श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Thursday 31 December 2009

पूर्वराजा शाह जुनसुकै मूल्यमा पनि भारतलाई राजसंस्था पुनर्बहालीका लागि सहमत गराउने अभियानमा


प्रकाश तिमल्सिना ,काठमाडौं। आफ्नो पुनर्बहालीको वातावरण बनिरहेको विषयमा भारतीय नेताहरूलाई कन्भिन्स गराउन दिल्ली पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले लामो पर्खाइपछि पनि महत्वपूर्ण नेताहरूसाग भेटघाट पाउन सकेनन्। आफ्ना नातेदारको विवाह कार्यक्रमको सिलसिलामा एक साता राजस्थानको जोधपुर बसेपछि उनी नौ दिनअघि नयाादिल्ली प्रस्थान गरेका थिए। आफ्ना फुपाजु एवं कंग्रेस आईका प्रभावशाली नेता करण सिंहको माध्यमबाट उनले ११ तारिखका दिन प्रधानमन्त्री मनमोहन सिंहलाई भेट्ने, १६ तारिखका दिन कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलाई भेट्ने, त्यसपछि अर्थमन्त्री र विदेशमन्त्रीलाई भेट्ने एवं अन्तिममा १८ तारिखका दिन प्रमुख प्रतिपक्षी दलका नेता लालकृष्ण आडवाणीलाई भेट्ने समय मिलाएका थिए। तर भेटघाटको कार्यक्रम अचानक क्यान्सिल भयो। प्रधानमन्त्री सिंह र नेतृ सोनियाले मात्र होइन, विदेशमन्त्री र अर्थमन्त्रीले समेत भेट नदिएपछि निराश बनेर पूर्वराजा शाह हिजो आइतबार पुनः राजस्थानको जोधपुर फर्केका छन्। ?दिल्लीमा नौ दिनसम्म रहादा उनी होटल ओबरायमा बसेका थिए। भेटघाट उपलब्धिपूर्ण हुने अनुमान गर्दै उनले प्रभाकरशमशेर राणा, अशर्फी शाहलगायतका सहयोगीहरूलाई पनि अचानक दिल्ली बोलाएका थिए। तर भेटघाट किन क्यान्सिल भयो? भन्ने रहस्य अझै खुल्नसकेको छैन। उनको दिल्ली बसाइको सम्पूर्ण खर्च र सुरक्षा प्रबन्ध भारत सरकारले नै बेहोर्ने भनिए पनि अचानक क्यान्सिल भएको छ। सागर तिमिल्सेनाका नाममा होटल ओबरायमा बुक गरिएका आठवटा कोठामा पूर्वराजा शाहको दलबल बसेको थियो। जसमध्ये उनका लागि बुकिङ गरिएको सुइटको मूल्य दैनिक ६० हजार भारु र अन्य सात कोठाको १३/१३ हजार भारु थियो।भारतले सुरक्षा प्रबन्ध नगरिदिएपछि नेपाल सरकारको तर्फबाट गएका तीनजना सुरक्षाकर्मीहरूले नै उनको पहरा दिइरहेका छन्। नौ दिनको दिल्ली बसाइका क्रममा उनी होटलको मूलगेटबाट बाहिर ननिस्केका मात्र होइनन् कि होटलभित्रकै कुनै रेस्टुरेन्ट र बारहरूमा समेत छिरेनन्। खानासमेत सुइटमै मगाए थिए। आइतबार पूर्वराजा शाह सपरिवार जोधपुर फर्के पनि प्रभाकरशमशेर राणा दिल्लीमै बसेर भेटघाटको व्यवस्था मिलाउन लबिङमा लागिरहेका छन् भने दिल्लीले पत्याएका डा.असर्फी शाह भने काठमाडौं आइसकेका छन्। ?समाचार स्रोतका अनुसार माओवादीलाई जातीय गणराज्य घोषणा गर्न लगाउने र चीनसाग मित्रता गाासिदिने मामिलामा दरबार निकटहरूको भूमिका देखिएको सूचना पाएपछि राजसंस्था पुनर्बहाली गर्ने योजनालाई भारतले क्यान्सिल गरेको हो। जातीय गणराज्य घोषणा गर्दै विद्रोहद्वारा जनवादी गणतन्त्र स्थापना गर्ने चरणमा माओवादी पुगेको र चीनले नेपालका माओवादीमार्फत भारतका माओवादीलाई हतियार सप्लाइ गर्न थालेको सूचना पाएपछि राजसंस्था पुनर्बहाली गरेरै भए पनि यो संकट टार्नुपर्ने निष्कर्षमा भारत पुगेको बताउनेहरू पनि थिए। सोही योजनाबारे छलफल गर्न पूर्वराजा शाहलाई दिल्ली बोलाइएको थियो। माओवादीलाई यस्ता गतिविधिमा लाग्न दरबारले नै सहयोग पुर्यारइरहेको सूचना प्राप्त भएपछि भारत झस्केको हो पनि भनिन्छ। तर पूर्वराजा शाह भने जुनसुकै मूल्यमा पनि भारतलाई राजसंस्था पुनर्बहालीका लागि सहमत गराउने अभियानमा छन्। भारतीय नेताहरूलाई भेटेर आगामी जनवरी ९ तारिखमा राजा ज्ञानेन्द्रले स्वदेश फर्किने कार्यक्रम बनाएका छन्।tarun weekly

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika