रोशनी तमू
पोखरा, पौष, ११ / तमू साँकृतिक प्रतिष्ठान पोखराले आज २०६७ सालमा वितरण गरिने छात्रवृत्तिको लागि लिखित छनौट परिक्षा सम्पन्न गरेको छ ।
विगतका वर्षहरुमा कास्की जिल्लालाई मात्र कार्यक्षेत्र बनाइ वितरण गर्दे आएको उक्त छात्रवृत्ति यस वर्षदेखि भने कास्कीको आलवा स्याङ्जा, पर्वत, तनहुँ, लमजुङ्ग गरि ५ वटा जिल्लामा अध्ययन गर्ने जेहेन्दार तमू विद्यायर्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरिने भएको छ । यस वर्षको परिक्षमा ति जिल्लाका कूल २० वटा विद्यालयबाट ३९ जना विद्यार्थीको सहभागिता रहेको छ । कक्षा ८ दखि १० सम्म अध्ययन गर्ने विद्यायर्थीहरुलाई उक्त पुरस्कार प्रदान गरिन्छ ।
परिक्षामा सहभागि विद्यायर्थी मध्येबाट छनौट भएका ६ जना विद्यार्थीलाई वाषिर्क ६ हजारका दरले तिन वर्षसम्म उक्त छात्रवृत्ति प्रदान गरिने छ । परिक्षामा सहभागी विद्यायर्थीलाई छनौट गर्न प्राध्यपक डा.विरेन्द्रसिंह गुरुङ्गको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति समेत गठन गरिएको छ ।
उक्त समितिको अन्य सदस्यहरुमा पुर्व प्रधानाध्यापक एवं संस्कृतिकर्मी लोकबहादुर गुरुङ, प्राध्यपक रामु गुरुङ, सञ्चारकर्मी हुमबहादुर गुरुङ र शिक्षक राम गुरुङ रहनु भएको छ ।
आउँदो ०६७ वैशाखमा प्रदान गरिने सो छात्रवृत्ति पाउनको निम्ती विद्यार्थीले नियमीत रुपमा विद्यालयमा परिक्षा उर्त्तिण गरेको र विद्यालयले सिफारिश गरेको हुनु पर्ने छ । यस अघि सो प्रतिष्ठानले १२ जना जहेन्दार तमू विद्यार्थीलाई उक्त छात्रवृत्ति वितरण गरि सकेको छ । भने नेपाल अधिराज्यबाट एस.एल.सी. परिक्षामा उत्कृष्ट अकं ल्याउने ३१ जना विद्यार्थीहरुलाई समेत सम्मान गरि सकेको प्रतिष्ठानका अध्यक्ष झमबहादुर गुरुङले जानकारी दिनु भएको छ ।
२०५८ सालमा स्थापना भएको सो संस्थाले `उच्च शिक्षा हाम्रो लक्ष्य` भन्ने मूल नाराका साथका शैक्षिक क्षेत्रमा सक्रिय भई काम गर्दे आइ रहेको छ ।

0 comments:
Post a Comment