वेद प्रसाद खरेल
जुलाई ०२, २००९
अमेरिका , न्यू योर्क र अमेरिकाको न्यू योर्क राज्यमा रहेर समाज सेवा गरे वापत न्यू योर्क सिटीद्वारा एक समारोहमा मोहन बहादुर ज्ञवलीलाई सम्मान गरिएको छ ।न्यू योर्क राज्य अन्तरगतको रिजउडमा बसेर नेपाली र समुदायको उत्थान , नेपाली भाषा, सस्कृतिको जर्गेना र अमेरिकन समाजमा पुर्याइको अतुलनीय योगदान वापत यही जुन ३० मंगलबार सम्मान गर्नु भएको हो ।
१९९६ मा अमेरिका आउनुभएका ज्ञवालीले रिजउडमा नेपाली बस्ती बसालेको,बच्चाहरुलाई नेपाली भाषा अध्ययनमा सक्रिय भूमिका खेलेको,अंग्रेजी कक्षा संञ्चालन ,निशूल्क स्वास्थ्य शिविरको आयोजना देखी रोजगारको प्रबन्धमा उल्लेखनिय योगदान पुर्याएको कारणले न्यूयोर्क सिटीले सम्मान गरेको बताउंदै William c.Thompson Jr ले न्यूयोर्कमा रिजउड नेपलिज सोर्साईटी स्थापना गरेर ज्ञवालीले नेपालीहरुलाई एकवद्ध तूल्याएकोमा प्रशंसा समेत गर्नुभयो । ज्ञात रहोस १९९६ मा ज्ञवाली अमेरिकामा आउदा रिजउडमा दश जना नेपाली पनि थिएनन् र हाल रिजउडलाई नेपाली वस्तीका रुपमा परिणत गर्ने उहंँको योजना अन्तरगत हजारौ नेपाली वसोवास गर्न थालेका छन् । रिजउड नेपलिज सोर्साईटीका संस्थापक अध्यक्ष ज्ञवाली अमेरिकाबाट संञ्चालन भएको नेपाली न्यूज युएस्एको सल्लाहाकार समेत हुनुहुन्छ । अमेरिकामा एउटा सफल व्यापारीका रुपमा समेत स्थापित ज्ञवालीले खोलेको मा.एभरेष्ट नेल्समा हाल सम्म सयौ जनाले निशूल्क तालिम प्राप्त गरेर रोजगारी पाएका छन् । एक तवरले भन्ने हो भने ज्ञवालिको उक्त नेल्स नेपालीहरुका लागी निसूल्क ट्रेनिङ्ग सेन्टर का रुपमा परिणत भएको छ । र त्यहंँ मोहन ज्ञवालीका अलावा उहँकी श्रीमती रिना ज्ञवालीले नेल्स सम्बन्धि तालिम दिएर नेपालीलाई रोजगारीमा ठूलो मद्धत पुर्याउनुभएको छ ।
आफूलाई न्यूयोर्क सिटीद्धारा गरिएको सम्मानको बारेमा श्री ज्ञवाली भन्नुहुन्छ यो सम्मान मेरो मात्र नभएर सारा नेपालीका लागी हो । यो सम्मानले मलाई समाज सेवा जहँ वसेर गरे पनि हुन्छ भन्ने कुरा सहि हो भन्ने प्रमाणित गरेको छ भन्दै आफू आज सम्मानित हुदां अमेरिकामा नेपालनै सम्मानित भएको जस्तो अनुभव भएको छ भन्नुभयो । कम्पटोलर अफ न्यूयोर्क सिटी द्धारा आयोजित उक्त सम्मान एवं दक्षिण एसिया सम्पदा कार्यक्रममा स्वागत भाषण अमेरिका नेपाल फे्रन्डसिप सोर्साईटिका उपाध्यक्ष डा.विनोद शाहले गर्नुभएको थियो । दक्षिण एशिया बाट आएर अमेरिका वसोबास गरि गरि अमेरिकि समाजमा पुर्याएको योगदान वापत William c.Thompson Jr ले मोहमद् फ्रासेट चौधरी, कर्ृर्ती गान्धि,अरविन्ध कौर कौहली र महावुर रहमानलाई समेत सम्मान गर्नु भएको थियो । यस बर्षको पुरस्कार समारोहको आयोजना न्यू योर्क सिटी कप्ट्रोलर कार्यालयसँग मिलेर अमेरिका-नेपाल फ्रेन्डशिप सोसाइटी, ज्याक्सन हाइट्स मेर्चेन्ट एसोसिएसन र शिख -अमेरिकन फ्रेन्डशिप फाउन्डेसनले गरेका थिए।हरेक वर्षसमाजमा उल्लेखनिय योगदान पुर्याए वापत गरिने सम्मानवाट यस अगाडी न्यूयोर्कको कोलोम्विया यूनि भर्सिटीमा प्राध्यापन गर्ने डा. तारा निरौलालाई समेत सम्मान गरिएको थियो ।
समारोहमा हिन्दू मन्दिर सोसाइटी अफ अमेरिकाको न्रित्य पाठशालाका भारतीय अमेरिकि कलाकारहरुले परम्परागत भारतीय न्रित्य प्रस्तुत गरेका थिए।

0 comments:
Post a Comment