श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 20 July 2009

१९६ औं भानु जयन्तिमा नवोदितको खुल्ला कविता प्रतियोगिता सम्पन्न


भोजराज श्रेष्ठ,दोहा
१९६ औं भानु जयन्तिको अवसरमा नवोदित साहित्यिक वाचनालय दोहा कतारले जुलाई १७ तारिख सुक्रवारका दिन खुल्ला कविता प्रतियोगिता साथै मोवाईल पुस्तकालयको उद्घाटन संस्थाका अध्यक्ष वदि्रप्रसाद पराजुलीको अध्यक्षतामा साथै नेपाली दुतावासका महामयिम डा। सूर्यनाथ मिश्रको प्रमुख आतिथ्य र एनआरएनए आईसीसीका कतार प्रतिनिधी टिवी कार्कीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा कतारमा रहेका गजलकारहरुबाट प्रकाशन गरिएको मरभूमिको साहित्य यात्रा नामक संयुक्त गजल संग्रह साथै तिर्थ संगम राईद्धारा तयार पारिएको प्रवासी संगालो संगम अनि सहयात्री नामक संयुक्त संग्रहको लोकार्पण र साथमा साधारण सभा पनि गरिएको थियो भने कार्यक्रमका क्रममा केही दिन अगाडी पानीजहाजबाट दुर्घटना भएका १२ नेपाली र दिवंगत साहित्यकार साथै विभिन्न ज्ञात अज्ञात सहिद प्रति हार्दिक समवेदना प्रकट गर्दै एक मिनेटको मौनधारण गरी नेपाली राष्ट्रगानबाट कार्यक्रमको शुरुवात भएको थियो । सो कार्यक्रममा प्रमुख अतिथि साथै विशेष अतिथिबाट दिप प्रज्वलन साथै व्यानर उद्घाटन् र भानुभक्त माथी माल्यार्पण गरिएको थियो भने संस्थाका सदस्य नवराज विकले स्वागत मन्तव्य दिनुभएको थियो भने भानुभक्तको वारेमा साथै वहाँका कवितालाई लयात्मक भाकामा सवैलाई मन्त्रमुग्ध पार्नु हुदै संस्थाका सदस्य ईश्वर दाहाल कवीज्यूले भानुभक्तको कालखण्डको वारेमा जानकारी गरेर कार्यक्रमलाई भानुभक्तमयी बनाउनु भएको थियो भने पहिलो चरणको कार्यक्रम एकलव्य राजले संचालन गर्नु भएको थियो ।
मरभूमिको साहित्य यात्राको वारेमा जानकारी गराउदै साहित्यकार तथा पत्रकार राई रमेश गाउँले भन्नुहुन्छ यो विशेषतः कतारमा रहेका स्रष्ठाहरुलाई एकजुट बनाएर गोलवन्द गर्ने र भोलीका दिनमा पनि यस्तै अरु नयाँ पुस्तकहरु संग्रहित गर्ने भन्दै हामीले यो कतारमा कुनै अर्को संस्था हुदाहुदै किन यो संस्था खोल्यौ भन्ने विवादित प्रश्न राख्नुभएको थियो भने सो संयुक्त गजल संग्रहको समिक्षा भने गजलकार आरके ऐलनले गर्नुभएको थियो भने अर्को संयुक्त संग्रह प्रवासी संगालो संगम अनि सहयात्रीको वारेमा लेखक तथा सम्पादक रहनुभएका तिर्थ संगम राईले यसमा रचनाहरु सहयोग गर्ने सम्पूर्ण साहित्यकारमा आभार तथा साधुवाद व्यक्त गर्नुभएको थियो र यसमा भूमिका लेखिदिने श्रवण मुकारुम शुभकामना लेखिदिने नेपाली दुतावास कतार नवोदित साहित्यिक वाचनालय कान्तिपुरका अरव व्युरो श्यामसुन्दर शशी अन्तराष्ट्रिय राजधानी साप्ताहिकका उप सम्पादक दिपक पौडेललाई शुभकामना साथै आभार व्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि महामयिम डा। सूर्यनाथ मिश्रले भानुभक्तले कविताको नयाँ लय र रामयणलाई अनुवाद गरेर सवै नेपालीहरुलाई सहज बनाउदै आज पनि यसरी नेपाली कविताकासमा छाईरहनुभएका नेपाली आदिकवी भानुभक्त नेपालको अग्रणी कवीका रुपमा चिनाउनु भएको छ र नवोदितले यसरी वहाँको जयन्ति मनाएकोमा हामी एकदमै आभारी छौ र भोलीको दिनमा यस्तै खालको अवधारणा ल्याउनुपर्ने कुरा जानकारी दिदै धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस्तै क्रममा अनेसास कतार च्याप्टरका अध्यक्ष दिपक भेटवालले साच्चै भानुभक्तको योगदानलाई मध्यनजर त गर्नै पर्छ तर आज वहाँलाई आदिकवीमा भनिएकोमा विवादित बन्दै गईरहेको छ त्यो भएर कवीहरुले यसको बारेमा मध्यनजर गर्नै पर्ने र नवोदितको र अनेसासको तात्विक भिन्नता नभएपनि यो कतारमा खोलिएको साहित्यिक संस्था हो र यसको मौलिकता भनेको नै कतारमा खुल्नु र अनेसास अमेरिकाबाट खोलिएको हो भन्दै प्रष्ट पार्नुभएको थियो । त्यस्तै क्रममा अन्तराष्ट्रिय नेपाली एकता समाजका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले साच्चै अवका दिनमा यस नवोदितले नयाँ नयाँ साहित्यकार र स्रष्ठा जन्माउनेमा दुईमत छैन साथै आजको यो कार्यक्रमको नयाँ रुप भनेको नै साहित्यकारहरुको जमघट हो र भोलीको दिनमा एउटा राम्रो साहित्यकार जन्माउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । सो क्रममा राजधानी अन्तराष्ट्रिय साप्ताहिकका उपसम्पादक दिपक पौडेलले भाषाको उत्थान नेपालीको पहिचानको नारा लिएर अगाडी बढेको नवोदितले साच्चै भाषाको उत्थानको लागि एकदमै लागि परेको छ कान्तिपुर प्रवाश साप्ताहिकका अरव व्यूरो श्यामसुन्दर शशी, समाजसेवी तथा व्यावसायी प्रज्ञान उदास, समाजसेवी लक्ष्मण खतिवडा, समाजसेवी तथा व्यावसायी नरेन्द्र सेन, नेपाल कतार पत्रकार महासंघका तदर्थ साखा कतारका कृष्ण सुनार, प्रवासी नेपाली सम्पर्क माचका सचिव रामहरी गैरे, सन्ध्या ग्रुपका अध्यक्ष विरेन्द्र कुमार याक्थुम्वा, नेपाली आदिवासी जनजाति संघका महासचिव तथा साहित्यकार स्वयम्वर िसंह लामा, किरात राई यायोक्खाका महेश राई, मुग्लानी सौगातका प्रधान सम्पादक सेलिङ केसी, खोटाङ जागृती सेवासमाजका सचिव हरि कुमार वस्नेत, तमुवौद्ध सेवा समितिका उपाध्यक्ष लक्ष्मीकुमार गुरुङ, अन्तराष्ट्रिय कलाकार संघका अध्यक्ष डिएन मगर, पाथिभरा युवासेवा समाजका अध्यक्ष वलबहादुर महत, खोटाङ सेवासमाजका सल्लाहकार अर्जुनदेव राइ, डिएक्सएन कतारका टुकराज अर्याल लगायतका संस्थाहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।
विभिन्न क्षेत्रसँग सम्वन्धित स्रष्ठा सर्जक साहित्यकार राजनीतिज्ञ वुद्धिजिवी समाजसेवी पत्रकार लगायतका उपस्थिति रहेको सो भानुजयन्तिमा मोवाईल पुस्तकालय खोलिनुको अर्थ कतारमा रहेका स्रष्ठा सर्जक तथा साहित्यकार लगायत सवैलाई समेट्ने गरी पुस्तकहरुको ज्ञान वटुल्न जरुरी रहेको र पूर्ण रुपमा पठनपाठन सजिलो बनाउने हेतुले यो मोवाईल पुस्तकालयको अवधारण अघि सारेको र यो विश्वमा नै नौलो परिक्षण हुने र भोलीका दिनमा साहित्यकारहरु मात्र नभएर सवैलाई सजिलो पर्ने र पढ्नै पर्ने खाल्का पुस्तकहरुपनि रहेकोले यॊ मोवाईल पुस्तकालयलाई सहयोग गर्नुहुने नेपालका ज्ञानु उदास र कतारमा रहनुभएका राजेन्द्र राई लगायतका अरु सहयोगीहरुलाई आभार प्रकट गर्नु भएको थियो पुस्तकालय संयोजक महेन्द्र अदृष्य राईले । त्यस्तैगरी खुल्ला कविता प्रतियोगितामा कतारमा रहेका ५२ जना साहित्यकारहरुले भाग लिएका थिए भने सम्पूर्ण सहभागीलाई प्रमाण पत्र प्रदान गरिएको थियो भने सो क्रममा ज्ञानेन्द्र आंम्गाई सान्त्वना एक हजार नगर र प्रमाण पत्र परशुराम पराई तेश्रो दुईहजार नगद र प्रमाण पत्र विक्रमचेतनशील राई दोश्रो तिनहजार नगद र प्रमाण पत्र र राजकुमार पुत्ला पहिलो पाँचहजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियॊ भने सो नगद सागर नेपाल लक्ष्मण खतिवडा रामहरि गैंरे र उमेश अधिकारीले प्रदान गर्नुभएको थियो । सो कविता प्रतियोगिताको निर्णायकमा श्यामसुन्दर शशी गिरि श्रीष मगर सेलिङ केसी र शिवराज गौतम रहेका थिए भने जनताको अभिमत राख्ने अवसर पनि प्रदान गरिएको थियो सो क्रममा १० जना साहित्यकार तथा समाजसेवी वुद्धिजिवीहरुले त्यो अवसर पाउनु भएको थियो । निर्णायक संयोजकमा श्यामसुन्दर शशी रहनु भएको थियो भने निर्णायक संयोजक भन्नुहुन्छ कार्यक्रममा भाग लिने सवै कवीजीहरुलॆ नै जीत्नुभएको छ तर पनि यो एउटा कटु सत्य हो कि हामीले कुनै न कुनैलाई आजको वेहुला चुन्नु पर्ने भएकोले त्यो अवसर हामीले गुमाएका छैनौं भन्नुभयो । दाश्रो चरणको कार्यक्रम संचालन भने महेन्द्र अदृष्यले गर्नुभएको थियो ।
सो कार्यक्रममा सहसचिव प्रकाश वाजराले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमा प्रविण राईले प्रस्तुत गर्नुभएको थियो भने नयाँ कार्य समिति चयनमा अध्यक्षमा भोजराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा भोजराज दाहाल, द्धितियमा नवराज विक, महासचिवमा प्रकाश वाजरा, सचिवमा तिर्थ संगम राई, कोषाध्यक्षमा प्रविण राई, सहकोषाध्यक्षमा महेन्द्र गुरुङ, सदस्यहरुमा महेन्द्र अदृष्य, देव अवारा, सायद श्री, किशमा किशोर, ईश्वर दाहाल, दुर्लभ शाह, जगतराम वर्देवा, विरेन्द्र कुमार िसंह, चुना पन्त, राजेश्वर ढकाल, डिएन मगर, ज्ञानेन्द्र आंम्गाई वैकल्पिक सदस्य रहने गरी १९ सदस्य समिति रहेका छन् भने संस्थापक सदस्यमा शिवप्रतीक शर्मा साथै सल्लाहकारमा वदि्रप्रसाद पराजुलीको संयोजकमा कृष्ण क्षितिज, सेलिङ केसी, गिरि श्रीष मगर, दिपक भेटवाल, दिपक पौडेल त्यस्तै गरी नेपालबाट ज्ञानु उदास रहेका छन् भने संरक्षकमा टिवी कार्की रहनुभएको छ । भने उक्त नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष वदि्रप्रसाद पराजुलीले सपथ ग्रहण ख्वाउनुभएको थियो साथै संरक्षक तथा एनआरएनए आईसीसीका कतार प्रतिनिधि टिवी कार्कीले कुनै पनि व्याक्तिले विवादित प्रश्नहरु खडा गर्नु पर्ने केही कारणहरु नभएको र यस्ता खाल्का अवान्छनित कुराको पछि लागेर समाजमा दुस्प्रचार गर्न खोज्नु आफैमा घृणित कार्य हो हाम्रो मौलिकतामा हामी हराउनु पर्छ र भोलीको दिनमा यसको प्रचार प्रसार हामी सवै मिलेर गरेको खण्डमा पक्कै पनि एउटा राम्रो उदाहरणिय संस्था भएर जानेमा दुईमत नहोला यो संस्थालाई पनि ग्लोवलाईजेसन गर्न सकिनेछ र यसमा हामीले पक्कै पनि पहल गर्नेछौं भन्नुभयो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika