लिम्बू संसार
Sunday, 16 August 2009
मगर संघको बार्षिक उत्सव सम्पन्न
आज अगस्ट १६ का दिन मगर संघ हङकङले १२ औ बाषिर्क उत्सव मनायो । वर्तमान अध्यक्ष एम बि दर्लामी मगरको अध्यक्षतामा भएको सो उत्सवका प्रमुख अतिथि नेपालबाट आउनु भएका नेपाली आदिबासी जनजाति महासंघका प्रथम महासचिव तथा संविधान सभाका सभासद सुरेस आलेमगर हुनुहुन्थ्यो भने बिषेश अतिथिहरुमा हेम लिम्बु, नेत्र राना मगर, भूपेन्द्र चेम्जोङ, त्रिलोक गुरुङ, भोलानाथ थापा मगर, हुम बहादुर थापा मगर, र एक बहादुर राना हुनुहुन्थ्यो । कार्यक्रम संञ्चालन मगर संघका महासचिव लाल प्रशाद मगरले गर्नु भएको थियो भने स्वागत भाषण सो संघको उपाध्यक्ष दल बहादुर चोचंगी मगरले गर्नु भएको थियो । त्यस कार्यक्रममा पुरुष र महिलाहरु आफ्नौ मगर भेष भुषामा उपस्थित भएको थियो । कार्यक्रम उत्घाटन प्रमुख अतिथि सुरेस आले मगरबाट पानसमा बत्ति बालेर गरिएको थियो भने सो संघका अध्यक्ष एम बि दर्लामी मगरले प्रमुख अतिथि आलेमगरलाई फेटा गुथाएर उपहार दिनु भएको थियो । अतिथिको रुपमा पत्रकार लगाएत हङकङमा भएको सबै संघ सस्थाका प्रतिनिधिहरुलाई आसन ग्रहण गराइएको थियो । प्रमुख अतिथि सुरेस आलेको बक्तब्य पछि संघका अध्यक्ष एम बि दर्लामी मगरले कार्यक्रम समापन गर्नु भएको थियो र त्यस पछि कोडा नृत्यबाट सुरु गरेर रमाइलोको साथ कार्यक्रम सकिएको थियो ।
No comments:
Post a Comment
‹
›
Home
View web version
No comments:
Post a Comment