२ जुलाई, २००९विराटनगर –नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दलहरुको ध्यान संविधान निर्माणमा भन्दा सरकार गठनमा गएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
आरामका लागि तीनदिने बर्साईका लागि गृह नगर आइपुगेका कांग्रेस सभापति कोइरालाले पत्रकारसँग भने, दलहरु सत्ताका लागि ध्यान दिइरहेका छन्।
अहिले त संविधान निर्माणमा लाग्नुपर्ने हो।माओवादीले सरकार ढाल्ने भन्दैछन् नि भनी पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै कोइरालाले भने, ढाले ढालून्।
सरकार ढालेर केहि फरक पर्दैन मुल कुरा संविधान निर्माण हो। उनले आफ्नो ध्यान सरकारमा भन्दा संविधान निर्माणमा रहेको बताए। तोकिएकै समयमा संविधान बन्नेमा भने ढुक्क रहन आग्रह गरे।
यसअधि मोरङका कांग्रेस कार्यकर्तासँग आज असार १८ गते बिहान भएको भेटमा कोइरालाले संविधान निर्माणमा लाग्न कार्यकर्तालाई पनि निर्देशन दिए।
उनले सहमतिमा मात्र संविधान निर्माण हुने भएकाले सबैलाई त्यसतर्फलाग्न आग्रह समेत गरे । सहमतिमा मात्र संविधान निर्माण हुन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन सबै दलका नेता र कार्यकर्तासँग आफ्नो अनुरोध रहेको समाचार सम्प्रेषण गर्न उनले सञ्चारकर्मीलाई अनुरोध गरे।

0 comments:
Post a Comment