श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Thursday, 3 September 2009

घोषणापत्र जारी गर्दै एनआरएनको तेश्रो मध्यपूर्व सम्मेलन सम्पन्न


दुबई । गैरआवासीय नेपाली संघको मध्यपूर्व सम्मेलन दुबईको धौ प्यालेस होटलमा एक घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । श्रम तथा यातायात व्यवस्था मन्त्री मोहम्मद आफताब आलमको प्रमुख आतिथ्यमा सम्पन्न उक्तसम्मेलनमा मध्यपूर्वका कतार, साउदी अरब, संयुक्तअरब इमिरेट्‍स, बहराइन, कुवेत र लेबनानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
जारी गरेको २६ बुंदे घोषणापत्रमा वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन वैदेशिक रोजगारलाई प्राथमिकताको सूचिमा राख्नु पर्ने, वैदेशिक रोजगार डायरीको व्यवस्था गर्नुपर्ने, महिला कामदारहरूको सुरक्षाको प्रत्याभूति हुनुपर्ने, कुटनैतिक नियोगको बिस्तार, स्थापना तथा सुदृढिकरण, उद्धार सेल, कल्याणकारी कोष आदिको व्यवस्था आदि समावेश गरिएको छ ।


काठमाडौंमा हुने गैरआवासीय नेपाली संघको विश्व सम्मेलन तथा महाधिवेशनको पूर्वसन्ध्यामा सम्पन्न उक्तकार्यक्रमलाई निकै चासोकासाथ हेरिएको थियो । कार्यक्रममा रुस, यूरोप, अमेरिका र अफ्रिकाका मुलुकहरूबाट पनि एनआरएन अभियानका सिनियर नेताहरूको उपस्थिति रहेको थियो ।
सम्मेलनमा सहभागीहरूलाई सम्बोधन गर्दै मन्त्री मोहम्मद आफताब आलमले एनआरएनबारे आफू अनभिज्ञ रहेको र यस सम्मेलनमा यस अभियानबारे आफू स्पष्ट भएको बताए । उनले एनआरएनएको बिरोध गर्नेहरू नयाँ नेपाल निर्माणका बाधक भएको बताए । 'एनआरएनको दुई वर्षे परिभाषामा परिवर्तन ल्याई यहाँहरूले प्रस्ताव गर्नुभएको १८२ दिने परिभाषालाई मान्दै गैरआवासीय नेपालीसम्बन्धी नियमावली संशोधन गर्न पहल गर्नेछु' मन्त्री आलमले पत्रकारहरूको जवाफ दिंदै भने । मन्त्री आलमले पत्रकारहरूको प्रश्नको उत्तर दिंदै आफ्‍नो इजरायल भ्रमण निकै फलदायी भएको र नेपाली कामदार महिलाहरूका लागि सबभन्दा राम्रो गन्तव्य रहेको इजरायल सरकारले नेपाली महिला कामदारहरूलाई आउन ढोका खुल्ला गर्न सहमत भएको बताए । उनले केही महिनाभित्रै साउदी अरब, कतार, संयुक्तअरब इमिरेट्‍स र मलेसियामा श्रमसहचारीको नियुक्ति गरिने पनि बताए ।
अबुधाबीस्थित नेपाली दूतावासका राजदूत महामहिम अर्जुनबहादुर थापाले यूएईका श्रममन्त्री डा. सकर गोबास सईद गोबास र वैदेशिक व्यापार मन्त्री शेखा लुब्ना अल्‍ कासिमीसँग मन्त्री आलमको छुट्टाछट्टै भेटवार्ता भएको बताए । राजदूत थापाले मन्त्रीको यूएई भ्रमणले नेपाल र यूएईबीचको द्धिपक्षीय सम्बन्धलाई अझप्रगाढ बनाउन मद्दत मिल्ने बताए । नेपाल यूएई बीचको व्यापार प्रबर्द्धन र दुईपक्षीय व्यापारमा नेपालको बढ्‍दो व्यापार घाटा न्युनिकरणका लागि यूएई सरकारले नेपाललाई सक्दो सहयोग गर्नेलगायत नेपालबाट यूएईमा निकासी गर्न सकिने उत्पादनहरूका बारेमा यहाँका मन्त्रीहरूसँग छलफल भएको कुरा राजदूत थापाले बताए ।
सम्मेलनमा खाडी राष्ट्रहरूमा नेपाली कामदारहरूले भोगिरहेका समस्या र प्रतिबन्धित राष्ट्रहरूमा मानव तस्करी धन्दा भइरहेकोले त्यसको समाधान गर्न पत्रकार तथा सहभागीहरूले मन्त्री आलमलाई सुझाव दिएपछि मन्त्री आलमले अब नयाँ जारी भइरहेका राहदानीहरूमा ईराक जान प्रतिबन्ध लगाएको छाप नै लाग्नेभएकोले यो समस्या न्युन भएर जाने विचार पोख्नुभयो ।
मध्यपूर्वका गैरआवासीय नेपालीहरूका साझा समस्या र यस क्षेत्रमा रहेका सम्भाव्यताहरूबारेका बुंदाहरूलाई समावेश गरी घोषणापत्र जारी गर्दै समापन भएको मध्यपूर्व सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्टि्रय समन्वय परिषद्‍का अध्यक्ष उपेन्द्र महतोले संघभित्र क्षेत्रीयता, जाति, पेसाको आधारमा कुनै आवाज नउठाउने कुरामा अभियानका अगुवाहरूलाई सचेत गरे । उनले सम्बृद्ध नेपाल बनाउन एनआरएनए कटिबद्ध रहेको बताए ।सम्मेलनमा 'नेपालीका लागि नेपाली' भन्ने नाराका साथ अभियानमा जुटेका २५ लाख नेपालीहरूको प्रतिनिधित्व गर्ने संस्था गैरआवासीय नेपाली संघको दर्ता हुन नेपाल सरकारले ल्याएको गैरआवासीय नेपालीसम्बन्धी नियमावलीमाा उल्लेखित परिभाषा बाधक रहेको र अहिलेको परिपेक्ष्यमा सरकार र राजनैतिक पार्टीका नेताहरूमा संघप्रति लचकता र सकारात्मक सोच पलाएकोले अब छिटै नै यो संस्था दर्ता हुने कुरा डा. महतोले बताए ।
सम्मेलनमा मध्यपूर्वका सम्पूर्ण नेपाली पत्रकारहरूको तफबाट नेपाल पत्रकार महासंघ यूएई सम्पर्क शाखाका अध्यक्ष जाकिर हुसैनले एक विचारपत्र प्रस्तुत गरे । कार्यक्रममा डा. महतोले आगामी विश्व सम्मेलनमा पत्रकारहरूका लागि छुट्टै दुई घन्टाको समय मिलाइएको जानकारी दिए । त्यस्तै कार्यक्रममा विभिन्न मुलुकका प्रतिनिधिहरूले आ–आफ्‍ना राष्टि्रय समन्वय परिषद्‍का प्रतिवेदनहरू प्रस्तुत गरे । कार्यक्रममा यूएईका रामेश्वर शाह र डा. आसिफ अली सिद्दिकीले स्लाइड शोमामार्फत रेमिटेन्सको उपादेयता प्रस्तुत गरे ।
सम्मेलनमा आगामी महाधिवेनमा हुने केन्द्रीय परिषद्‍को निर्वाचनमा हालसम्म उम्मेदवारी दिने इच्छा जाहेर गरेका उम्मेदवारहरूलाई सहमतिमा ल्याउने प्रयास गरियो । हालसम्म अध्यक्ष पदको उम्मेदवारी दिन भीम उदास, राम थापा र देवमान हिराचनले इच्छा व्यक्तगरेका छन्‍ भने उपाध्यक्षमा जीवा लामिछाने, सागर नेपाल, रतन झा आदिको नाम बाहिर आएको छ । त्यस्तै कोषाध्यक्ष पदमा रामेश्वर शाह र सचिव पदमा डा. आसिफ अली सिद्दिकीले उम्मेदवारी दिने इच्छा जाहेर गरेका छन्‍ । हिराचनबाहेक बाँकी व्यक्तित्वहरूको मध्यपूर्व सम्मेलनमा उपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ राष्टि्रय समन्वय परिषद्‍ यूएईका अध्यक्ष चुँडामणि ढकालको संयोजकत्वमा दुबईमा सम्पन्न तेश्रो मध्यपूर्व सम्मेलन निकै सफल भएको डा. उपेन्द्र महतोले बताए ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika