विश्वभरिका प्रवासी पत्रकारहरुको समस्या र प्रवासमा रहेका नेपाली पत्रकार तथा सञ्चार माध्यमलाई प्रवासमा संगठित गर्न नेपाल पत्रकार महासंघको मातहतमा रही कार्य गर्न क्षेत्रीय समिति बराबरको अधिकार प्रत्यायोजन गर्ने गरी सोही स्तरको प्रवासी समिति निर्माण गर्न नेपाल पत्रकार महासंघलाई सुझावसहित यो सम्मेलन माग गर्दछ,* यो सम्मेलन नेपाल पत्रकार महासंघमा आवद्ध प्रवासी नेपाली पत्रकारहरुको साझा मञ्चका रुपमा "प्रवासी नेपाली पत्रकार सञ्जाल" (Expariate Nepali Journalists Network, ENJN) नामक मञ्च गठन गर्ने प्रस्ताव पारित गर्दछ, * प्रवासी नेपाली पत्रकारहरुको हकहितका लागि विश्वव्यापी नेपाली पत्रकार कल्याणकोषको स्थापना गर्न पहल गरिने छ,* नेपाल पत्रकार महासंघको विधानमा प्रवासी नेपाली पत्रकारहरु तथा विदेश स्थित शाखाहरुको स्पष्ट उल्लेख गराउनका लागि विधान संशोधन गर्न यो सम्मेलन माग गर्दछ,* विभिन्न देशबाट संचालित वेभ पत्रिका, छापा पत्रिका, एफएम तथा टेलिभिजनहरुलाई व्यवस्थित गर्ने तथा गुणस्तर वृद्धि र पत्रकारिताको मूल्य र मान्यता अनुरुप नै सञ्चालित गर्न यो सम्मेलन आग्रह गर्दछ,* प्रवासी नेपाली पत्रकारहरुको पहिचान गरी तिनीहरुको हकहित तथा अधिकार संरक्षण गर्ने दिशामा एकजुट हुन नेपाल पत्रकार महासंघलाई सकृय वनाउने र नेपाल सरकारसंग पहल गरिने छ,* नेपाली पत्रकारहरुद्वारा संचालित अनलाईन मिडियाहरुको दर्ता गर्ने प्रकृया तथा अनलाईन पत्रकारहरुलाई पे्रस पासका लागि पहल गर्न महासंघ र नेपाल सरकारलाई यो सम्मेलन माग गर्दछ,* नेपाल पत्रकार महासंघको विधानमा प्रत्यक्ष निर्वाचन प्रणाली मार्फ निर्वाचित हुने व्यवस्था गरी प्रवासी नेपाली पत्रकारहरुलाई मताधिकार र केन्द्रीय समितिमा समावेश गर्ने व्यवस्था गर्नुपर्ने यो सम्मेलन माग गर्दछ,* हालसम्म संचालनमा आएका अनलाइनलाई महासंघले नियमित नियमन र अनुगमन गर्न यो सम्मेलन माग गर्दछ* श्रमजीवी नेपाली पत्रकारहरुको हकमा सबै संचार गृहमा श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न यो सम्मेलन माग गर्दै महासंघले गरिहेको पहलमा ऐक्यबद्धता जाहेर गर्दछ,* पेशागत मर्यादा कायम राख्दै पत्रकार आचारसंहिता कार्यान्वयन गर्न यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ,* मुलुकमा बढ्दै गएको राजनीतिक गतिरोध तत्काल अन्त्य गरी दलहरु मिलेर समयमै नयां संविधान लेखेर विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न यो सम्मेलन दलहरुलाई आग्रह गर्दछ,* नेपाल भ्रमण वर्ष सन् २०११ सफल पार्न प्रवासी पत्रकारहरुले महत्वपर्ूण्ा भूमिका निर्वाह गर्ने यो सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ,* गैह्र आवसीय नेपाली संघ -एनआरएन) को अभियानलाई संचारमाध्यमबाट रचनात्मक प्रचारप्रसार गर्न यो सम्मेलन प्रतिबद्धता जाहेर गर्दछ

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika