श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Tuesday, 29 December 2009

इजरायलमा नेपाली चेली इन्द्र कुमारीको क्यान्सरका कारण दुखद निधन


यम गुरुङ/भोला थापा
सजिलो काम अनि राम्रो पारिश्रमिकको आशामा आफ्नो आर्थिक दायित्वलाई पुरा गर्दै आफ्नो परिवार अनी समाज प्रतिको दायित्व पुरा गर्न जस्तो सुकै दु:ख गर्न पनि पछी नहट्ने साहासका साथ सुनौलो भविष्यको सपना बुन्दै आफ्नो प्यारो मातृभुमि र स्नेही परिवारदेखि टाढा टाढा धेरै टाढा सात समुन्द्र पार गर्दै विरानो मुलुक त्यो पनि एक बर्ष होइन, २ बर्ष होइन एक दशक भन्दा वढि विदेशमा व्यतित गर्न सक्ने आँटकी धनी विरङ्गना, नेपाली चेलि इन्द्र कुमारी चेम्जोङको इजरायलमा क्यान्सर रोगको कारण गत २६ डिसेम्वर २००९ शनिवारका दिन रातको करिव ११:३० बजे दुखद निधन भएको छ ।
कोहबारा १ वालुवाथान झापा घर भई २००७ नोभेम्वरमा इजरायल प्रवेष गरेकी इन्द्र कुमारी चेम्जोङको पित्त थैलीको क्यान्सरबाट मृत्यु भएको हो । केयर गिभरको रुपमा कार्यरत चेम्जोङलाई ड्युटीमा रहँदा पेट दुखेर गाह्रो भएपछि उहाँको घरमालिक (इम्प्लेयर) ले विदा दिएको थियो विदामा इन्द्र कुमारी चेम्जोङ अपार्टमेन्टमा गएर बसेकी थिइन। त्यहाँ बस्दापनि उनलाई अधिक पिडाले नछोडेपछि साथीहरुको सल्लाह अनुरुप उनी आफ्नी साथी डोल्मा शेर्पाको कामगर्ने घरमा ३ दिन सम्म गएर बसिन र त्यहाँ उनको दुखाई केही कम भएन उल्टो झन झन वढेर खप्न नसक्ने स्थिती भयो । त्यसपछि उनलाई डोल्मा शेर्पाले ट्याक्सीमा राखेर Clinic लगेकी थिइन र क्लिनिकबाट चिकित्सकले अस्पत्तालमा ट्रान्सफर गरेको थियो । उनलाई २८ दिन अघि जेरुसलेमस्थित हादासा हस्पिटलमा भर्ना गरिएको थियो । भर्ना गरेको १५ दिनसम्म आफ्ना साथिभाईहरुसँग राम्रो वोलिचालि गरेकी इन्द्र कुमारी चेम्जोङको धेरै दिनसम्म पनि चिकित्सकहरुले रोग पत्ता लगाउन सकेका थिएनन् । चिकित्सकहरुले ग्यास्ट्रिकको आशंका गरेका थिए । अनुसन्धानको क्रममा एक हप्ता अघि अल्ट्रासाउन्ड गर्दा उनलाई अत्न्तै पिडा भएको वताइएको छ । तत्पश्चात चिकित्सकले उनको पित्त थैलिमा क्यान्सर भएको जनाएको थियो । थैलिमा भएको क्यान्सर यति धेरै फैलिसकेको वढ्दो थियो की पित्त थैली काटेर फाल्न सक्ने अवस्था थिएन उनको उपचारमा खटिएका चिकित्सरकहरुको भनाईलाई उदृत गर्दै श्रोतले जानकारी दियो । पित्तमा भएको क्यान्सरको विकराल रुप भन्ने थाहा भएपछि चिकित्सकले पित्त थैली छेडेर पानी वाहिर निकालेको थियो भने चिकित्सकहरुले उनको अवस्था अनुसार उनी ७ दिन भन्दा वढी नबाँच्ने समेत वताएको थियो । मृत्यु हुनुभन्दा करिव ७ दिन अघिदेखि चेम्जोङको अवस्था अत्न्तै नाजुक बनेको थियो उनी बोल्न कुराकानी गर्न सक्ने अवस्थामा थिइनन् । विदेशको ठाउँ अस्पतालको मृत्यु सैया, आफन्त भन्ने कोही छैन साथीभाईहरु सबै आ-फ्नो ड्युटीमा त्यस्तो अवस्थामा एकजना इली नामक इजरायली नागरिक जो समाजसेवी, एमविविएस दोश्रो बर्षमा अध्यनरत न्यायिक संसार, इजरायलका सदस्य समेत रहेका व्यक्तीले उनलाई समान्य चिनजानको आधारमा ७ दिनदेखि रात दिन कुरूवा बनेर सहयोग गरेका थिए भने उनका गेरा नामक साथी (उनी पनि इजरायली नै हुन)ले पनि इलीलाई पालोदिई मानवताको राम्रो उदाहरण दिएका छन् ।
मृतकको राहदानी अनुसार ३५ बर्षकी अविवाहित इन्द्र कुमारी गुरुङ एक दशक भन्दा पनि वढी समय विदेशमै व्यतित गरेकी थिइन । इजरायल आउनुपूर्व कुवेत र साउदी अरेवियामा करिव १२ बर्ष घेरेलु काम गरी विताएकी थिइन । चेम्जोङ २८ दिन सम्म विदेशी भुमिमा अस्पतालको शैयामा छटपटाइरहँदा उनको आफन्त भन्ने कोही थिएन । २ दिन अगाडि मात्र उनका भाई रोहित चेम्जोङलाई ३ महिनाको इमर्जेन्सी भिषा उपलव्धि गराइ इजरायल ल्याइएको थियो तर अचेत अवस्थामा शैयामा छटपटाइरहेकी इन्द्र कुमारीले आफ्नो भाईसँग पनि कुनै कुरा गर्न सकिनन् भने त्यो अवस्थामा पनि आमा आमा मात्र भन्दै गरिकी ती दिदिलाई देख्दा भाई रोहीतको अवस्था कस्तो भयो होला त्यो अनुमान गर्न सकिंदैन ।
अस्पतालमा रहँदा मृतक इन्द्र कुमारी चेम्जोङलाई जनजाती सँघ, इजरायलका अध्यक्ष श्री नयन्द्र चेम्जोङ, गुरुङ समाज, इजरायलका अध्यक्ष यम गुरुङ, एन आर एन इजरायलका सचिव वि.आर लामा, मृतकका नजिकका मित्र भोला थापा, साथीहरु सावित्रा रिमाल, डोल्मा शेर्पा लगायतका अधिकांश साथीहरुले लगातार सहयोग गर्दै आइरहेको गुरुङ समाज इजरायलका अध्यक्ष यम गुरुङले जानकारी दिनुभयो ।
मृतक इन्द्र कुमारी चेम्जोङको पार्थिव शरिरलाई नेपाल पठाउने तयारी भइरहेको जनाइएको छ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika