बसन्त नेपाल
सपनाको भारी बोकेर मुग्लान हानिएको पनि आज तिस महिना भईसकेछ । साच्चै मलाई यतिबेला नेपालको यादले धेरै सताएको छ । एकातिर प्रवाशी नेपालीहरुको छुटै संसार जसले मलाई एक पटक होईन सयौ‘ पटक रिङ्गाई रहन्छ । मात्रृभूमिबाट फिरेका सपनामुखी अनुहारहरुको हुलबाट छुटिन मनै लाग्दैन किनकी यो तिस महिनाको अबधिमा प्रवाशी नेपालीहरु प्रति धेरै मायाका पालुवाहरु पलाएका छन् जुन पालुवा दिन दिनै हुर्कदै छ । यो अबधि मैले पराईघरमा घटित घट्नाका परिच्छेदहरु संग खेल्दै बिताए । प्रवाशी नेपालीहरुका भावनाहरुमा म बहलिए । साच्चै परदेशीहरुको मन अलि कठोरै हुन्छ कि भन्ने मेरो ठम्माई छ । प्रवाशमा बस्ने नेपालीहरुको लेखरचनाहरु पड्दै, उनिहरुकै दु:ख सुखका कथाहरु कोर्दै म यतिबेला समय संग दौडीरहेछु ।
हो, प्रवाश बिषेश गरी ओमान अधिराज्य जसलाई मैले सयौ पटक फेरो मारेको छु । नेपाली क्याम्पहरुमा पुग्छु , दुख सुखका कुराहरु गर्छु । आफ्नै परिवार भेटेको भान हुन्छ । यसरी पराई घरमा मन बहलाउनुमा आफ्नै कारणहरु छन् । मात्रृभूमि जसमा म सङ्घर्ष गर्दा गर्दै थाक्न पुगे । अबसरहरुको खोजीमा ओमान अधिराज्य उत्रन पुगे । ओमान अधिराज्य धेरै नेपालीहरुलाई थाहा नभएको देश हो । गजबको कुरा के छ भने ओमानमा नेपालीहरु कति छन्. न त नेपाल सरकारको श्रम मन्त्रालयमा तथ्याङ्क छ न त बैदेशिक रोजगारसंग सम्बन्धित अन्य संघसंस्थाहरुसंग नै । तर ओमान अधिराज्यमा नेपालहरुको ताती हेर्दा नेपाल सरकार प्रति सहानुभूती जागृत हुन्छ । आफ्ना देशका नागरीक कहा‘ र कसरी छन् त्यो बुझने दाहित्व नेपाल सरकारको हो की होईन ? एक जना नेपालीको तथ्याङ्क पनि नेपाल सरकारसंग छैन् । कस्तो लाचारी पन हो यो सरकारको ? ओमानका होटल, गोदाम घर, सुपरमार्केट, बिल्डिङ्ग कन्ट्रक्सनहरुमा सयौको संख्यामा नेपालीहरु भेटीरहेछु मैले तर सरकारलाई यो कुरा किन थाहा भएन ? कहिले । तर म बिबष छु कि म चाहेर पनि केहि गर्न सक्दिन किनकी म मात्रृभूमिमा अट्न नसकेको मान्छे । मैले माथी नै भनि सकेकि प्रवाशी नेपालीहरुको भावनासंग खेली रहेछु म ।
हिजोको दिनमा म नेपाल खाल्डो काठमाण्डौमा पत्रकारीता गर्थे । राजधानी, स्पेशटाईम, कान्तिपुर साप्ताहीक आदि पत्रपत्रिकाहरुमा काम गर्थे । तर तिस बर्षदेखी पत्रकारीता गर्दै आएकालाई पनि दशै मान्न धौ धौ भएको कुरा नेपाली पत्रकारीता क्षेत्रको तितो यर्थाथ हो । हिमालय टाईम्स दैनिकका सम्पादक हालका नेपाल पत्रकार महासघका सभापती धमेन्द्र झा थिए त्यतिबेला जतिबेला म काठमाण्डौ जिल्लाको रीर्पोटर थिए । दुर्भाग्य नै भन्नु पर्छ त्यसमा म धेरै टिक्न सकिन । किनकी मलाई रिर्पोटिङ्ग गर्न जान गाडी भाडा सो पत्रिकाले उपलब्ध गराउन समेत सकेन किनकी त्यति बेला सात करोड घाटामा थियो हिमालय टाईम्स । त्यस पछि म नारायन अमृतको सहयोगमा राजधानीको सौजन्य पृष्टमा साप्ताहीक फिचर लेख्न्न थाले । नारायन अमृत जसले मेरा सबै लेखहरुलाई साप्ताहिक रुपमा प्रकाशित गर्नु हुन्थो । यो दुरो देशबाट म नारायन अमृत प्रतिको सहयोग अझै पनि सम्झीरहेछु । त्यसै गरी कान्तिपुर साप्ताहिकका सम्पादक सुवास ढकालको पनि मेरो पत्रकारीता क्षेत्र यहाँसम्म आई पुग्नुमा महत्व पुर्ण योगदान छ । कान्तिपुर प्रकाशन गृहबाट लिएको लेखहरुको पारीश्रमीकले मेरो पढाईमा ठुलो टेवा पुर्याएको थियो । मेरा सबै आदरणिय हस्तिहरु जसलाई यो पराई घरबाट अटुट सम्झना । अब कुरा गरौ प्रवाश बसाईको । यस ओमान अधिराज्य आउनु अगाडी मैले कान्तिपुरसंग ओमानबाट रिर्पोटिङ्ग गर्ने सम्झौता गरेको थिएँ । समयको बेगसंगै मेरो पत्रकारीता क्षेत्र यो मरुभुमीबाट निरन्तर अगाडी बढ्दै गयो ।
यहाँ आएको केहि समय पश्चात ऐक्यबद्धता मासिकसँग मेरो सम्पर्क हुन गयो । यो संगको मेरो सम्पर्कले पत्रकारिता क्षेत्रमा अर्को ईटा थप्ने काम गर्यो । मिना शर्मा तिवारीको सहयोग, सर्मथन थपिदै गयो । प्रवाशी पत्रकारहरुसंग घुलमिल हुदै गए । आज ओमानबाट एक पत्रिका प्रकाशित गरेर यस राज्यका कुना काप्चामा छरीएर रहेका नेपालीहरुको दुख सुखका कथाहरुसंग मन साट्ने प्रयास गरी रहेछु । मलाई राम्रोसंग ज्ञान भएको कुरा हो की पत्रिका प्रकाशन गर्नु धेरैको ऋणि हुनु हो । आफू मरी रहेको भए पनि त्यस पत्रिकाबाट पाठकहरुले संसार नियाल्न सक्छन् । आफुले दुनियाँको गाली गजौल सुन्नु परेता पनि कसैले समाजमा ताली पाईरहेको हुन्छु, सबैलेको हाई हाई हुन पुग्छु उ । एउटा छुटै नेपाल जहाँ नेपालीहरुका अलाप बिलापहरु सुनिन्छन्, बलत्कार, शोषणका घट्नाहरु प्रस्सत हुन्छन तर मिडीयामा यस्ता घट्नाहरु आई रहेका हुदैनन् जसले गर्दा अपराधिक कार्यहरु घट्नुको सटा झन बढेर गई रहेछन् प्रवाशमा । यसैको अन्त गर्न चाहन्छ प्रवाशी आवाज । सरकारलाई प्रवाशी नेपालीहरु पनि आफ्नै नागरीक हुन भन्ने भावना जागृत गराउन चाहन्छ । अपराधी, भ्रष्टचारीहरुलाई सिधै सुली चढाउनका लागी जोडदार माग गर्दछ प्रवाशी आवाज । कसै संग पनि डराउँदैन प्रवाशी आवाज । मेरो हृदयमा लागेको चोट कम्ती मर्माहत छैन । त्यो चोट यति टाढा परदेशमा मैल मेरा दाजुभाइबाट पाए । धेरै निरुत्साहित गर्ने प्रयास नभएको भने होईन तर पनि म सबै समस्याहरु अनि बचनहरुलाई सहेर पत्रकारीता क्षेत्रमा लागी रहे ।
खबरदार तिमीहरुले एक नेपालीको प्रगतीमाथी डाहा गर्न पाउने छैनौ । तिमीहरुको छाती खुशीले गदगद हुनु पर्ने हो आज किनकी ओमानमा नेपाली पत्रिका हाम्रँ दाजुभाई तथा दिदी बहिनीहरुको हातमा पुगेको छ । आफ्नै समाचार, आफ्नै सिर्जना, आफ्नै तस्बिर आज पत्रिकामा आउँदा उनिहरु खुशीले पुलकित भएका छन् । मनका बिरहहरु यस पत्रिकामा पोख्न पाउदा‘ उनिहरुले आफ्नो मन हलुको भएको आभाष गरीरहेछन् ।यहा भन्नै पर्ने कुरा के छ भन्ने पत्रकारिता गर्न अतन्य कठिन र चुनौतिपुर्ण काम हो । म यस्तै चुनौतिपुर्ण काम गर्न मन पुर्याउछु । भन्नेले जे जुकै भनुन् , म आफ्नो कामलाई पुजा गर्छु ।
ओमान राज्यमा नेपालीहरुको संख्या अनुमानित पच्चिस हजारको हाराहारीमा रहेको छ । यति धेरै नेपालीहरुले ओमानलाई कर्मथलो बनाई रहेको परिप्रेक्षमा यस राज्यमा पनि पत्रकारीताको बिकाश हुनु पर्छ भन्ने मनशायले प्रवाशी आवाज प्रकाशित भएको हो । मिना शर्मा तिवारीले भनेको कुरा धेरै पटक सम्झने गर्छु । पत्रिका प्रकाशन गर्नु ठुलो कुरा होईन तर यसले निरन्तरता पाउनु महत्वपुर्ण कुरा हो । यहाँका दश प्रतिशत नेपालीहरुले यस पत्रिकालाई माया गरे भने पक्कै पनि यसले निरन्तरता पाउन सक्छ । चुनौतिहरु धेरै छन् पत्रकारीता क्षेत्रमा । त्यसमा पनि कसैको देशमा बसेर यो क्षेत्रमा लाग्नु भनेको जीवनलाई चुनौतितिर धकेल्नु हो । आँखा चिम्लेर प्रगति हुँदैन । दश नङ्ग्रा खियाएर चुनौतिहरुसँग सामना गर्दै जाने हो । म पनि त्यसै गर्नेछु । मैनबति जस्तै कसैका निम्ती जल्न चाहन्छु । त्यो मैनबतिको प्रकाश सारा प्रवाशमा बस्ने नेपालीहरु माझपुर्याउने मैले अठोट लिएको छु । यो प्रकाश बाट कोहि पनि टाढा नरहुन भन्ने मेरो आग्रह छ । म संसारको जुन सुकै कुनामा पुगे पनि प्रवाशी आवाज निरन्तर तपाईहरुको हातमा पर्छ नै । सम्पूर्ण प्रवाशी नेपालीहरुको मायाममता प्रवाशी आवाजलाई प्राप्त होस् ।
जय नेपाल ,जय नेपाली, जय पाठक बृन्द्ध ।
(लेखक: ओमानबाट प्रकाशित प्रवाशी आवाजका सम्पादक तथा प्रकाशक हुनुहुन्छ ।)

0 comments:
Post a Comment