कान्तिपुरको पहिलो पेजमा आज छापिएको यो फोटो पूर्ण विकेले खिचेका हुन्। बोक्ने एमालेका एक कार्यकर्ता हुन् भने बोकाइमाग्ने चाहिँ एमाले अध्यक्ष झलनाथ खनाल हुन्। अखिल नेपाल किसान महासंघले तनहुँमा हिजो असार १५ का दिन रोपाइँ कार्यक्रम गरेको रहेछ। त्यसैमा भाग लिन जाने क्रममा बाटोमा परेको एउटा खोला तर्न उनले एक कार्यकर्ताको पिठ्युँमा चढेका रहेछन्।
यस्तो फोटो एक वर्षअघि पनि आएका थिए। सुरुमा माओवादी अध्यक्ष प्रचण्डले रोल्पामा कार्यकर्ताको पिठ्युँ चढेर नदी तर्दै गरेको फोटो छापिएको थियो। त्यसको लगत्तै काँग्रेसका नेता अर्जुननरसिंह केसीले त्यसैगरी कार्यकर्ताले पिठँयुमा बोकेर नदी तार्दै गरेको फोटो कान्तिपुरमा नै छापिएको थियो। अब एमालेको पालो आएछ। काँधमा चढ्न नेपालका सबै दलका सबै नेता च्याम्पियन रहेछन् बा।

0 comments:
Post a Comment