नायिका सेनिया केसी यतिबेला मुद्दादायर गर्ने तयारीमा छिन् । उनको मुद्दा अरु कसैको लागि नभएर चलचित्र पत्रकारबाट निर्देशक बनेका सुरेशदर्पण पोखरेलका विरुद्ध हो ।
नायिका सोनियाले भनिन्, "ड्रेसका लागि केही छलफल गर्नु छ भनेर निर्देशक दर्पणले मलाई अफिसमा बोलाएर हात समाई यौन प्रस्ताव राख्नुभयो, मैले म त्यस्तो केटी होइन बरु म चलचित्र लाइन नै छोड्छु भनेपछि, यसो नगरे कसरी हिरोइन हुने त । फेरि तिमीलाई के फरक पर्छ र ? भने यत्तिकैमा डराएर त्यहाँबाट घरतर्फलागेँ ।" नायिका सोनियाले रुँदै थपिन्- "यति हुँदाहुँदै पनि म चूप लागेर बसेको थिएँ, तर मेरो नैतिकता र अनुशासन लगायतका विधामा नै प्रश्न उठाएर दर्पणले समाचार छपाएपछि म त्यसको प्रतिकारमा उत्रेको हुँ । दर्पणको यो क्रियाकलापपछि मैले दर्पणको निर्देशन रहने चलचित्र कसलाई दिउँ यो जोवनमा अभिनय नगर्ने बताए पछि दर्पणले मेरो नैतिकता र अनुशासनको कारवाहीमा चलचित्रबाट निकालेको भने ।" उनले थपिन्, "के निर्देशकले भनेजस्तै शारीरिक सम्झौता नगर्नु मेरो अनुशासनहिनता हो ?यदि हो भने यो मामिलामा मेरो अनुशासन छैन ।"
आफ्नो विषयमा दर्पणले पहिलादेखि नै नियत नराम्रो राखेको बताउने सोनियाले भनिन्, "शिलशिलाको प्रमोटको लागि पोखरा जाँदादेखि नै उनको मप्रति नियत नराम्रो थियो । बीचमा विवाद भएर माफी समेत मगाएको छु ।"
उनले थपिन्, "जिन्दगी तलमाथि केही भयो, यो जिम्मा दर्पणलाई जान्छ ।" आक्रोश पोख्दै भनिन्, "यदि दर्पणले मसँग निउँ खोजेको हो भने म पनि त्यहीँ तरिकाले प्रस्तुत हुन्छु ।"
नराम्रो समाचार छापिएको थाहा पाएर साथीभाइले चलचित्र क्षेत्र नै छोड्न सल्लाह दिएको बताउने सोनिया आफ्नो चरित्र प्रमाणित गर्न च्यालेन्स समेत गर्छिन् । उनी भन्छिन्, "मेरो को कोसँग अनैतिक सम्बन्ध छ, प्रमाणित गरेर त्यसको जिम्मा लगाइदिए हुन्छ, म जान तयार छु ।"
पछि यस्तै पर्न सक्छ भनेर चलचित्र निर्माता केदार पराजुली र कृष्ण श्रेष्ठलाई पहिले नै दर्पणको नियत बताएको उनले निखिलले अरुलाई समय नदिएका कारण दर्पणलाई नै निर्देशक राखेको निर्माताहरूको प्रतिक्रिया पाएकी थिइन् तर निर्माताहरूले अप्ठ्यारो नपर्ने आश्वासन दिएपछि उक्त चलचित्रका लागि राजी भएको बताउँछिन् ।
उक्त चलचित्र नखेल्ने बताउने सोनिया साइनिङ एडभान्स रकम ५ हजार फिर्ता गर्ने बताउँछिन् । आफूलाई ड्रेसका लागि बोलाएर शारीरिक प्रस्ताव राख्ने यी निर्देशकले जसरी चरित्रको विषयमा उछेलेका थिए, त्यसैगरी नै सार्वजनिक माफी माग्नुपर्छ भनी उनी भन्छिन् ।
नायिका सोनियाको विषयमा निर्माताद्वय केदार पराजुली र कृष्ण श्रेष्ठसँग केही विवाद परेको समेत गनि बताउँछिन् । नायिका सोनियाको यी भनाइका विषयमा बुझ्न निर्देशक दर्पणलाई फोन गर्दा आफू सुटिङमा व्यस्त भएकोले अन्य कुरा त बताएन् तर सोनियालाई चलचित्रबाट निकाल्न पाउनु निर्माता/निर्देशकको अधिकार रहेको बताए

0 comments:
Post a Comment