श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Wednesday, 5 August 2009

एन आर एन कोरियाको दोश्रो साधारण सभा सम्पन्न,अध्यक्षमा कुवर आई सि सिमा राई


उमेश बस्नेत
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाको दोस्रो साधारण सभा यहि अगष्ट २ तारिख आईतबार सम्पन्न भएको छ । एन आर एन कोरियाका निवर्तमान अध्यक्ष गंगा राज राईको सभापति्वमा सम्पन्न उक्त दोस्रो साधारण सभामा नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनालको प्रमुख आतिथ्य तथा एन आर एनका केन्द्रीय उपसभापति देवमान हिराचनको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो । एन आर एन कोरिया कै निवर्तमान राष्ट्रिय संयोजक डा देवी बस्नेत तथा महिला संयोजक सरस्वती राईद्वारा सञ्चालन गरिएको उक्त साधारण सभा सफलताका लागि जापानबाट अतिथिको रुपमा एन आर एन जापानका अध्यक्ष भवन भट्ट एन आर एन जापानका प्रतिनिधी अरुण कुमार श्रेष्ठ उपस्थित हुनु भएको थियो भने पावर नेपाल २००९ का लागि कोरिया आउनु भएका एफ एन सी सीका ज्ञानेन्द्र प्रधान समेत उपस्थित हुनु भएको थियो । नेपाली राजदूतावासका उपनियोग प्रमुख यादव खनाल तथा एन आर एनका केन्द्रीय उपाध्यक्ष देवमान हिराचन र एन आर एन एसिया प्यसिफिकका सहसंयोजक रुद्र शर्माद्वारा संयुक्त रुपमा गरिएको दीप प्रज्वलनसंगै एन आर एन कोरियाका उपाध्यक्ष ध्यान राईले स्वागत भाषण मार्फत उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्नु भएको थियो । अतिथिको रुपमा आसित बिभिन्न संघसंस्थाहरुका प्रतिनिधीहरुद्वारा मन्तब्य राख्ने क्रममा जनअधिकार मञ्च अध्यक्षः डी आर भण्डारी जनसम्पर्क समिति अध्यक्षः सुनील कर्माचार्य प्रवासी नेपाली संघ अध्यक्षः बिक्रम राई नेपाली सम्मर्क समिति अध्यक्षः डेविट राई त्यसैगरि जापानबाट पाल्नु भएका एन आर एन केन्द्रीय उपसभापतिः देव मान हिराचन एन आर एन जापानका अध्यक्षः भवन भट्ट एन आर एन जापानका प्रतिनिधीः अरुण कुमार श्रेष्ठले आ आफ्नो मन्तब्य राख्नु भएका थिए । त्यसैगरि एन आर एन एसिया पेसेफिक सह संयोजकः रुद्र शर्मा एन आर एन आईसीसी प्रतिनिधीः तेन्जी शेर्पा नेपालबाट पाल्नु भएका एफ एन सी सीका ज्ञानेन्द्र प्रधान नेपाली र राजदूतावास उपनियोग प्रमुख यादव खनालद्वारा दोस्रो साधारण सभाको पूर्ण सफलताका लागि शुभकामना मन्तब्य दिनु भएको थियो ।
एन आर एन कोरियाका निवर्तमान अध्यक्ष गंगाराज राईद्वारा पहिलो चरणको कार्यक्रम समापन गरिए लगत्तै उम्मेदवारी दर्ता गर्ने प्रकृया अगाडी बढाइएको थियो । यसका लागि निर्वाचन मण्डल आवश्यक भएको हुंदा जापानबाट पाल्नु भएका अरुण कुमार श्रेष्ठका साथ रुद्र शर्मा शुनील कर्मचार्य र गणेश अधिकारी गरी ४ जनाको निर्वाचन मण्डल बनाइएको थियो । शुरुमा थुप्रै जनाले उम्मेदवारी दिएपनि एन आर एन कोरियाको नयाँ कार्यसमितिलाई सहमतिमा अगाडी बढाउनु नै उपर्युक्त हुने भएका कारण बिनोद कुंवरको अध्यक्षतामा १३ जनाको कार्यसमिति निर्माण गरिएको थियो । नबनिर्मित कार्यसमितिमा
आइ सी सी सदस्य
गंगाराज राई
अध्यक्षःबिनोद कुंवर
उपाध्यक्षद्वयः
ध्यान राई
दिनेश हिराचन
राष्ट्रिय संयोजकः
आनन्द गुरुङ
राष्ट्रिय सह संयोजकः
दिपकराज रेग्मी
कोषाध्यक्षः
एल बी प्रधान
सदस्यहरुः
रोशन भट्टराई
खगेन्द्र बुढामगर
मनोज कुमार भारती
काजी बावु पोखरेल
खेम कार्की
अक्कल तामाङ र कुश राज राई रहनु भएको छ।
सर्वसम्मतिद्वारा नयाँ कार्यसमिति निर्माण भएपछि एन आर एनका केन्द्रीय उपाध्यक्ष देवमान हिराचनद्वारा सबै पदाधिकारीहरुलाई सपथ गराउनु भएको थियो ।साथै उक्त साधारण सभामा बिषेश आतिथि कारुपमा आउनु भएका केन्द्रीय उपाध्यक्ष देवमान हिराचनको योपाला एन आर एन केन्द्रीय अध्यक्षमा एसियाबाट हुनुपर्नेकुरामा जोडदिन्दै आगामि अक्टुबरमाहुने एन आर एनको चौथो सम्मेलनमा सहयोग गर्न हार्दिक आपिल गर्नु भएको छ ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika