जुलाई ३, २००९नेपाली राजदूतावास वाशिङटन डि सी ले अमेरिकाको क्यालिफोर्निया राज्यको ओक्ल्याण्ड स्थित Association of Nepalis in Americas (ANA]) को 27th Annual Convention को अवसरपारी स्थानीय Marriott Hotel मा सन प्रुा_िन्सस्को शहर तथा आसपासमा रहेका नेपाली संगठनहरु समेतको सहयोगमा जुलाई २ २००९ विहीवारका दिन नेपालको पर्यटन पर्वद्धन सम्बन्धी एक कार्यक्रमको आयोजना गयो । कार्यक्रमको आरम्भमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै कार्य बाहक राजदूत श्री काली प्रसाद पोख्रेलले नेपालको आर्थिक विकास तथा बैदेशिक मुद्राको प्रमुख श्रोतको रुपामा रहेको पर्यटनको विकासमा अमेरिकामा रहेका नेपाली समूदायको उल्लेख्य भूमिका हुने भएकाले नेपाली राजदूतावासले नेपाली समूदायसंग मिलेर नेपालको पर्यटन बजारको वारेमा अमेरिकाको विभिन्न शहरहरुमा कार्यक्रम गर्दै आएको कुरा उल्लेख गर्नु भयो । सो कार्यक्रममा उपस्थित द्राभल एजेण्टहरु टुर अपरेटरहरुलाई कार्य बाहक राजदूत श्री पोख्रेलले नेपालको पर्यटकीय बजार खास गरी हिमाल आरोहण ट्रेकिगं प्राकृतिक सौन्दर्य सांस्कृतिक सम्पदाहरु वनस्पति तथा जैविक विविधताका बारेमा चर्चा गर्दै नेपालमा भएको दोश्रो जनआन्दोलन पश्चात देशमा राजनैतिक स्थितरता कायम हुदै गएको र हालैका बर्षहरुमा पर्यटकहरुको संख्यामा उल्लेख्य बृद्धि भएको पर्यटकहरुको सुरक्षा तथा सुविधामा सरकारी तथा गैर सरकारी निकायहरु सकि्रय रहेको जानकारी Power Point Presentation मार्फत जानकारी गराउनु भएको थियो । अवसरमा उहांले क्यालिफोर्निया क्षेत्रबाट दक्षिण एशिया खास गरी भारत पाकिस्थान बंगलादेश तथा चीनको स्वशासित क्षेत्र तिव्वतमा जाने अमेरिकी पर्यटकहरुका लागि प्याकेज टुर बनाउदा नेपाललाई समेत समावेश गर्न आग्रह गर्नु भयो ।sार्यक्रममा बर्कले स्थित Wanderlust Consulting Firm sL Vice President Mrs. Nadia Le Bon ले आफ्ना पति तथा आफूले सन् १९६० को दशकदेखि पटक पटक नेपालको भ्रमण गरेको र पछिल्लो पटक गत अक्टोवरमा सरगमाथाको आधार शिविरसम्मको पैदल यात्रा गरेको अनुभव रोचकसंग सुनाएकी थिइन । उनले विगतमा भन्दा हाल नेपालको टुरिज्ममा गुणस्तरीय प्रगति भएको प्रशंग केलाउदै पोखरामा मनोरन्जनको लागि प्रशस्त बजारिकीकरण भएको कुरा समेत उल्लेख गरिन् सो कार्यक्रममा नेपाल पर्यटन वोर्डबाट प्राप्त Adventure Attractions of Nepal नामक डकुमेद्री देखाइएको थियो । कार्यक्रममा मा आमा फाउण्डेशन खोली अमेरिकाको बर्कलेमा विगत लामो समयदेखि बस्दै आउनु भएको श्री श्रवण नेपालीले नेपाली मादल बजाउदै नेपाली झ्याउरे गित गाउनु भएको थियो । कार्यक्रममा सहभागी विभिन्न ब्यक्तिहरुले टुरिष्ट भिषाको प्रकार लिने प्रकि्रया आदि बारेमा विभिन्न प्रश्न तथा जिज्ञाशाहरु राखेका थिए ।स्थानीय Marriott Hotel मा भएको सो कार्यक्रमको अन्त्यमा नेपाली राजदूतावासका प्रथम सचिव श्री हरिश्चन्द्र घिमिरेले कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै हालैका वर्षहरुमा कार्यक्रम अन्तगर्त पर्यटकहरुले नेपालको अन्तराष्द्रिय विमानस्थलमा रजिष्द्रेशन गरे पछि दिइने गरेको सहुलियत तथा सुविधाका बारेमा अवगत गराउदै Send Home a Friend समेत सफल पार्न नेपाली समुदायलाई अपिल गर्नु भएको भएको थियो । कार्यक्रमको आरम्भमा स्थानीय क्यालिफोर्नियाको फि्रमोन शहरमा Third Eye Tours and Travel की संचालिका उषा लामाले कार्यक्रममा सहभागी नेपाली राजदूतावासका कार्य बाहक राजदूत तथा अन्य कर्मचारीहरुको परिचय गराउनु भएको थियो । कार्यक्रममा पर्यटन पर्वद्धन सम्बन्धी व्यवस्थापन तथा प्रचार प्रशार सामग्रीहरुको वितरण कार्य ट््राभल हाउस नेपालका मेनेजिगं डाइरेक्टर श्री मनोज श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमको आरम्भमा राजदूतावासको तर्फबाट जलपान समेतको ब्यवस्था गरिएको थियो । नेपाली राजदूतावास वाशिङटन डि सीजुलाई २ २००९
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Friday, 3 July 2009
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
"मेरी लक्ष्मी भाउजु" - संगिता घिमिरे, हाल इजरायल
nr n
माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG
sunuwar shyadar 2009

0 comments:
Post a Comment