सन्तोष रिमाल, काठमाडौं, साउन ६-
लोकप्रिय आधुनिक गायक अरुण थापाको स्मृतिमा आयोजित कार्यक्रममा संस्कृति मन्त्रीले अरुण थापाका गीत वा संगीतको कुरा गरेनन्। बरु व्यवस्थापनशास्त्र पढेका संस्कृति मन्त्रीले भने 'सायद ज्ञान नभएकै कारण केही सिकोस् भनेर मलाई संस्कृति मन्त्री बनाइएको होला।'
संगीतलाई राजनीतिक चिन्तनले जितेको कार्यक्रममा संस्कृति संघीय मामिला संविधान सभा तथा संसदीय मामिला मन्त्रीले पनि आफ्नै एजेन्डा सुनाए। 'मेरो मन्त्रालयको नाममात्रै लामो हो पैसा त दुई अक्षरका नाम भएका मन्त्रालयमा धेरै छ'- उनको संकेत गृह, अर्थ, रक्षा मन्त्रालयतिर थियो।
नेपाल मगर विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा मन्त्री रिजालले लोकगायिका शिवा आलेलाई अरुण स्मृति संगीत पुरस्कार प्रदान गरे। बाँकी कार्यक्रम राजनीतिक विषयमा केन्द्रित हुनथालेपछि अरुण थापाको संगीतमाथि प्रकाश पार्ने जिम्मा दिइएका लेखक एवं फिल्म निर्देशक प्रकाश सायमी बोलेनन्। 'अरु नै विषयले प्रमुखता पाएपछि बोल्ने कुरा भएन'- उनले नागरिकसँग भने।पुरस्कार प्रदान र प्रमुख अतिथिको भाषण सकिसक्दा रिजाललाई अर्को कार्यक्रममा पुग्न आधा घण्टाभन्दा बढी ढिला भइसकेको थियो। यसैले उनी हतारहतारतर्फ परको नेपाल पर्यटन बोर्डका लागि हानिए। कांग्रेसबाट मन्त्री भएका रिजाललाई पार्टीको शुभेच्छुक संस्था 'सांस्कृतिक संघ'ले विचार गोष्ठीमा प्रमुख अतिथि बन्न निम्त्याएको थियो।'नयाँ संविधानमा सांस्कृतिक अधिकारको सुनिश्चितता' विषयक विचार गोष्ठीमा उनी पुग्दा लेखक संघका अध्यक्ष डा.तुलसी भट्टराई बोल्दै थिए। 'मलाई कार्यपत्र लेख्न भनिएको थियो तर मैले भ्याइन'- भट्टराई टिपोट हेर्दै बोलिरहेका थिए। तर आयोजकले उनलाई बीचैमा रोकेर माइक्रोफोन मन्त्री रिजाललाई दिए। अनि मन्त्रीले फेरि त्यही कुरा बोले 'मलाई संस्कृतिको ज्ञान छैन यस्तै कार्यक्रमबाट सिक्दैछु।'यो कार्यक्रममा चाहिँ उनले थप अर्को कुरा पनि आफूलाई थाहा नभएको बताए। उनले भने 'मलाई नेपाली फिल्मका बारेमा पनि थाहा छैन।' दर्शकदिर्घामा टन्नै फिल्मकर्मी देखेर होला उनले थपे 'मैले पछिल्लो पटक हेरेको फिल्म 'वासुदेव' हो की 'कान्छी' बिर्सिएँ।' त्यसपछि मन्त्री यहाँ पनि 'लामो नाम भएको मन्त्रालय'का एजेन्डातिर फर्किए। 'राज्यले विविधता स्वीकार्छ सांस्कृतिक आक्रमण नहुने वातावरण तयार पार्छ । तर आफ्नो पहिचानका लागि आफै लाग्नुपर्छ सरकारको मात्र भर परेर हुँदैन'- भन्दै उनी हतारहतार बाहिरिए।अन्त्यमा उनले आफ्नो व्यस्त कार्यक्रम तालिका सुनाए। 'मलाई यहाँबाट ललितपूरको एक कार्यक्रममा सहभागी भएर नेपालगञ्ज जानुछ। चार बजे एयरपोर्ट पुगिसक्नुपर्छु यसपछि कार्यक्रम बीचैमा छाडेर मन्त्रीजी हिँडे।
यस्ता कतिवटा कार्यक्रममा प्रमुख अतिथि भएपछि संस्कृतिबारे जानिएला त मन्त्रीज्यू अथवा कतिवटामा सहभागि भएपछि संस्कृतिको 'सजाय' माफ होला ?

0 comments:
Post a Comment