Wednesday, 12 August 2009

उपराष्ट्रपति पदमै रहने भए नेपालीमा सपथ खाउ : सर्वोच्च अदालत

उपराष्ट्रपति परमानन्द झाले पदमा रहने वा नरहनेबारे सात दिनभित्र टुंगो लाग्नेभएको छ । सर्वोच्च अदालतले विधिवत कार्यभार सम्हाल्न संविधानमा उल्लेख भएअनुसार सपथ लिनुपर्ने भन्दै सात दिनभित्र जवाफ पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको नाममा आदेश दिएपछि यो अवस्था सृजना भएको हो ।
न्यायाधीशहरु तपबहादुर मगर, कल्याण श्रेष्ठ, प्रेम शर्मा, भरतराज न्यायाधीशहरु तपबहादुर मगर, कल्याण श्रेष्ठ, प्रेम शर्मा, भरतराज उप्रेतीलगायतको पूर्ण इजलाशले आदेश दिएपछि उपराष्ट्रपति झा संकटमा परेका छन् । उनलाई सपथ लिन या पद छाड्न दबाब परेको छ । यसअघि साउन ९ गते प्रधानन्यायधीश मीनबहादुर रायमाझी र न्यायाधीश बलराम केसीको फैसलाले उपराष्ट्रपतिको हिन्दीमा लिएको सपथलाई गैरकानुनी ठहर गरेको थियो । त्यसपछि सपथ विवाद चर्किएको छ । राजनीतिक दलहरुले भने सपथ विवाद सहमतिबाट टुंगाउने सहमति बनाएका छन् । त्यसका लागि संविधान संशोधनको सम्भावना बढेको छ ।

No comments:

Post a Comment