दोलखा जिल्लाको एक पवित्र धार्मिक तीर्थस्थल सैलुङको काखमा अवस्थित ऐतिहासिक तामाङ गाउँ (नाम्सा) हो भुरुङ । शत प्रतिशत तामाङ वस्ती रहेको यस गाउँमा मोक्तान थरको बाहुल्यता रहेको छ । जन्मदेखि मरण सम्मका सम्पूर्ण धार्मिक एवं सामाजिक कर्म काण्ड बौद्ध महायानी परम्परा अनुसार गरिन्छ भने गाउँमा दुईवटा ऐतिहासिक गुम्बा, एउटा काकालिङका साथै विभिन्न बनोटका छ्योर्तेन (माने) हरु रहेका छन् । गाउँको शीरमा सिब्ता (भूमिपती) को मन्दिर पनि रहेको छ । सिब्तालाई विशेष किसिमले आफ्नो गाउँको रक्षकको रुपमा पहिले देखि नै मानी आएको छ । सिब्ताको मन्दिर सानो र विशेष किसिमको वन भित्र रहेको छ र यस वनमा कसैले पनि घाँस दाउरा काट्ने र लाने गर्दैन त्यसैले यस सानो वनले हावा, हुरी बतासबाट गाउँलाई जोगाउनुका साथै गाउँको सुन्दरतामा थप सुनमा सुगन्ध थपेको छ ।
धार्मिक दृष्टिकोणबाट हेर्नु पर्दा परापूर्व कालदेखि नै तामाङहरु बौद्ध महायानी परम्परा अनुसार कर्म काण्ड, पूजा र संस्कार संस्कृति चलि आएकोले यस गाउँका तामाङ दाजुभाई तथा दिदी बहिनीहरु विशेष रुपले बौद्ध धर्ममा आस्था र विश्वासका साथ ल्होछार/लोसार, गोने ङ्या, बुद्ध पूर्णिमा जस्ता चाडका साथै घरमा ह्युम, धोमाङ जस्ता बौद्ध धर्म ग्रन्थ पाठ गराएर बौद्ध धर्म, दर्शन र संस्कृतिलाई संरक्षण र सम्बर्दन गर्दै आईरहेको छ । पाँच पुस्ता अगाडिका यहाँका लामा गुरुहरु पनि तान्त्रिक विधिमा पाराङ्गत भएकोले जंग बहादुरको पालातिर काठमाडौं उपत्यकाको जिल्लाहरुमा असिना पानी रोक्ने कार्य गरेकोले अहिले पनि यहाँको लामाले भक्तपुरतिरबाट लामा पाथी भनी अन्नाबाली उठाउने चलन छ ।
यस गाउँको वासिन्दाको मूख्य जीवन यापनको स्रोत भनेको कृषि हो । तर दुई तीन पुस्ता अगाडिका पुस्ताहरु कामको खोजीमा भारत पसी जागिर खाई जीवनयापन गरेको पाईन्छ भने पछिल्लो समयमा विभिन्न पेशा व्यवसाय र वैदेशिक रोजगारीमा जाने क्रम तीब्र भैरहेको छ । हाल आएर यहाँको तामाङहरु विभिन्न क्षेत्र जस्तै राजनीति, सामाजिक, व्यवसायलगायत अन्य पेशामा सक्रिय रही आफ्नो पहिचान बनाउन कृयाशिल रहेको पाईन्छ । हालका दिनहरुमा पर्यटकीय हिसाबले पनि यस गाउँलाई अगाडी बठाउन यहाँका बुद्धिजिवि, यूवा, महिला तथा अन्य व्यवसायमा संलग्न व्यक्तिहरुबीच छलफल भैरहेको छ । सैलुङ, कालिङचोक, गौरीशंकरको चिसो हावा, गौरी शंकर हिमालको शीरमा बिहानी देखिने सूर्यदय र सैलुङ डाँडामा हुने सूर्यास्त यस गाउँबाट अवलोकन गर्न सकिन्छ ।
भुरुङ गाउँ समुन्द्र सतहबाट ३००० मिटर को उचाईमा अवस्थित रहेको छ । काठमाडौंबाट १०३ कि.मि. अरणीको राजमार्ग हुँदै मुडेसम्म र मुडेदेखि १५ कि.मि. को दुरीमा कच्ची बाटो हुँदै लामा घ्याङ सम्म गाडीमा यात्रा गरी त्यस्पछि हिँडेर १५ मिनेटमा तामाङ गाउँ भुरुङ पुग्न सकिन्छ । अन्तमा तामाङ धर्म, संस्कार र संस्कृति सम्बन्धी अध्ययन, अनुसन्धान र विकास गर्न ईच्छुक महानुभावहरुले एकचोटी भुरुङ भ्रमण गरौं भन्ने अनुरोध गर्दछु । ल्हास्सो, सर्वमंगलम ।
कर्म वाङ्गेल मोक्तान
Karma_wala@hotmail.com

0 comments:
Post a Comment