श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 28 December 2009

एसोरेन्स युनिटी लाईफ इन्टरनेशनल पब्लीक लिमिटेड युनिटी जागरुक टीम दोहा कतारको बनभोज कार्यक्रम बिबिध मनोराजनात्मक कार्यक्रमका साथ सम्पन्न


प्रताप ढुङ्गाना - शिक्षा स्वास्थ्य र रोजगारलाई मुल मन्त्र ठानी राष्ट्र निर्माणको अभियानमा जुटेको एसोरेन्स युनिटी लाईफ इन्टरनेशनल पब्लीक लिमिटेड युनिटी जागरुक टीम दोहा कतारले गत शुक्रबार डिसेम्बर २५ तारिख-कि्रस्टमस डे का दिन बिशाल बनभोज कार्यक्रम बिबिध मनोराजनात्मक कार्यक्रमका साथ सम्पन्न गरेको छ । कतारमा छरिएर रहेका राष्ट्र प्रेमी युनिटीयन हरुलाई एकीकृत गरी युनिटीका योजनाहरुलाई अझ शसक्त रुपमा फैलाउदै लैजाने अभिप्रायले आयोजना गरेको बनभोज कार्यक्रम कतारको अलखोर स्थित अलखोर पब्लिक गार्डेनमा जागरुक टिमका अध्यक्ष श्री कमल प्रसाद न्यौपाने र सचिब प्रताप ढुङ्गानाको संयोजकत्वमा भब्यताका साथ सम्पन्न भएको छ ।नब बर्ष २०१० लाई लक्षित गर्दै आयोजना गरेको बनभोज कार्यक्रमको पर्खाईमा रहेका कतारका प्रबासी युनिटी प्रेमी हरु २५ तारिख झूल्के घामको किरणसंगै बसको पर्खाइमा दोहाको जैदा टाबरमा सनैयाको अलातीयामा र वाक्राबाट जम्मा हुदै करिब १०।३० मा अलखोर गार्डेनमा उत्रीएका थिए । अलखोर गार्डेनको पार्क बाहिर एकै साथ करिब १००० भन्दा बढी नेपाली जमात देख्दा त्याहुका सेक्युरिटीहरु अचम्मित पर्नु कुनै नैलो थिएन । यतीे ठुलो जमात के का लागी हामी एउटा राष्ट्र निर्माणको अभियानमा लागेका राष्ट्रप्रेमी हौ भन्ने परिचय दिदै कतारका सचिब प्रताप ढुङ्गानाले सबै युनिटीयन हरुलाई पार्कमा गएर अनुशासीत तबरले बसिदीन आग्रह गरेपछी पार्क तर्फ सबै युनिटीयन हरु लागेका थिए । १००० भन्दा बढी युनिटीयन हरुले एकै छिनमा भरिएको थियो अलखोर नेपाली पार्क । आमन्त्रीत सबै जना जम्मा भएपछि सयौ थुङ्गा फुलका हामी राष्ट्रिय गानका साथ पार्क नै गुिाजीने गरी कार्यक्रम औपचारीक ढंगले सुरु भएको थियो । बनभोज कार्यक्रमा सहभागी सबै मित्रहरुलाई नास्ता बितरण गर्दे स्वागत मन्तब्य प्रस्तुत गदै कतारका अफिस सेक्रेटरी बासु पाण्डे बिदा भएका थिए । दुर्गा भट्टराईले संाचालन गरेको उक्त कार्यक्रमका कम्पनीको राष्ट्रभक्तिपूर्ण आर्थिक क्रान्तिको लक्ष्यलाई सघाएर जीवन परिवर्तनको यो महान अभियानको लाभ उठाउन आब्हान गदै कतारका सकि्रय सदस्य श्री लेख नाथ निरौला युनिटीको छोटो परिचयका साथ बिदा भएका थिए भने युनिटीसँग सहकार्य गर्दै हिडेको आ८नो अनुभबका साथै नेपालमा युनिटकिो प्रभाब बारे जानकारी दिदै श्री नेत्र प्रसाद न्यौपाने बिदा भएका थिए । यसै गरी जागरुक टिम दोहा कतारका सचिब तथा बनभोज कार्यक्रमका सह संयोजक श्री प्रताप ढुङ्गानाले युनिटीले गरेका प्रगती तथा आर्थिक बिबरण प्रस्तुत गर्दै हामी जस्ता डी थ्री यानकी डर्टी डेन्जर र डेथ संग सामना गरी बिदेशमा रोजगार गर्न बाध्य नेपालीहरु ज्ााे अकालमा ज्यान गुमाउन पुग्छन उनीहरुका लागि यो कम्पनीबाट दिइने ईन्सुरेन्स सेवा अति नै प्रभाबकारी बन्ने क्ररामा बिश्वस्त दिलाउदै जती पनि युनिटीमा आबद्ध नभएका नेपालीहरुलाई छिटै सुरक्षित हुन अपिल गदै माचबाट बिदा भएका थिए । यसै गरी कार्यक्रमको पहिलो चरणको अन्तमा बोल्दै कतारका अध्यक्ष तथा बनभोज कार्यक्रमका संयोजक श्री कमल प्रसाद न्यौपानेले यसै गरी सम्पूर्ण नेपालीहरुको स्नेह र सहयोग पाउदै गएमा निश्चित रुपमा नयाँ नेपाल निर्माणमा अतुलनिय भुमिका एसोरेन्स युनिटी लाईफ इन्टरनेशनल पब्लीक लिमिटेडले निभाउने कुरामा बिश्बस्त दिलाई युनिटीका बर्तमान योजना प्रस्तुत गदै युनिटीमा निर्धक्क भएर लाग्न सबै उपस्थित नेपालीह।लाई आब्हान गर्दै पहिलो चरणको कार्यक्र्रम समापन भएको घोषण गर्नु भएको थियो ।
बनभोज कार्यक्रमलाई मनोराजनात्मक रुपमा सफल पार्न जागरुक टिमले फुटबल प्रतियोगीता र सास्कृतिक कला प्रतियोगीता क्रमशः गणेश ढकाल र बजेन्द्र महराको संयोजकत्वमा आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो चरणको सुरुवात गदै फुटबल संयोजक श्री गणेश ढकालले अति नै प्रशंशनीय ढंगले ११ टिमलाई खेल मैदानमा भीडाएका थिए । ११ टिमलाई उछीन्दै जन जागृति युवा कल्ब-राम्को प्रथम युनिटी सनैया टिम द्धृतिय र रिजेन्सी टिम तृतिय भएका थिए । यसै गरी सास्कृतिक कला प्रतियोगीता अन्तर्गत अमृत राई सिता कुमारी सेवाहाङ्ग र मान ब। राईले नृत्य प्रस्तुत गरेका थिए । यसै क्रममा श्री गणेश ढकालको संयोजकत्वमा कुर्ची पकड खेल र स्याउ खाने खेल पनि सम्पन्न भएको थियो । कार्यक्रममा भर्खरै दोहा कतारको नेपाली टप माउन्टेन रेष्टुरेण्टको खाना खाएर पनि स्याउ अत्यन्तै छिटो खाएर अर्जुन बि।sले सबैलाई हसाएका थिए ।कार्यक्रमको अन्तयमा जागरुक टिम दोहा कतारलाई हरपल सहयोग पुर् याउदै युनिटीको अभियानमा अत्यन्तै सकि्रय रुपमा लाग्ने कतारका सदस्यहरुलाई प्रशंसा पत्र सम्मान पत्र प्रमाण पत्रका साथै कलाकार र खेलाडीलाई पुरस्कार द्धारा सम्मान कतारका अध्यक्ष तथा बनभोज कार्यक्रमका संयोजक श्री कमल प्रसाद न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा नेपालबाट भर्खरै घुम्न भनि कतार प्रबेस गर्नुभएकी श्री कमल न्यौपानेकी धर्मपत्नि श्रीमती सीता तिवारी न्यैपाने देबीका कट्टेलका साथै बिभिन्न संघ संस्थाका प्रतिनीधिको उपस्थीत रहेको थियो । कार्यक्रम साभँु करिब ७ बजे सम्पन्न भएको थियो । यस बनभोज कार्यक्रमले आउने दिनमा युनिटीलाई अझ शशक्त र प्रभाबकारी ढंगले अगाडी बढाई राष्ट्र निर्माणमा लगाउन युवा जगतलाई अझ जोश थपेको छ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika