रुद्र खड्का, क्वालालम्पुर, असार २६- एसीसी ट्वान्टी २० महिला क्रिकेट च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल हङकङसँग सात विकेटले पराजित भएको छ। यो पराजयसँगै पहिलो पटक नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुग्न असफल भएको छ।
टस हारी पहिले ब्याटिङ गरेको नेपालले हङकङसमक्ष ७७ रनको चुनौति राखेको थियो। नेपालका लागि निरा राजोपाध्यायले सर्वाधिक २८ रन बनाएकी थिइन्। त्यस्तै माया रावत २५ रनमा अविजित रहिन्। उपकप्तान नीतु थापा ३ रनमा अविजित रहिन् भने नेरी थापा ३ र रेखा रावल २ रनमा आउट भएकी थिइन्।
कप्तान रितु कनौजियासहित रश्मी थापा र सोनु खड्का खाता नखोली आउट भइन्।
रितुले पहिलो ओभरमा नै विकेट लिएर झट्का दिए पनि हङकङले सम्हालिएर प्रदर्शन गरेपछि १६.१ ओभरमा नै विजय लक्ष्य पूरा गरेको थियो। नेरी थापाले दुई विकेट लिएकी थिइन्।
नेपालले सेमिफाइनलमा पराजित अर्को टोली चीनसँग शनिबार तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ। शुक्रबार भएको अर्को सेमिफाइनलमा थाइल्यान्डले चीनलाई २७ रनले पराजित गरेको थियो।

0 comments:
Post a Comment