श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 29 December 2009

नेपाली समाज यूकेको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न


सम्झना सापकोटा युके । बिगत लामो समय देखी बेलायतबासी नेपालीहरुकाबीच नेपालको राजनैतिक तथा अन्य स्थानीय समस्यामा एकाकार गर्दै आएको संगठन नेपाली समाज यूकेको दोश्रो राष्ट्रिय अधिवेशन शान्ति जनसंविधान, नागरिक सर्वोचता र राष्ट्रिय संयूक्त सरकार आजको आवस्यकता , नेपालको आर्थिक सामाजिक रुपान्तरनमा हाम्रो जुझारु एक्येबद्धता भन्ने मुला नारालाई पक्कड्दै भब्यताका साथ सम्पन्न भएको छ ।

लगभग हजारको सख्यामा उपस्थित जनसमुदायका बीच अत्यन्त भब्यताकासाथ सजिएको कार्यक्रम स्थलमा नागरीक सर्वोचता र राष्ट्रीयता सम्बन्धि ब्यानर तथा पोष्टरहरुले रङ्गीएको थियो ।
सो कार्यक्रममा प्रमुख अतिथी संयूक्त नेपाली मोर्चा, यूरोपका अध्यक्ष नबिन सापकोटाले उद्घघाटन गर्नु भएको थियो । कार्यक्रममा उपस्थीत अतिथी तथा जनसमुदायलाई मोर्चाका सदस्य महेन्द्र कंडेलले स्वागत भाषण गर्नु भएको थियो । साथै कार्यक्रममा अतिथीहरु नेपाली समाज यूकेका संस्थापक अध्यक्ष कर्ण शाही , समाजका सदस्य सुरेशचन्द्र गौतम, बिष्णु त्रिपाठी, लगायतका बक्ताहरुले नेपालको बर्तमान राजनैतिक अवस्था र बेलायतवासी नेपालीहरुले खेल्नु पर्ने भुमिकामा जोड दिदै कार्यक्रम सफलताको सुभकामना दीनु भएको थियो ।
जनकलाकार मानोस अन्जानको नेतृत्वमा रहेको जनकलाकारहरुले द्धारा स्वागत गितबाट उपस्थीत अतिथि तथा जनसमुदायलाई स्वगत गरेका थिए । सो अधिवेशनले नेपाली समाज यूकेको नाम परीवर्तन गरी प्रगतीशिल नेपाली समाज यूके नामाकरण गर्दै रण वहादुर शाहीको अध्यक्षतामा चार सदस्य पछि थप हुनेगरी ३५ सदस्यीय कार्यसमिती चयन गरेको छ । जसमा उपाध्यक्ष महेन्द्र कंणेल महासचिव प्रकाश शर्मा, सचिव तोयानाथ रीजाल, कोषाध्यक्ष प्रेम गैह्रे र अन्य सबै क्षेत्रिय समितीलाई समेटेर सदस्य चयान हुनु भएको थियो ।
निर्वाचित कार्यसमितीलाई संयूक्त नेपाली मोर्चा यूरोपका नबिन सापकोटा एनआरएन,यूकेका अध्यक्ष सुर्य गुरुङ जनसंपर्क समिती यूके एनडिएफ,यूके यति एसोसीयसनका प्रतिनिधीहरुले बधाई मन्तब्य दिनुभएको थियो ।
कार्यक्रम समाजका संयोजक रणवहादुर केसीको अध्यक्षतामा संपन्न भएको थियो भने कार्यक्रमलाई समाजका सदस्य डा। राजबाबु श्रेष्ठले उद्घघोषण गनुभएको थियो ।
उद्घघाटन मन्तब्यको क्रममा संयुक्त नेपाली मोर्चा युरोपका अध्यक्ष नबिन सापकोटाले युरोपका सम्पूर्ण प्रगतिशील संगठनहरुको तर्फबाट नेपालको जनयुद्द, जनांदोलन लगायत न्यायपूर्ण संघर्षको पक्षमा बैचारीक सम्प्रेषण गर्ने, नेपाल माथि साम्राज्यबादी हस्तक्षेपलाई रोक्ने, प्रतिक्रियाबादी दुस्प्रचारको बिरुद्दमा सहिसमाचारहरु सम्प्रेषण गर्ने, नेपालमा अहिले भारतीय बिस्तारबादले बढाउदै आएको गुणात्मक हस्तक्षेपलाई प्रतिरोध गर्ने प्रतिबद्दता जाएर गर्नु भयो र साथै एउटा नेपालि नागरिकले अन्य देशको नागरिकता लिदा नेपाली नागरिकता त्याग गर्नु नपर्ने प्राबधान बनाउन सरकारलाई जोडदार माग गर्ने बताउनु भयो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika