Sunday, 16 August 2009

पुनस्थापित भूटानीहरुप्रति लक्षित आक्रमणहरुको बिरोधमा अमेरिकी संस्थाहरुले आवाज उठाउने


भूटानी शरणार्थी समस्याको दीर्घकालीन समाधानार्थ तेस्रो मुलुक पुनस्थापना कार्यक्रम अन्तर्गत अमेरिकाका बिभिन्न राज्यहरुमा पुनस्थापित भूटानी शरणार्थीहरुप्रति लक्षित गरि श्रंखलाबद्धरुपमा हुँदै आएका आक्रमण,लूटपाट र हत्याको बिरोधमा अमेरिकी संघसंस्थाहरुले आवाज उठाउन थालेका छन।पूर्बी अमेरिकाको न्यूयॉर्क राज्य अंतर्गत उत्तरी सिराकासका दुई अमेरिकी संघठनहरुले त्यहा पुनस्थापित भूटानी र बर्मीस शरणार्थीहरुमाथी हुँदैआएका आक्रमणका घटनालाइ जातिया आक्रमणको शज्ञा दिदै आउदो अगस्ट २२ तारिक खुलेर बिरोध गर्ने भएका छन। त्यहा स्थित ‘वाइट ब्रान्च लाइब्रेरी’ र जातीय हिंशा बिरुद्ध आवाज उठाउने संस्था ‘कम्युनिटी वाइड डाइलोग’ले यस्ता प्रकारका जातीय अशान्ति निम्त्याउने घटनाहरु बिरुद शान्तीर्यालीको आयोजना गर्ने कार्यक्रम रहेको समाचार सिवाइलिन्क डटकमले लेखेको छ ।
उक्त स्रोत मार्फत बूझिए अनुसार, यही अगस्त २२ तारिख, शनिबारकालागी तय गरिएको उक्त र्यालीका सहभागीहरु त्यस दिन बिहान ११ बजे लाइब्ररीमा भेला भएर नगर परिक्रमा गर्ने छन। दिउसो १ बजे उक्त र्याली एक आपसमा सदभाव र सौहार्दताको बिकासका निम्ति पारिवारिक पिक्निकमा परिवर्तन हुने जनाइएको छ।
लाइब्रेरीका अध्याक्ष्य रिनेट दुस्मोरले उक्त समाचार संस्थालाई बताउनु भए अनुसार वहाँलाई धेरै सिराकसबासीहरुको फोन आएको थियो र हरेक फोनमा यि भर्खरै पुनस्थापित शरणार्थीहरुमाथि हुँदै आएको आक्रमण रोक्न के गर्न सकिन्छ भन्ने प्रश्नहरु गरिएका थिए। अन्त्यमा समग्र रुपमा वहाँहरुले यो शान्ती र्याली गर्ने निधो गरेर सबैलाई सहभागी हुने आवहान सोही पोर्टल मार्फत गर्नु भएको छ।
सिराकसमा करीब ५०० को संख्यामा रहेका पुनस्थापित भूटानी र बर्मीस समुदायका शरणार्थीहरु माथि गत बर्षको नोवेम्बर देखि हाल सम्म गरी जम्मा ११ वटा दुर्ब्यावहार र आक्रमणका घटनाहरु घटिसकेको जानकारी बिभिन्न अनलाइन समाचार मिडियाहरु र त्यहा रहनु भएका भूटानीहरुबाट पाइएको छ।
उक्त र्यालीमा त्यहा स्थित ब्यापारी बर्गका अग्रजहरु,नर्थ साइड मिनिसट्रिस,सिराकस शान्ती परिषद, नोटिङघाम हाई स्कुलका ई.एस.एल शिक्षकहरुका साथै लाइब्रेरी र कम्युनिटी वाइड डाइलोगजस्ता ठुला संस्थाहरुको प्रत्यक्ष संलग्नता रहने बुझिएको छ।
यस प्रकारको सो र्याली आज भन्दा पहिले सायदै काँहि आयोजना गरिएको थियो। अतः यस कार्यक्रमले शरणार्थीहरु प्रती गरिने आक्रमण बिरुद केही सहयोग गर्ने आशा आम भुटानि र बर्मिसहरुले गरेका छन। हामीहरु माथि भैरहेका यस्ता आक्रमणका घटनाहरुका बिरोधमा आवाज उठाउन र सम्बन्धित निकायको ध्यानाकर्षण गर्न यस्ता र्यालीको आयोजना स्वयम भुटानिहरुले पनि गरे/गर्न सके यस्ता घटनाहरु केही हदसम्म न्यून हुने थिए की भन्ने हाम्रो बुझाई छ।पुनस्थापना संग संगै समुदाय उत्थानको नारा लिएर प्रवासमा च्याऊ सरी उम्रिएका भूटानी संघ संघठनहरुका गण्यमान्यहरुले पनि यस प्रति ध्यान दिनु भए हामीले आधा रातमा बाटो ढुकेर बस्ने ब्वांसाहरुको शिकार हुनु पर्ने थिएन की!!

No comments:

Post a Comment