Sunday, 16 August 2009

कुवैत मा आफ्नै घर मलिक्नी बात नेपाली चेली मारिए

जय आले (कुवेत)
करिब १ महिना पहिला घरेलु कामदारको रुपमा कुवेत आएकी, नाम र स्रोत केही नखुलाइएकी एक नेपाली युवतिको कुवेतस्थित उम अल-हाइमान भन्ने ठाउँमा आफै कार्यरत घरको मालिक्निबाट हत्या भएको छ । कुवेत सेक्युरिटी सोर्सको अनुसार, युवतिले आफ्नो मलिक्निले भनेको कुरा नबुझ्नाले मालिक्नी आवेशमा आई बाथरुममा बिछ्याउने टायलले टाउकोमा हिर्काउँदा उनको मृत्‍यु भएको थियो ।
सोर्सको अनुसार गत बुधवार राती नेपाली युवती अशक्त घाइते भएको भनी खबर पाएको र स्वास्थ्यकर्मिहरुको साथ पुलिस गई जाँच गर्दा उनको मृत्‍यु भई सकेको अनी उनको मृत शरीर बाँकी कानुनी प्रकृया पुरा गर्नको निम्ती पुलिसले लगेको जनाइएको छ । साथै हत्यारा कुवेती मालिक्नीलाई पुलिसले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment