
दधिराज घिमिरे,यूके लण्डनसंयूक्त नेपाली मोर्चा यूरोप र नेपाली समाज यूकेको आयोजनामा भएको लगभग हजारको सख्यामा उपस्थीत जनसमुदायलाई कार्यक्रममा संबोधन गर्दै एकीकृत नेकपा माओबादीका अध्यक्ष तथा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रि पुष्प कमल दाहाल क। प्रचण्डले भन्नु भयो बिगत देखीनै नेपाली राजनितीमा परीवर्तन भए पनि नेपाली सेनामा कुनै परीवर्तन हुन सकेको थिएन । बिगतमा नेपाली जनताको मतद्धारा माओबादीको नेतृत्वमा सरकारको नेतृत्व गर्ने जिम्मेवारी दीए तर नेपाली जनताको मुक्ति नचाहानेहरुले सराकार बनेको दीन देखीनै असफल बनाउन लागे । बिगतमा मेरो सरकारको पालामा पहिलो पटका प्रवाशी नेपालीहरुको लागी दोहोरो नागरीताको लागी क्यबिनेटम प्रस्ताव राखे यो ईतिहासमा पहिलो पटक भएको हो । निती तथा कार्यक्रममा राखीयो । बिदेसीनु पर्ने राज्यको दोस भएकोले प्रवासी नेपालीहरु आपुनो देशमा फर्कदा नागरीताको ब्यवस्था हुनु पर्दछ । यो कुरा सदनले पारीत पनि गरेको थियो । जनताको समस्यालाई जति सम्वोधन गर्नु पथ्र्यो हामीले कोसीस गरेका थियौं । बजेटमा पनि नेपाली जनताको समस्यालाई संबोधन गरेर ल्याईएको थियो । त्यो बजेट लागुहुन नदीन सरकार भित्रबाट थुप्रै ब्यवाधान गरीयो । नेपालमा सैनिक कु को तयारी थियो तर सेना भित्रबाटै कु लाई असहयोग गरेकाले सफल हुन सकेन भन्नु भयो । मनतब्यकै क्रममा अध्यक्ष प्रचण्डले भन्नु भयो यदी शान्ति प्रकृयालाई पुरा गर्न दीएनन र संबिधान निर्माण कार्यलाई सफल बनाउन दीएनन् भने नेपाली जनताले फेरी अर्को आन्दोलनको जरुरी छ । आन्दोलनको सुरुवात भएको र यो आन्दोलनले बिसाल रुप लिनेछ भन्नु भयो । संबिधान सभाको जनम माओबादीले गराएको हुदा संबिधान बन्नै पर्छ भन्ने चिन्ता पनि माओबादीलाई नै छ भन्नु भयो । साथै वाहाले हाम्रो पार्टीमा नयां स्थरबाट एकाता भएका छौ यदी माओबादी फुट्यो भने नेपालले नेपाल देशनै खतारा पैदा हुनेछ भन्नु भयो । हामी हाम्रो देशको क्रन्ति कसरी सम्पन्न गर्ने भन्ने कुरा कुनैपनि बिदेशीको आदेशलाई हामीलाई मान्य हुने छैन भन्नु भयो । नेपाली क्रन्तिको मोडल र भाबि लक्ष्यको बिषयमा बिदेशीहरुका लागी अग्रेजीमा भाषण गर्नु भएको थियो । कार्यक्रमको अध्यक्षता नेपाली समाज यूकेका संयोजक रण बहादुर केसीले गर्नु भएको थियो भने आगन्तुकलाई स्वागत नेपाली समाज यूकेका सदस्य महेन्द्र कणेलले र संचालन संयूक्त नेपाली मोर्चायूरोपका अध्यक्ष नबिन सापकोटाले गर्नु भएको थियो । कार्यक्रममा नेपाली समाजका संस्थापक अध्यक्ष कर्ण शाहीले मन्तब्य राख्नु भएको थियो । सो कार्यक्रमलाई नेपाली जनप्रगतीशिल मचं बेल्जियमको प्रचार तथा प्रसार बिभागले www.nppf.be मा प्रत्यक्ष प्रसारण गरेको थियो । सो साईडमा उक्त कार्यक्रमको भिडीयो हेर्न सक्नु हुनेछ ।
0 comments:
Post a Comment