श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 11 August 2009

लिरामोको पत्रकार सम्मेलन सम्पन्न तथा पुस्तक बिमोचन


अगष्ट २००९ को वेलुका याउ मा तेर्इ कम्यूनिटी हलमा लिम्वुवान राष्ट्रिय मोर्चाको पत्रकार सम्मेलन सम्पन्न भएको छ । विषेश गरेर लिरामोको महासचिव लिम्वुवानमा ७ महिना संगठन विस्तार तथा लिम्वु कलाकार टोलीसंग लिम्वुवान जनजागरण कार्यक्रमको लागि जानुभएको थियो । कार्यक्रम लिम्वुवान प्रान्तिय परिषदसंग संयुक्त रुपमा लिरामोले गरेको थियो । त्यस्तै लिरामो अध्यक्ष दिल पालुङवा लिम्वु पनि केही समय अघि नेपाल गएर लिम्वुवान आन्दोलनमा संयुक्त मोर्चामा आवद्ध रहेर जानको लागि लिम्वुवानवादी पार्टीहरुसंग जुलाई १०,२००९ मा चुम्लुङ हिम ललितपुरमा वैठक वसी तथा सहमती जुटाई फर्किनु भएको थियो ।महासचिवको कार्यक्रम फागुनमा ताप्लेजुङवाट शुरु भएको थियो । यसको लागि वि.सं. २०६५ माघ २८ गते धरानबाट लगभग ५५ जनाको टोलि र कलाकारहरुलाई लिरामो र लिप्रापका नेता तथा कार्यकर्ताहरुले शुभकामना तथा बिदाई गरेका थिए ।यस कार्यक्रमको मुख्य उदघोष - "सम्पूर्ण लिम्बुवान बासीको एउटै चाहाना, लिम्बुवान स्वायत्त राज्यको स्थापना" भन्ने रहेको थियो ।लिम्बुवान राज्य निर्माण अभियान २०६५ को कार्यक्रमहरु निम्न मिति र समयमा रहेको थियो ।१)ताप्लेजुङको फुङलिङ बजारमा २०६५ फाल्गुन १ गते ।२)पानथरको फेदेन बजारमा २०६५ फाल्गुन ३ गते ।३)इलामको इलाम बजारमा २०६५ फाल्गुन ४ गते ।४)झापाको दमक बजारमा २०६५ फाल्गुन ५ गते ।५)मोरङको पथरी बजारमा २०६५ फाल्गुन ६ गते ।६)सुनसरिको धरान बजारमा २०६५ फाल्गुन ७ गते ।७)सुनसरिको चैनपुर बजारमा २०६५ फाल्गुन ९ गते ।८)तेह्रथुमको मियङलुङ बजारमा २०६५ फाल्गुन ११ गते ।९)धनकुटाको धनकुटा बजारमा २०६५ फाल्गुन १२ गते ।कार्यक्रम बिर्सजनःवि.सं.२०६५ फाल्गुन १३ गते धरान हरियाली रिसोर्टमा कलाकारहरुलाई एक भब्य कार्यक्रमका साथ बिदाई गरिएको थियो ।कलाकारहरु - लिम्बुवान राज्य निर्माण अभियान २०६५ को कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बु, खगेन्द्र यक्सो, यासेली योङहाङ, जसोदा लिम्बु, कुशल थलङ, समिर सिङगक, लिला रार्इको साथमा ब्याण्ड र बिभिन्न जातिय बाजागाजा आदी रहेको थियो ।यसै सन्दर्भमा लिरामोको ९ जिल्लाहरुमा लिरामो जिल्ला सम्योजक समिति, एक लिरामो प्रमुख सम्योजन समिति, एक लिरामो बिद्यार्थी संगठन, एक लिरामो आठरार्इ क्षेत्रिय सम्योजन समिति, एक लिरामो कलाकार समुह जम्मा १७ समितिहरु निम्न अनुसार गठन गरिएको ब्यहोरा जानकारी महसचिवव्दारा गरार्इएको थियो ।क) प्रमुख सम्योजक श्री शुभास पालुङवा (काठमाण्डौ)ख)जिल्ला सम्योजन समितिहरु१) ताप्लेजुङ१) सम्योजक श्री खडक बहादुर थलङ२) सदस्यहरु श्री देउमान मादेन३) ,, श्री देउकुमार लिम्बु४) ,, श्री नरकुमारि पालुङवा५) ,, श्री खगेन्द्र तिम्सीना२) पानथरः१) सम्योजक श्री बिस्व तुम्बापो२) सदस्यहरु निर्मला तुम्बापो३) ,, सलिजा कन्दङवा४) ,, भिम ब. तुम्रोक५) ,, मन कुमार तिम्सीना३) र्इलामः१) सम्योजक श्री शन्तोस नेम्बाङ२) सदस्यहरु श्री फणीन्द्र पोखे्रल३) ,, रनमाया लावती४) ,, महेन्द्र माया लावती४) मोरङः१) सम्योजक श्री रबि चोङबाङ२) सदस्यहरु श्री चन्द्र कुबिर पाहिम३) ,, अमृता र्इङनाम४) ,, डम्बर कुमारि थोप्रा५) ,, श्री सुरज चङवाङ५) सुनसरी :१) सम्योजक श्री दलहाङ र्इङनाम२) सदस्यहरु श्री प्रेम चङबाङ३) ,, श्री भक्तः ब. निङलेखु४) ,, श्री राम ब. र्इङनाम५) ,, शान्ता यक्सो६) धनकुटाः१) सम्योजक श्री शन्त विर तामाङ२) सदस्यहरु श्री केवल र्इङनाम३) ,, श्री धिरज रार्इ४) ,, श्री राधिका र्इवाहाङ५) ,, देबिमाया गुरुङ७) सङखुवारभाः१) सम्योजक श्री रबिन्द्र नेयोङ२) सदस्यहरु श्री चन्द्रहाङ खाम्याङ३) ,, श्री डिल्ली याक्खा४) ,, सुश्री निर्मला यङया५) ,, श्री सहर मान रार्इ८) तेह्रथुम : पुनरगठन(अगाडी नारायण र्इङनाम सम्योजक हुनुहुन्थ्यो)१) सम्योजक श्री र्इन्द्र राज र्इङनाम२) सदस्यहरु श्री पदम ब. गुरुङ३) ,, श्री शर्ण कुमार र्इङनाम४) ,, श्री भद्रमान र्इङनाम५) ,, श्री राम कुमार थलङ६) ,, श्री मरिचमान र्इस्वो७) ,, श्री खडग ब. चङवाङ८) ,, श्री कर्ण बीर तुम्बाहाङफे९) ,, श्री लेख ध्वज सङयक९) झापा - पुनरगठन (अगाडी खगेन्द्र र्इङनाम सम्योजक हुनुन्थ्यो)१) सम्योजक श्री राजु हाङ कन्दङवा२) सदस्यहरु श्री दिल ब. र्इङनाम३) ,, श्री जिवन पाठक४) ,, श्री मोहन बानिया५) ,, श्री देबिन्द्र र्इङनामग) झापा जिल्ला परामर्स समिति :१) श्री शेर बाहादुर र्इङनाम२) श्री पूर्ण बहादुर र्इङनाम३) श्री जगत बहादुर र्इङनाम४) श्री बलिराज र्इङनाम५) श्री खगेन्द्र र्इङनाम६) श्री तिल बिक्रम कन्दङवा७) श्री गणेश बिमली८) श्री पर्शु सिटौला९) श्री पदम चोङबाङ१०) श्री यूवराज बिमलीघ) केन्द्रीय परामर्श समिति१) श्री भगी राज र्इङनाम२) श्री होम प्रसाद भेटवाल३) श्री तोम प्रसाद बिमली४) श्री चन्द्र र्इङनाम५) श्री बिष्णु यक्सो६) श्री अनन्त कार्की७) राम थेवे८) राजेश लिम्वु९) गणेश लिम्वुङ) बरिष्ठ तथा स्वतन्त्र सल्लाहकार१) श्री बालकृष्ण माबोहाङच) कलाकार समुह समिति१) सम्योजक : श्री यासेली यङया२) सदस्यहरुः श्री खगेन्द्र यक्सो३) ,, श्री कुशल थलङ४) ,, शुश्री शाबित्रा र्इङनाम५) ,, शुश्री लीला रार्इ६) ,, श्री समिर सिङगकछ) बिद्यार्थी संगठन१) सम्योजक श्री भरत आले२) सदस्यहरु श्री बिक्रम लिम्बु३) ,, श्री ख्याम ब. र्इङनाम४) ,, श्री डम्बर पाङमा५) ,, शुश्री बिमला सुब्बाज) लिरामो शिक्षक संगठन१) संयोजक श्री चक्र ब. र्इङनाम२) सदस्यहरु श्री कालि ब. कन्दङवा३) ,, श्री डम्बर सिङ तामाङ४) ,, श्री तेजमान कन्दङवा५) ,, श्री हरि बानियाझ) आठरार्इ क्षेत्रिय समिति१) सम्योजक श्री कमल तिम्सीना२) सदस्यहरु श्री केशर र्इङनाम३) ,, श्री अमर कन्दङवा४) ,, श्री बर्मध्वज सोधुङ५) ,, श्री भक्त ब. र्इस्बोञ) यथावत- नेपाल सम्पर्क अधिकृत श्री धन बीर सावा र प्रतिनिधि श्री मोति र्इङनाम त्यस्तै गरि यूके सम्योजक श्री राज ब. चङबाङ, मलेसिया सम्योजक श्री रण वहादुर तुम्बाङफे र यू. एस. ए. सम्योजक श्री नगेन्द्र र्इङनाम र सल्लाहकार डा. महेन्द्रलावती यथावत रहनुभएको छ । त्यस्तै यसै अवसरमा अध्यक्ष दिल पालुङवा लिम्वु "नेपाल कुश्शा" व्दारा लिखित "लिम्वुवान राज्यको संक्षिप्त इतिहास र पूनस्थापना" पुस्तकको विमोचन किरात याक्थुङ चुम्लुङ हङकङको अध्यक्ष तथा कार्यक्रम अतिथी नीर प्रसाद लिम्वुव्दारा गरिएको थियो ।पुस्तकको सवालमा लिरामो सचिव सुरेश सुव्वाव्दारा पुस्तक लिम्वुवानवादीहरुलाई अति आवश्यक पर्ने र लिम्वुवानकोवारेमा जान्न चाहनेहरुको लागि उपयुक्त भएको वताउनुको साथै सवैले एक प्रति सिरानीमै राख्ने खालको व्यक्त गनुभयो । पुस्तक सानो आकार र मूल्य पनि हङकङ डलर दश मात्र राखिएको छ ।यस कार्यक्रममा अतिथी निर प्रसाद लिम्वु, पानथर समाजका अध्यक्ष्ँ कृष्ण लावती, मान वहादुर थोप्रा आदिले मन्तव्य व्यक्त गर्नुभएको थियो । छलफलको क्रममा महासचिवले लिरामोको उद्धेश्य धनी गरिव सवैको समानता र लिम्वुवानवासीहरु सवै समान हुने व्यक्त गर्नुभएको थियो । यसै कुरालाई पुस्टी गर्दै कार्यक्रम समापनको क्रममा अध्यक्ष दिल पालुङवा लिम्वुले लिरामोको सिद्धान्त "प्रजातान्त्रिक प्रगतिशिल समाजवाद र राष्ट्रियता(प्रप्रसरा)" र आसवस (आत्मानिर्णय, समावेसी, वहुदलीय व्यवस्था र संघीयवाद) रहेकोले साम्यवादीहरु जस्तो उग्र नभएर समाज सुहाउदो उपयुक्त शासन व्यवस्था अंगिकार गर्ने कुरा व्यक्त गर्नुभयो । यसमा मुन्धुमवादी अवधारणा तथा दश लिम्वुवान सत्र थुमको मौलिकता रहेको वताउनुभयो । यो मौलिकताको कारण लिम्वुवान राष्ट्रिय मोर्चाको भविष्य उज्वल भएको र लिरामोको सिद्धान्त अन्य लिम्वुवानवादीहरुले अनुसरण गरेर लिम्वुवानवादीरु एकजुट भै लिम्वुवान स्वायत्त राज्य प्राप्तिमा लाग्नुपर्ने आव्हान गर्नुभएको थियो । हामी कोही पनि अरुणपूर्वको ९ जिल्लाहरु वाहेकको क्षेत्रमा सिमीत नहुन चेतावनी दिनुभयो । लिम्वुवानभित्र कोचिलाको कुरा लिम्वुवान विरोधीहरुले ल्याएकोले सम्पूर्ण लिम्वुवान राष्ट्रवादीहरु एकभएर लाग्न महासचिव र्इङनामले कार्यक्रमको प्रस्तुतिको क्रममा व्यक्त गर्नुभएको थियो । यस कार्यक्रमको अध्यक्षता अध्यक्ष दिल पालुङवा लिम्वु, कार्यक्रम प्रतिवेदन प्रस्तुति महासचिव अविचन्द्र र्इङनाम, सञ्चालन सचिव सुरेश सुव्वाले र स्वागत मन्तव्य कोषाध्यक्ष मदन कन्दङवाले गर्नु भएको थियो । यसै क्रममा लिरामोको परामर्श सदस्य तथा इतिहासकार राज वहादुर पन्धाक लिम्वुको २ महिना अघि नेपालमा असामयिक निधन भएकोमा आत्माको चीर शान्तिको लागि १ मिनेट मौन धारणा र परिवारजनमा समवेदना गरिएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika