सन्तोष रिमाल, काठमाडौं, साउन ३०- हिरो राजेश हमालसँग नाच्न हिरोइनहरु हच्किन्छन्। उनी राम्रो नाच्न नजान्ने भएकोले भने होइन। यस विषयमा एउटा कथन छ- 'हिरोइन बोकेर नाचेको बेला नृत्यनिर्देशकले 'कट' भन्दिए भने राजेशले तुरुन्तै हात छाडिदिन्छन् र हिरोइन भुइँमा पछारिनपुग्छे।' फिल्म 'हो यही माया हो'को सुटिङमा भेटिएका राजेशसँग यो कथनको प्रसंग कोट्याउँदा उनले यसलाई कथनकै संज्ञा दिएर मजाले हाँसे। 'त्यतिसम्म त होइन'- हिरोइनसँग खासै हिमचिम नहुँदा यस्तो टिप्पणी आएको अन्दाज भने उनले तुरुन्तै लगाए- 'अलिकति ठाउँ भेट्यो भने यहाँ किस्सा बन्न समय लाग्दैन।'
सबैभन्दा धेरै हिरोइनसँग सबैभन्दा धेरैपटक अभिनय गर्ने हिरो राजेश नै हुन्। पर्दामा सबैसँग 'प्रेम' गरेका यी हिरोको सम्बन्ध पर्दाबाहिर कुनै पनि हिरोइनसँग घनिष्ट नभएको सुन्दा अचम्म लाग्नसक्छ। तर राजेश भन्छन् 'सुटिङ स्पटबाट हिँडेपछि म कसैको पनि मतलब गर्दिन। सुटिङमै पनि निजी कुरा सुन्न र सुनाउन मलाई मन लाग्दैन।'
पर्दाका सहकर्मीसँग निजी जीवनको कुनै सम्वन्ध नभएको उनले बताए। 'मलाई बाई हार्ट कुनै हिरोइनको फोन नम्बर समेत थाहा छैन। धेरैको घर कहाँ हो परिवारमा को को छन् भनेर पनि सोधेको छैन,'- उनले सहकर्मीसँगको सम्बन्ध बताए। सँगै काम गर्नेको सबै कुरा थाहा हुनुपर्छ भन्ने उनलाई लाग्दैन। तर सम्बन्धकै विषयलाई लिएर दर्शकले अकमक्कमा पारेको अनुभव भने यिनीसँग थुप्रै छ।
सुटिङको क्रममा काठमाडौंबाहिर गएको बेला यिनीसँग कसैले निरुता सिंहको फोन नम्बर मागेछन्। 'त्यतिबेला निरुताको नम्वर छैन भन्नुपर्दा भने अलि नमजा लाग्यो,' राजेशले भने- 'मलाई कलाकार साथीसँग काम पर्ने भनेको फिल्म बनाएँ भने मात्र हो। त्यतिबेला जसरी पनि नम्वर पत्ता लागिहाल्छ भनेर कसैको पनि सेभ गरेको छैन।'
अरुका कुरा छाडौं आफूले खेलेको सबैभन्दा धेरै फिल्मकी हिरोइन करिश्मा मानन्धरसँग दोहोरो कुरा गर्न पनि यिनलाई सहकार्यकै साइत जुर्नुपर्यो। फिल्म 'हो यही माया हो'मा करिश्मालाई देखेपछि उनले बोले 'वेलकम ब्याक!' करिश्माले 'थ्याङ्क यु' भनिन्। वर्षौंपछि भेट भए पनि यी दुईको औपचारिकता यतिमै सीमित भयो। बाँकी संवाद भने स्क्रिप्ट राइटरले लेखेको बोले । फिल्मका यी हिट जोडीको यथार्थमा यति पातलो सम्बन्ध! 'सँगै काम गर्दैमा एकदमै घनिष्ट भइन्छ भन्ने छैन। हाम्रो व्यावसायिक सम्बन्ध जमेको छ। भइहाल्यो नि'- राजेशले भने।
कुरा करिश्माको मात्र होइन। अरु हिरोइनसँग पनि राजेशको सम्बन्ध उस्तै छ। धेरै फिल्ममा आफ्नो हिरोइन बनेकी जल शाह अहिले अमेरिकामा छिन् भन्ने सम्म राजेशलाई थाहा छ। तर जलसँग पनि आफ्नो बातचित नभएको उनले बताए। लगभग १८ वर्षदेखि कलाकारहरुसँग दैनिक १० घण्टाभन्दा बढी बित्ने गरे पनि फुसर्द हुँदा अरुसँगै रमाइलो गर्ने यिनको बानी रहेछ।
'मेरा केही स्वदेशी र विदेशी साथीहरु छन्। महिला साथी पनि थुप्रै छन्। फुर्सद मिल्यो भने उनीहरुसँग भेटघाट गर्छु'- उनी अलि होसियार बने- 'तर महिला साथी भनेको विशेष खालको चाहिँ होइन नि ! यसको गलत अर्थ नलागोस्।'
कामका लागि आएको ठाउँमा कसैसँग पनि निजी कुरामा अल्मलिन राजेशलाई उचित लाग्दैन। काममा आएर कम बोल्नुमा यिनले आफ्नै कारण देखाए। 'सुरुमा आफ्नो भूमिकामै बढी केन्द्रित हुँदा अन्त ध्यान गएन। पछि यस्तै बानी बस्यो।' गफमा भुल्दा गम्भीरता गुम्ने र चरित्रमा डुब्न नसकिने हुनाले पनि स्पटमा एक्लै बस्न रुचाउने उनले बताए। तर नयाँ कलाकारले केही सोधे भने सहजै सिकाइदिने गरेको उनले बताए। 'नयाँ कलाकारसँग काम गर्दा स्थिति सामान्य बनाउन मैले धेरै नै सहयोग गरेको छु'- आफुसँग पहिलो पटक काम गर्दा धेरै जना नर्भस हुने गरेको उनले देखेका छन्।
आफ्नो अन्तरमुखी स्वभावको आलोचना भएको जस्तो उनलाई लाग्दैन। 'मेरो हरेकसँग समझदारी छ। दुश्मनीका कारण कसैसँग नबोलेको होइन भन्ने सबैलाई थाहा छ'- भलादमी छवि देखाउन यस्तो शैलीमा प्रस्तुत भएको पनि होइन भन्छन् उनी।
चल्तीमा छँदा हिरोइन सिफारिस गर्ने हिरो निकै छन्। तर आफूले कहिल्यै कसैको सिफारिस नगरेको राजेशले दावी गरे। बरु यस्तो काम गर्नेप्रति रोष प्रकट गरे 'यो एकदमै गैरव्यावसायिक काम हो।' फिल्म खेल्न इच्छा गर्नेलाई प्रक्रिया बताई सहयोग गर्ने कामलाई मात्र यिनी उचित मान्छन्। सिफारिसवाला हिरोइनले गर्दा सुटिङमा धेरैपटक अप्ठ्यारो परेको उनको अनुभव छ।

0 comments:
Post a Comment