गणेश बानियाँ,अगष्ट ११ २००९ / दोहा कतार
गोरखा प्रवासी संघ तथा संघको संरक्षकत्वमा स्थापित मनकामना साँस्कृतिक परिवार कतारले बिगत लामो समय देखी हवाई टिकटको अभावमा कतार सरकारको फिर्ती केन्द्रमा रहेका दुई पिडित नेपालीहरुलाई हवाई टिकट उपलव्ध गराएको छ ।गोरखा प्रवासी संघ तथा मनकामना साँस्कृतिक परिवारले पिडित नेपालीहरुको सहयोगार्थ संयुक्त रुपमा यही जुन ५ तारीखमा आयोजना गरेको रमाइलो साँस्कृतिक कार्यक्रम २००९ को कार्यक्रम आयोजन गरेको थियो । सो कार्यक्रमबाट संकलित रकमद्धारा पिडितद्धय बरहा क्षेत्र ९ सुनसरीका नर बहादुर दर्जी तथा मरिना ५ रुपन्देही घर भएका रामलाल हरिजनलाई टिकट उपलब्ध गराएको हो ।मनकामना साँस्कृतिक परिवारका अध्यक्ष आश ब। गुरुङ्ग गोरखा प्रवासी संघका झपुूउपाध्यक्ष कमल दानकुटी सचिब गणेश बानियाँ सल्लाहकार बिर ब। थापाको टोलीले नेपाली दुतावासका महामहिम राजदुत डा। सुर्यनाथ मिश्रलाई सो टिकट हस्तान्तरण गरेको हो ।उक्त टिकटको ग्रहण पश्चात कुरा गर्दै महामहिम राजदुत मिश्रुले संस्थाले चालेको कदम प्रति प्रसंशा गर्नु भयो । सबै संस्थाहरु मिलेर सहयोग गरेमा समस्याको समधान हुने बताउनु भयो । नर बहादुर दर्जी यही १४ अगष्ट नेपाल एअरलाईन्स मार्फत नेपाल फिर्ति हुदैछन् भने अर्का पिडित रामलाल हरिजन फिर्ति केन्द्रको आबश्यक पकि्रया पछि छिट्टै मुलुक फर्कने छन् ।स्मरण रहोस् गोरखा प्रवासी संघ तथा मनकामना साँस्कृतिक परिवारले कतारमा बिभिन्न समयमा जन हितका क्षेत्रमा बिभिन्न रचनात्मक कार्य तथा सांगितिक क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।
No comments:
Post a Comment