पुष्प दत्त उप्रेती, यू.के.
२३ डिसेम्बर २००९ - नेपाली समाज यू.के. को दोश्रो राष्ट्रिय अधिबेशन लन्डनको प्लमस्टिड स्थित एशियन कम्युनिटी सेन्टरमा यहि २००९ डिसेम्बर २० तारिकका दिन भब्यताका साथ सम्पन्न भयो। “शान्ती, जनसंबिधान, नागरिक सर्बोच्चता र संयूक्त रास्ट्रिय सरकार अहिलेको आबश्यकता, नेपालको आर्थिक सामाजिक रुपान्तरणमा हाम्रो जुझारु ऐक्यबद्दता” भन्ने मुल नारा रहेको सो कार्यक्रममा ए.ने.क.पा. माओवादीका बरिष्ठ नेता तथा अन्तराष्ट्रिय ब्युरो प्रमुख क. कृष्ण बहादुर महरा ले पठाउनु भएको शुभकामना सन्देशलाई बाचन गरियको थियो। उद्घाटन, बन्द सत्र र घोषणा सभा गरि तिन चरणमा बिभाजित सो कार्यक्रममा संयुक्त नेपाली मोर्चा यूरोपका अध्यक्ष क. नविन सापकोटा द्वारा पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरियको थियो भने उद्भाटन समारोहको सभापतित्व सम्मेलन तयारि समितिका संयोजक रण बहादुर के.सी. र उद्घोषण डा. राजुबाबु श्रेष्ठले गर्नु भएको थियो। त्यसै गरि बन्द सत्रको सञ्चालन नविन सापकोटा, बासुदेव मिश्र र कर्ण शाही गरि तिन सदस्यिय अध्यक्ष मण्डल बाट भएको थियो। त्यसैगरि बासुदेव मिश्रको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहको सञ्चालन कर्ण बहादुर शाही ले गर्नुभएको थियो।यु.के. लगायत अन्य बिभिन्न यूरोपिय संघसंस्था एवं जनबर्गिय संगठनहरु बाट पठाइएका बधाई तथा शुभकामना सन्देशहरुलाई बाचन गरियको उक्त कार्यक्रममा एन्आरएन्ए यूरोपका को-अर्डिनेटर मेजर हितमान गुरुङ्ग, एन्आरएन्ए बेलायतका अध्यक्ष सुर्य गुरुङ्ग, यती एशोसियशनका उपाध्यक्ष कमल भण्डारि, नेपालिज बिजनेस एशोसियशन का अध्यक्ष नरेन्द्र कँडेल, नेपाली जनसम्पर्क समितिका प्रतिनिधी केश बहादुर गुरुङ्ग लगायत अन्य संघसंस्था का प्रतिनिधी ले पनि शुभकामना दिनुभएको थियो।
जनवादी नाराहरु लेखियका ब्यानरहरुले सजिसजाउ कार्यक्रम स्थल उत्कृष्ट जनवादि सांस्कृतिक कार्यक्रम र नेपाली स्वादका खानाका परिकारहरुले कार्यक्रममा थप रौंनकता प्रदान गरेका थिय। सो अधिबेशनले नेपाली समाज यू. के. को नाम अब उप्रान्त प्रगतिशिल नेपाली समाज यू.के. रहने बिधिवत घोषणा गर्दै ४ जना पछि थप्ने गरि रण बहादुर के.सी. को अध्यक्षतामा ३५ जनाको कार्यसमिती चयन गरेको छ। जसमा महेन्द्र कँडेल उपाध्यक्ष, प्रकाश शर्मा महासचिव, तोयानाथ रिजाल सचिव, प्रेम गैरे कोषाध्यक्ष, कपील श्रेष्ठ सह-कोषाध्यक्ष र सदस्यहरुमा सुरेश चन्द्र गौतम, रामहरि श्रेष्ठ, पुष्प दत्त उप्रती, बिपिन राई, पार्बती न्यौपाने, रवि घिमिरे, मनोज भण्डारि, कृष्ण दाहाल, ठाकुर शर्मा, सुशिल गदाल, दिनेश भुसाल, राजन अर्याल, हरि पन्त, प्रदिप के.सी. भोला खनाल, श्याम शेरचन, भरत पोखरेल, किशोर डंगोल, रामबाबु कोइराला, फूल प्रसाद कँडेल, कृष्ण सिंखडा, गीता रायमाझी, बिनोद ज्ञवाली, बासु लामिछाने र विष्णु प्रसाद त्रिपाठी निर्वाचित हुनुभएको छ।
सम्मेलन सफल पार्नको लागि आर्थिक सहयोग गर्ने बिभिन्न संघसंस्थाहरु तथा गन्यमान्य महानुभावहरुलाई संस्थाको तर्फबाट धन्यबाद ज्ञापन गरिएको थियो।

0 comments:
Post a Comment