रुद्र खड्का, क्वालालम्पुर, असार १९-
मलेसियामा जारी एसीसी महिला ट्वान्टी-२० प्रतियोगितामा शुक्रबार नेपालले पहिलो खेलमा इरानविरुद्ध सानदार जीत हासिल गरेको छ। बायुमास ओभल मैदानमा भएको खेलमा नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहेको इरानलाई ६२ रनले पराजित गर्यो।
टस जितेर ब्याटिङ रोजेको नेपालले ३ विकेटको क्षतिमा १ सय ९ रन बनाएको थियो। नेपालका लागि ओपनर नीरा राजोपाध्यायले सर्वाधिक ३९ रन बनाएकी थिइन्। त्यस्तै अर्का ओपनर माया रावतले २० रन बनाइन्। पूर्वकप्तान नेरी थापा ६ रनमा आउट भइन्। रश्मी शर्मा १३ र कप्तान रितु कनौजिया ७ रनमा अविजित रहिन्।
१ सय १० रनको लक्ष्य सहित मैदानमा ओर्लिएको इरानी टिम नेपाली बलरका सामु निरीह सावित भयो। इरानी खेलाडीले नेपाली बलिङ सामाना गर्न नसक्दा १५.४ ओभरमा ४७ रनमा अल आउट भएको थियो। नेपालका लागि रेखा रावलले ४ ओभरमा एक मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिइन्। सोनु खड्काले ३.४ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन्। त्यस्तै रितु, नीरा र अम्बिका बुढाथोकीले एक एक विकेट बाँडे। नीरा उमन्स अफ द म्याच भइन्।
समूह क मा परेको नेपालले सिंगापुरसँग शनिबार खेल्दैछ।
करिब एक महिनादेखि खेलाडीलाई प्रशिक्षण दिएका नेपाली टोलीका प्रशिक्षक प्रदीपराज पाण्डे नेपाली टोली प्रतियोगिताको दावेदार रहॆको बताए। २००८ मा थाइल्यान्डमा भएको प्रतियोगितामा नेपाली महिला टोलीले यु १९ को उपाधि चुमेको थियो। २००७ मा मलेशियामै भएको प्रतियोगितामा भने नेपालले उपविजेतामा चित्त बुझाएको थियो।

0 comments:
Post a Comment