गत ११ जुलाईको दिन वेलायतको सर्नकिल्फमा धनकुटा जिल्लावासी परिचयात्मक भेला विभिन्न कार्यक्रम गरि भब्यताको साथमा सम्पन्न भयो।
धनकुटाबाट विभिन्न कारणले वेलायतमा आईपुगेका जिल्लावासीहरु बीच एकआपसमा भेटघाट तथा परिचय गर्ने उद्देश्यले आयोजित कार्यक्रममा वेलायतको विभिन्न ठाँउमा छरिएर रहेका धनकुटा जिल्लावासीहरुको ठूलो संख्यामा सहभागिता रहेको थियो।
उक्त भेलाले ज्ञान लिम्बुको अध्यक्षतामा वेलायतब्यापी धनकुटा जिल्लावासी समाजको निर्माण गर्यो। जसअनुसार उपाध्यक्ष द्धयमा जय तामाङ र धनबहादुर रोगु, सचिवमा श्रीमति शसी थापामगर, सहसचिव डिल्लिकुमार राई, आर्थिक सचिव धनबहादुर ठाडामगर, सह-आर्थिक सचिवमा सुरज गुरुङ र सदस्यहरुमा नन्दसिंह मगर (आसफोर्ड), दिल लिम्बु (क्यान्टवरी), धिरेन्द्र चेम्जोङ (म्यानचेष्टर), आनन्द देवान (अल्डरसुट), तारा लिम्बु (बर्मिङगम), बिष्णु राई (स्वीन्डन), पूर्ण लिम्बु (वेष्ट लण्डन), यान गुरुङ (फान्ब्रो), शम्भु लिम्बु (रिडिङ), याम राया (पल्मस्टर्ड), चित्रराज लिम्बु (कोलचेष्टर), श्रीमति राधा लिम्बु (ग्रेस), लोकप्रसाद लिम्बु (सर्नकिल्फ), जितेन्द्र चेम्जोङ (सर्नकिल्फ), डम्बर खजुम (सर्नकिल्फ), विश्वासदीप तिगेला (सर्नकिल्फ) र कमल मगर (ग्रीनवीच ल48डन) रहेका छन भने सल्लाहकारहरुमा रन थापामगर (वेम्ली), डा. सम्पूर्णानन्द ढुङगाना (लण्डन), अमर राना (फान्ब्रो), ब्यानेन्द्र इङनाम (लण्डन), हर्कबहादुर गुरुङ (फान्ब्रो), श्रीमति जसोदा लिम्बु (मेडस्टोन) र ज्ञानबहादुर लिम्बु (अल्डरसुट) रहनु भएको छ।
स्मरण रहोस, विश्वभर छरिएर रहेका तथा वेलायतवासी धनकुटेलीहरुको मुख्य सक्रियतामा विगत केही बर्षअघिबाट धनकुटा प्रतिभा पुरस्कार प्रदान हुदै आएको छ। धनकुटा प्रतिभा प्रतिष्ठान (पुरस्कार कोष) को नामबाट प्रदान गरिने धनकुटा प्रतिभा पुरस्कार प्रदानका गतिविधि, जिल्लाको परिचय लगायत विभिन्न गतिविधिहरुलाई समेटेर प्रकाशन गरिएको धनकुटा सौगात स्मारिकाको विमोचन भेलामा उपस्थित सबैभन्दा जेष्ठ नागरिक श्रीमति जामु याख्खा, ७२ ले गर्नुभयो। स्मारिकाको सम्पादन सुश्री भिमा खजुम, विश्वासदीप तिगेला, सन्तवीर लामा र जनार्दन घिमिरेले गर्नुभएको छ।
भेलामा नेपालको विभिन्न सामाजिक संघसंगठनहरुमा आबद्ध रही उलेख्य समाजसेवा गर्नुभएका ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो। जसअनुसार धरान चौविसे समाजका अध्यक्ष चन्द्रबहादुर लिम्बू, समाजसेवी हर्कबहादुर गुरुङ र महिला नेतृ शशि थापालाई समाजका अध्यक्ष ज्ञान लिम्बुले खादा ओढाई सम्मान गर्नुभएको थियो। भेलामा तम्बोला, राफल ड्र, भान्जि मुक्कुम र सुनिताको नृत्य साथै साँझमा सबैले सामुहिक नृत्यगरि मनोरन्जन गरेका थिए। कार्यक्रम सफल बनाउनको लागि लोक लिम्बु, डिल्लिकुमार राई, डम्बर खजुम लगायतको मुख्य भूमिका रहेको थियो।

0 comments:
Post a Comment