दुवई देहरास्थित यूएई एक्चेन्जमा एसिस्टेन्ट म्यानेजर पदमा कार्यरत दुर्गाप्रसाद सिवाकोटी कम्पनीबाट ७० हजार दिराम चोरेर भागेपछि त्यहाँ कार्यरत नेपालीहरुले सास्ती भोग्नुपरेको छ ।
१४ डिसेम्बर २००८ का दिन उनी त्यहाँबाट चोरेर भागेपछि नेपालीहरुको प्रतिष्ठा, विश्वास र इज्जतमा धक्का लागेको त्यहाँ कार्यरत नेपालीहरुले बताएका छन् ।
एक नेपाली, महत्वपूर्ण पदमा कार्यरत, त्यसरी भाग्दा नेपालीले चोरेर भाग्यो भनेपछि त्यहाँ कम्पनीका अन्यलाई नेपालीहरुप्रति नराम्रो छाप पर्यो । र नेपालीहरुलाई कम विश्वास गर्न थालियो । मोरङ गोविन्दपुर वडा नं. ४ स्थायी घर भएका सिवाकोटीको विगत चारबर्षदेखि त्यहाँ कार्यरत थिए यूएई एक्सचेन्जमा कार्यरत एक नेपालीले सोलिडारिटीलाई बताए ।
सिवाकोटीको नाम अहिले इन्टरपोलमा राखेर विश्वभर खोजी कार्य जारी राखिएको छ । मासिक करिब ७ हजार दिराम पारिश्रमिक भएका सिवाकोटीले बोनस लगायका सुविधाहरुबाट आकर्षक आम्दानी थियो ।
७० हजार चोरेर भागेपछि त्यहाँ कार्यरत अन्य नेपालीहरुलाई प्रहरी अनुसन्धान, अविश्वासको परिस्थितिका कारण निकै अप्ठेरोमा परेका छन् । महत्वपूर्ण पदमा कार्यरत कर्मचारीबाटै पैसा चोरी भएका कारण बीमा कम्पनीले पनि सो रकम तिर्न अस्वीकार गरेको छ । वीमा कम्पनीले रकम तिर्न अस्वीकार गरेपछि चोरिएको रकम त्यहाँ कार्यरत म्यानेरज लगायत सबै कर्मचारीहरुले तिर्नुपर्यो ।
यसरी एक नेपालीले गरेको गल्तीका कारण सबै कर्मचारी र नेपालीहरुलेनै त्यसको परिणाम भोग्नु परेकाले त्यहाँ कार्यरत नेपालीहरु निकै दु:खी बनेका छन् । घटनाले नेपालीहरुको छविमाथि नै चोट पुर्याएका र कम्पनीले त्यसयता नयाँ नेपाली कर्मचारीहरु थप गरेको छैन । यूएई एक्स्चेन्ज देहर शाखा प्रमुख उनी कृष्णनले नेपालीहरुलाई यसअघि ठूलो विश्वास गरेको तर अहिले सो विश्वास कम हुँदै गएको बताएको त्यहाँ कार्यरत एक नेपालीले कृष्णनलाई उदृत गर्दै सोलिडारिटीलाई बताए । नाम नभन्ने सर्तमा ती कर्मचारीले सिवाकोटीले आफ्नो भविष्य आफै अन्धकारमा पारेको धारणा राखे । उनी अब कुनैपनि देशमा कामका लागि जान पाउँदैनन्, र नेपालमै पनि लुकेर बस्नुपर्ने अबस्था भएको छ । उनले चोरेको रकम एक बर्षमै कमाउन सक्थे तर गल्ती गरेका कारण आफूलाई मात्रै होइन सारा नेपालीहरुको प्रतिष्ठा, इज्जत र छविमा दाग लागेको छ ती नेपालीको गुनासो गरे ।

0 comments:
Post a Comment