राई चन्द्र दुमी,
हंगकंगमा जिल्लाब्यापि लगायतका बिभिन्न संघ संस्था खुल्ने क्रममा गत बर्ष प(पाँचथर) मन्चपनि स्थापना भएको छ।सो मन्चले आज २० सेप्टेम्बर आईतवार बाषिर्क भेला शिर्षमा आफ्नो स्थापना दिवस मनाएको छ।
कलाकारहरुको अर्को धनी संस्था भनेर सुरुमै चिन्हारी दिंदै झुल्केको पान्थर मञ्च हंगकंगको प्रथम बाषिर्क भेलामा मञ्चका अध्यक्ष कृष्ण लावती लिम्बुले अध्यक्षता गरेका थिए । प्रमुख अतिथि पान्थरका जेष्ठ अविभावक मन प्रसाद आङ्गदेम्बे लिम्बु रहेका थिए भने अतिथिहरुमा सल्लाहकार ओमराज सम्वाहाम्फे, सल्लाहकार गणेश राना, रहेका थिए । उपाध्यक्ष हर्क रानाले स्वागत मन्तब्य दिएको उक्त सभालाई सचिव प्रताप राईले सञ्चालन गरेका थिए भने सवै अतिथिहरुले सुभकामना मन्तब्य दिनुअघि प्रमुख अतिथि र सभाध्यक्षले पानसमा दियो बाली प्रथम भेलाको उदघाटन गरेका थिए ।कार्यक्रम मध्यबिचमा उर्मिला बेघालाई कमिटी सदश्य प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको पहिलो चरण समापनपछि कलाकारहरुले बिभिन्न गीत नृत्य प्रश्तुत गर्ने क्रममा टिका माखिमले एक गीत गाएर सुरुवात गरेका थिए र दोश्रो चरणको सांगितिक मनोरञ्जनात्मक कार्यक्रमपनि उन्लेनै सञ्चालन गरेका थिए । कलाकार कल्पना तुम्रोकले २ नृत्यहरु प्रश्तुत गरेकी थिईन भने गायिका पवित्रा राईले दुई प्रगतीशिल गीतहरु पेश गरेकी थिईन । लाईभमा प्रश्तुत उक्त गायनमा आफ्नै छोराहरु विधान राई र बिवेक राईले गीतारमा सहयोग गरेका थिए । यसैगरी नव सदश्य उर्मिला बेघाले लिम्बु भाषाको साँस्कृतिक गीत गाएकी थिईन उन्को अनुसार च्याब्रुङ नृत्यमापनि गीत गाईन्छ, जुन २५ बर्षपहिले उन्ले सुनेकी थिईन । समयको माग अनुसार बिधान बिवेक दाजुभाईले एक नेपाली र एक अंग्रेजी पप गीत गाएर छुट्टै मनोञ्जन दिलाउँने कोशिष गरेका थिए ।अध्यक्ष कृष्ण लावतीले पान्थरमा एम्वुलेन्स किन्ने सुझाव आएको कुरा सार्वजानिक गर्दै हगकंग प्रवासमा भएको नाताले आफ्नो जिल्लावासीको लागि यस्तो योगदान गर्न प्रतिबद्धताकोसाथ जुटनुपर्ने घोषणा गरेका थिए । सवै सुभकामना मन्तब्य दिने सवै बक्ताहरुको सम्पूर्ण पान्थरेहरु उपस्थित नभएको गुणाशोको जवाफ स्वरुप अध्यक्षले ,,पहिलो पटक भएकोले यस्तो हुन गयो तर भविष्यमा कुनै हालतमा पान्थरेहरु आफ्नो प्रवासको पान्थर मञ्चरुपि यस घरबाट पृथक रहन सक्दैनन्, यो हलमा आँटि नसक्ने पान्थरेहरु एकिकृत हुनेछन,, उन्ले बिस्वास दिलाए । १० बजेसम्मकोलागि बुक भएको हलमा औपचारिक कार्यक्रमपछि चियापान र रमाईलो नृत्य गीत संगीतमा पान्थर झुमेको थियो ।कार्यक्रम यामात्येस्थित हेनरी जि ल्यङ्ग कम्युनिटी सेण्टरमा सम्पन्न भएको थियो । पान्थर पुर्व मेची अञ्चलको लिम्बु जातिहरुको घना वस्ति भएको एक जिल्ला हो ।

0 comments:
Post a Comment