१७ अगष्ट २००९ क्वालालम्पूर मलेसियानेपालमा लगानी गर्दा घाटा हुने भएपनि विदेशमा रहेका नेपालीहरूले नेपालमा नै लगानी गर्न चाहेको कुरा एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका महासचिव भीम उदासले बताउनुभएको छ ।
एनआरएन मलेसियाको प्रथम सम्मेलनको अवसरमा आयोजित मलेसियाको क्वालाललम्पूरस्थीत युनिक एक्स्चेन्जको कार्यकक्षमा उनले यस्तो बताउनु भएको हो।
एनआरएन भनेको जहाँ रहेपनि नेपालीलाई माया गर्नेहरूले भावनात्मक सुमधुरतालाई विकास गराउन गठन गरिएको पनि बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि डा. ऋषिराज अधिकारीले मलेसियामा धेरै संघसंस्था सक्रिय रहेको बताउँदै छाता संगठनको आवश्यकता रहेको र छाता संगठनको निर्माण पनि गरिएको बताउनुभयो ।
एनआरएन साझा संस्था भएकोले छाताकै रुपमा पनि विकास गर्न सकिने बताएका थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष विपिन राईले एनआरएनलाई सम्पूर्ण नेपालीहरूको साझा संस्थाको रुपमा अगाडि बढाउनमा जोड दिए ।
त्यसैगरी एनआरएन न्यूजिल्याण्डका डा. राजेश ढकाल हाल ४ महिनाको लागि भिजिटर प्रोफेसरका लागि मलेसिया आएको जानकारी दिदै एनआरएनसँग नेपालको विकासको लागि दक्ष जनशक्ति रहेको कुरा दर्शाएका थिए । कार्यक्रममा नेपाल विजनेश सोसाइटी अफ मलेसियाका उपाध्यक्ष भवानीशंकर तिवारीले पनि शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमको विचमा प्रवासी मगर संघद्धारा प्रकाशित लाङ्घाली आवाज विशेषको विमोचन पनि प्रमुख अतिथि राजदुत डा. ऋषिराज अधिकारीको हातबाट गरिएको थियो।
विशेषांकका सम्पादक सुन्दर आलेले प्रकाशनका आरोह अवरोह र औचित्यबारे प्रकाश पारेका थिए । सम्मेलनले शंकर पौडेलको अध्यक्षतामा १५ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा कर्मा गुरुङ, हाकिमकुमार श्रेष्ठ, महासचिव विश्व राई, सचिव देवेन्द्र खापुङ लिम्बू, कोषाध्यक्ष शान्ति थापा, सदस्यहरूमा भवानी शंकर तिवारी, खुम राना मगर, जीवन देवान, सुन्दर आले, राजेश श्रेष्ठ, देउ छन्त्याल, रामजी पौडेल, मीन तमू, बलबहादुर गुरुङ रहेका छन् ।
सल्लाहकारमा भीम शेरचन र अर्जुन पौडेललाई चयन गरिएको छ भने आइसीसी सदस्यको लागि भीम शेरचनलाई चयन गरिएको छ ।

0 comments:
Post a Comment