श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 25 August 2009

गैर आवासिय नेपाली संघ राष्टिय समन्वय परिषद इजरायलको प्रथम वार्षिक साधारण सभा सम्पन्न


भुवन िसंह कुँवर२४ अगष्ट २००९तेलअभिव इजरायल ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको प्रथम वार्षिक साधारण सभा इजरायल स्थित तेलअभिव शहरको लेवण्डा स्टीट ३२ मा रहेको कम एण्ड सी चर्चको चौथो तल्लामा रहेको हलमा २२ अगष्ट २००९ मा भव्यताका साथ सम्पन्न भएको छ । महासचिव श्री दिनेश प्रसाईंद्वारा साचालित कार्यकमको सभापतित्व परिषदका अध्यक्ष श्री भुवन िसंह कुँवरले गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन विशिष्ट अतिथिको रुपमा सप्ताहाब्यापी इजरायलको भ्रमणमा आइपुग्नु भएका माननीय श्रम तथा यातायात व्यवस्था मन्त्री महम्मद् अफ्ताव आलमज्यूले दिप प्रज्वलन गरी गर्नु भएको थियो भने प्रमुख आतिथ्यता नेपाली राजदुतावास इजरायलका महामहिम राजदुत श्री बैजनाथ थपलियाज्यूले गर्नु भएको थियो । उक्त कार्यक्रममा भ्रमण टोलीमा सहभागीहरु बैदेशिक रोजगार प्रब¢्रन बोर्डका निर्देशक श्री स्थानेश्वर देवकोटा कान्तिपुर टेलिभिजन नेटवर्कका सह सम्पादक श्री सुदर्शन ओली अतिथिको रुपमा उपस्ििथत हुनुभएको थियो । नेपाली राजदुतावासका मिनिष्टी काउन्सेलर श्री मुक्तिनाथ भट्ट द्वितिय सचिव श्री विष्णु गौतम सहायक श्री थान प्रसाद शर्मा सल्लाहकार डा। विष्णु चापागाई यू।एन।sा मेडिकल अधिकृत डा। ध्रुब कोइराला यूनिसेफका श्री कैलाश ढंगोल म्यानपावर व्यवसायीहरुको तर्फबाट श्री प्रकाश कार्की अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । नेपाली राष्टिय गानबाट शुरु भएको उक्त कार्यक्रममा अतिथिज्यूहरुलाई स्वागत मन्तव्यबाट परिषदका सदस्य श्री तारा प्रसाईंले स्वागत गर्नु भएको थियो । अन्तरराष्टिय समन्वय परिषदका अध्यक्ष डा।उपेन्द्र महत्तोज्यूले समयाभावको कारणले उपस्थित हुन नसकेकोले ईमेल मार्फत पठाउनु भएको शुभकामना सन्देश महासचिवज्यूले पढेर सुनाउनु भएको थियो । मन्तव्यको क्रममा डा।विष्णु चापागाईंज्यूले इजरायलमा एन।आर।एन। स्थापनाकालदेखि हालसम्मको अवस्था बारेमा र इजरायलमा रहेका नेपाली समूदायको बारेमा समसामयिक विष्लेषणसहित जानकारी गराउनु भएको थियो । वहाँले कृषि विशेषज्ञको हैसियतले नेपाल र नेपालीको लागि इजरायलमा सिकेका कृषि क्षेत्रका आधुनिक सिप र ज्ञानलाई नेपालको परिवेशमा लागू गर्न जस्तोसुकै योगदान दिनु परेपनि आफू तयार रहेको प्रतिब¢ता जाहेर गर्नु भएको थियो । साथै इजरायलमा आएर कृषिका काम गरी हाल नेपाल फर्किन लाग्नु भएका चार पाँच सय कृषि मजदुर साथीहरुलाई उचित काम गर्ने वातावरणको व्यवस्था गरिदिन सरकारलाई अनुरोध पनि गर्नुभएको थियो । सोही अवसरमा नेपालबाट इजरायलमा कामदार आउने क्रम बन्द भएकोले जतिसक्दॊ चाँडो खुल्ला गर्न आवश्यक पहल गर्न र काम गर्ने नेपाली एजेण्ट तथा व्यवसायीहरुलाई नेपालीले नेपालीलाई नठग्न समेत अनुरोध गर्नु भएको थियो । मन्तव्य कै क्रममा वहाँले एन।आर।एन। इजरायलको प्रथम वार्षिक साधारण सभाको सफलताको कामना सहित अन्तरराष्टिय समन्वय परिषदको सदस्यको लागी इजरायलबाट स्वच्छ प्रतिनिधिको छनौट गरि एन।आर।एन।लाई गतिशिलता दिन समेत उपस्थित सदस्यहरुलाई अनुरोध गर्नु भएको थियो । शुभकामना मन्तव्यको क्रममा बैदेशिक रोजगार प्रब¢्रन बोर्डका निर्देशक स्थानेश्वर देवकोटाले बोर्डको परिचयको क्रममा श्रम गरेर आउने कामदारहरु भन्दा नगरीकन आउनेले बढी दुःख भोग्नु परेको र विना तालिम आएकाहरुको लागी पनि ठूलो मर्का परिरहेको जानकारी गराउनु भयो । इजरायलमा बढी महिलाहरु काम गर्न आएको र महिला सुरक्षा गृहको धारणा अगाडी बढीरहेको कुरा समेत सो अवसरमा जानकारी गराउनु भयो । साथै संघको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । म्यानपावर व्यवसायीहरुको प्रतिनिधित्व गर्दै श्री प्रकाश कार्कीले बन्द भएको कारणले नेपालीहरुको पैसा फसेको र त्यो पैसा भनेको नेपाल सरकारको पनि हो तसर्थ तत्काल उ¢ार गर्नु पर्ने कुरामा जोड दिनु भयो । कार्कीले नेपाललाई खुलाउन व्यवसायीहरु जुनसुकै मूल्य चुकाउन समेत तयार रहेको जानकारी गराउँदै पहिला नेपाल खुलाई सकेपछि आवश्यक निति नियमहरु क्रमैसँग बनाउँदै लैजाने र इजरायलमा देखा परेका समस्यालाई छानबिन गरि सुधारका प्रकि्रया तत्काल अगाडी बढाउन अनुरोध गर्दै संघको साधारण सभाको सफलताको शुभकामना दिनु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि थपलियाज्यूले गैर आवासीय नेपाली संघसँग नेपालले ठूलो आशा लिएको छ। विदेशमा सिकेको सिप ज्ञान र धनलाई स्वदेशमा उचित लगानी गर्न सरकारले व्यवस्था गरोस् भन्दै इजरायलमा रहेका एन।आर।एन।हरले अहिले सम्म सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण योगदान िदंदै आएको र भविष्यमा पनि अझै प्रभावकारी रुपमा सशक्त भएर अगाडी बढ्न शुभकामना दिनु भएको थियो । आगामी दिनहरुमा एन।आर।एन।सँग मिलेर उचित कार्यक्रमहरु आयोजना गरिने बताउँदै बन्द भएको नेपाललाई खुलाउन दुताबासको तर्फबाट पूर्ण रुपमा आवस्यक सहयोग गर्ने दृढता व्यक्त गर्नु भयो । अन्त्यमा साधारण सभाको सफलताको शुभकामना दिनु भएको थियो । मन्त्री आलामज्यूले गैर आवासिय नेपाली ऐन २०६४ र त्यसको कार्यान्वयनको लागी नियमावली २०६५ जारी गरिसकेको जानकारी गराउनु भयो । संघको उद्देश्यलाई साकार पार्न इजरायलमा रहेका एन।आर।एन।हरुलाई सफलताको शुभकामना दिनुभएको थियो । अब बन्ने संविधानले नेपालीहरुको हकहित र सुरक्षाको प्रत्याभूति दिलाउने कुरामा आफू विश्वस्थ भएको जानकारी गराउनु भयो । इजरायलमा रहेको कृषि फारमको भ्रमणबाट आफू प्रभावित भएको बताउँदै कृषि कामदारहरुले यहाँ सिकेको सीपलाई स्वदेशमा सदुपयॊग गराउन सरकार समक्ष यो कुरा दसा्रउने प्रतिब¢ता जाहेर गर्नु भएको थियो । इजरायल जस्तो मरुभूमिमा मिहनेत गरेर छोटो अवधिमा आफूलाई यूरोपियन मूलुकको अगाडी सम्पन्न राष्ट्रको रुपमा विश्व सामू परिचित गराउन सफल भएको कुरालाई हामीले भूल्नु नहुने कुरा बताउनु भयो । चीन जस्तो विश्वमा सम्पन्न राष्ट्रले समेत आफ्ना नागरिकलाई अन्य देशमा कामदारको रुपमा पठाई रहेको अवस्थामा हाम्रो जस्तो गरिब मूलुकले अफसोच मान्नु पर्ने कुनै अवस्था नभएको समेत बताउनु भयो । नेपाल जस्तो प्राकृतिक स्रोतले सम्पन्न देशले त अझै धेरै गर्न सकिने बाटाहरु रहेको बताउनु भयो । कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै कुँवरले नेपाली जनशक्ति विदेशमा आई अर्काको गुलामी गर्नु रहर नभई बाध्यता भएको बताउनु भयो । इजरायल सरकारले नेपालबाट कामदार झिकाउने क्रममा पटक पटक बन्द र खुल्ला गर्ने प्रकि्रयाले नेपालीहरुको करोडौं रकम फसिरहेको र हजारौं बेरोजगार युवाजनशक्तिको घरबार बीहिन अवस्थामा रहेकोले यो समस्यालाई तत्काल समाधान गर्न उचित पहल गरी दिर्घकालसम्म रोजगारीको ढोकालाई खुल्ला गराउन नेपाल सरकार र सरकारको प्रतिनिधिहरुलाई अनुरोध गर्नु भएको थियो । एन।आर।एन। इजरायलको प्रथम वार्षिक साधारण सभामा उपस्थित भै कार्यक्रमलाई सफलता बनाउन महत्वपूर्ण भूमिका निवार्ह गर्नु हुने प्रमुख अतिथि विशिष्ट अतिथि लगाएत सम्पूर्ण अतिथिहरुलाई धन्यवाद िदंदै उद्घाटन सत्रको कार्यक्रमको समापन भएको घोषणा गर्नु भएको थियो ।त्यसपछि बन्द सत्रको कार्यक्रमको अध्यक्षता परिषदका अध्यक्ष श्री भुवन िसंह कुँवरले गर्नु भएको थियो भने कार्यक्रम साचालन परिषदका सदस्य श्री कृष्ण थापाले गर्नु भएको थियो । बन्द सत्रमा वार्षिक प्रतिवेदन महासचिव श्री दिनेश प्रसाईंले र आर्थिक प्रतिवेदन श्रीमती ऋतु गिरीले पढेर सुनाउनु भएको थियो । प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ अध्यक्षबाट दिइएको थियो । सोही अवसरमा उपाध्यक्ष श्री नयन्द्र चेम्जोङ्गले प्रस्तुत गर्नु भएको संघको विधान समेत सर्वसम्मतले पारित गरिएको थियो । अन्त्यमा एन।आर।एन। आई।सी।सी। सदस्यको लागी इजरायलको प्रतिनिधि छनौटको निर्वाचन कार्यक्रम रहेको थियो । निर्वाचन अधिकृत नेपाली राजदुतावास इजरायलका दितिय सचिव श्री विष्णु गौतमले निर्वाचन प्रकृयालाई अगाडी बढाउनु भएको थियो । तोकिएको समयमा श्री कपिल न्यौपाने र श्री केशव कुमार श्रेष्ठ दुई जनाको उम्मेदवारी परेकोमा पछि श्री केशव कुमार श्रेष्ठले सहमतिको आधारमा उम्मेदवारी फिर्ता लिएपछि श्री कपिल न्यौपानेलाई सर्वसम्मतबाट छनोट भएको घोषणा निर्वाचन अधिकृतले गर्नु भएको थियो । गैर आवासिय नेपाली संघ राष्टिय समन्वय परिषद इजरायलका अध्यक्ष श्री भुवन िसंह कुँवरले न्यौपानेलाई कार्यकालको सफलताको शुभकामना िदंदै प्रथम वार्षिक साधारण सभालाई सौहाद्रपूर्ण बातावरणमा भव्यताका साथ सफलता पार्न आ आफ्नो स्थानबाट महत्वपूर्ण सहयोग गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरुलाई धन्यबाद सहित कार्यक्रमको समापन भएको घोषणा गर्नुभएको थियो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika