माधव ढुङ्गेल,काठमाडौं, साउन ४-
देश संघीय ढाँचामा जाँदा केन्द्र, प्रदेश र स्थानीय सरकारबीच आर्थिक अधिकार र राजस्व बाँडफाँडका अधिकांश बुँदामा राजनीतिक दलहरू सहमत भएका छन्। प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा राजस्व बाँडफाँड समितिमा भएको छलफलमा यस्तो सहमति भएको हो। सहमतिअनुसार केन्द्र सरकारको नियन्त्रणमा राष्ट्रिय सुरक्षा र सेना, अन्तर्राष्ट्रिय व्यापार, दूरसञ्चारको नियमन र नियन्त्रण, मुद्रा, मौद्रिक नीति, बैंकिङ र बीमा, परराष्ट्र मामिला र अन्तर्राष्ट्रिय सन्धि केन्द्र सरकारको नियन्त्रणमा रहनेछ। समितिले तयार गरिरहेको मस्यौदा र अवधारणापत्रका अनुसार राज्यको वित्तीय नीति, अन्तर्राष्ट्रिय सीमा, वैदेशिक सहयोग, नागरिकता, हुलाक सेवा
र ठूला आयोजना केन्द्रीय सरकारको नियन्त्रणमा रहनेछन्।
राष्ट्रिय राजमार्ग, ठूला खानेपानी योजना, श्रम सम्बन्ध, अन्तर प्रादेशिक सिंचाइ, विज्ञान र प्रविधि पनि केन्द्रीय सरकारको मातहतमा रहन्छन्।
प्रस्तावनामा आर्थिक स्वतन्त्रता, प्राकृतिक स्रोत साधनमाथि स्थानीय जनताको अग्राधिकार र बहुलवादी लोकतान्त्रिक समाजवाद राख्ने/नराख्ने भन्ने विषयमा भने सहमति जुट्न सकेको छैन। भूमिसुधारका क्रममा हदबन्दी लगाउँदा अधिग्रहणमा पर्ने जग्गाको आर्थिक क्षतिपूर्ति दिने कि नदिने भन्ने विषयमा पनि माओवादी र अरु दलबीच विवाद छ।
माओवादीले राज्यले क्रान्तिकारी भूमिसुधार लागू गर्दा हदबन्दीभन्दा बढी जग्गा बिना क्षतिपूर्ति अधिग्रहण गर्नुपर्ने अडानमा माओवादी छ। एमाले-कांग्रेस र मधेसवादी दलहरू भने हदबन्दीभन्दा बढीको जग्गा मुआब्जा दिएरमात्र राज्यले लिन पाउने अडानमा छन्।
कांग्रेस-एमाले प्रस्तावनामा बहुलवादी लोकतान्त्रिक समाजवाद राख्ने अडानमा छन् भने माओवादी 'बहुलवाद' को विपक्षमा छ। माओवादीले प्राकृतिक स्रोतसाधनमाथि स्थानीय जनताको अग्राधिकार प्रस्तावनामा राख्न चाहन्छ, तर अरु दल यसको पक्षमा छैनन्।
भन्सार, मूल्य अभिवृद्धि कर, संस्थागत आयकर, व्यक्तिगत आयकर, पूँजीगत आयकर, व्याजकर, दूरसञ्चार, हुलाक दस्तुर र क्यासिनो केन्द्र सरकारको स्रोत हुने कुरामा सहमति जुटेको छ। भीसा पासपोट दस्तुर पनि केन्द्रको हुनेछ। मालपोत, घरजग्गा कर, घरजग्गा/सम्पत्ति कर, बहाल कर, व्यवसाय कर, केबलकार, घर बनाउने अनुमति, विज्ञापन, पार्किङ शुल्क, हाटबजारजस्ता कर स्थानीय सरकारले उठाउने छन्।
अन्तःशुल्क केन्द्र र प्रदेश सरकारले बाँड्नेछन्। पर्यटन दस्तुर, प्राकृतिक स्रोतको रोयल्टी, सिंचाइ दस्तुर, खानी, खानेपानी महसुल, वनबापतको आम्दानी केन्द्र, प्रदेश र स्थानीय सरकारबीच बाँडफाँड गरिनेछ।
देश संघीय ढाँचामा गए पनि नेपाल राज्यको कुनै पनि स्थानमा गएर उद्योग, व्यापार-व्यवसाय र रोजगारी गर्ने स्वतन्त्रता रहने विषयमा पनि दलहरू एकमत भएका छन्। जुनसुकै प्रदेश भए पनि देशको कुनै पनि भागमा बिना रोकतोक आवतजावत गर्न र बसोबास गर्ने स्वतन्त्रता पनि सुरक्षित राखिने भएको छ।
समितिले खानेपानी, सिंचाइ र विद्युतको विकास गर्दा दुई वा सोभन्दा बढी प्रदेश वा स्थानीय सरकारको क्षेत्रमा पर्ने भएमा आपसी सम्झौतामा विकास र उपयोग गर्ने अधिकार दिइएको छ। समितिले राज्यलाई दीर्घकालीन असर पर्ने शान्ति र मैत्री सन्धि, सुरक्षा एवं सामरिक सम्बन्ध, नेपाल राज्यको सिमाना र प्राकृतिक स्रोतको उपयोगसम्बन्धी सन्धि संसद्को दुई तिहाई बहुमतले पारित गर्नुपर्ने व्यवस्था गरेको छ।
श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।। ऐत राज् तुम्रोक्
ताजा समाचार
ताजा समाचार
Sunday, 19 July 2009
संघीय नेपालको राजस्व बाँडफाँडमा सहमति
चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०
धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१
इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न
तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो ।
नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो ।
नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् ।
कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।
नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-
माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब संघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर।
मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्।
भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै संसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar
साहित्य फूलबारी
साहित्य फूलबारी
"मेरी लक्ष्मी भाउजु" - संगिता घिमिरे, हाल इजरायल
nr n
माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG
sunuwar shyadar 2009

0 comments:
Post a Comment