
दुबइ अर्जुन दाहाल१९ अगष्त २००९
नेपाली समाज यूएइद्वारा राष्ट्रिय नाचघरका कलाकारहरुको स्वागत स्वरुप एक कार्यक्रमको आयोजना गरिएको थियो । गत १६ अगष्त २००९का दिन बरदुबइको अरव उडुपी रेष्टुराँमा समाजका अध्यक्ष श्री यम तमूको सभापतित्वमा यूएइकालागि नेपाली राजदूत महामहिम श्री अर्जुनबहादुर थापाको प्रमुख आतित्थयमा यूएइका विभिन्न संघसस्थाका प्रतिनिधि तथा पत्रकारहरुको सहभागीतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । राष्ट्रिय नाचघरका कलाकारहरु लोचन भट्टराई श्वम्भूराज शाक्य सिता कार्की अन्जु रन्जितकार दिलरानी मजाकोटी लोकराज राई मदन थापा तेन्जी लामा कृष्णबहादुर गुरुङ लक्ष्मीप्रसाद डंगोल सुरज श्रेष्ठ मनोज जोशी खड्कबहादुर बुढा तथा नेपाली चलचित्रका कलाकारहरु दिलिप रायमाझी झरना थापा बावु बोगटी सहितको १६ जना कलाकारहरु एकैसाथ गत १४ अगष्त २००९ का दिन दुबइमा आयोजित नेपाली सँस्कृतिक कार्यक्रमकालागि आएका थिए ।राष्ट्रिय नाचघरका गायीका लोचन भट्टराइले जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटाले रशियामा आयोजित कवि गोष्ठीमा नेपाली भाषाको कवितालाई अंग्रेजीमा घारा प्रवाहसंग वाचन गरी नेपाली साहित्यलाई विश्व सामु परिचित गराएका थिए त्यसै गरी विश्वमा नेपाली संस्कृतिको कला संगीत र नृत्यलाई बढी भन्दा बढी प्रचार प्रसार गरिनु पर्ने र यसकोलागि आफू स्वयं पनि लागिपरेको बताउनु भएको थियो । नेपाली चलचित्रका चर्चित कलाकार दिलीप रायमाझीले नेपाली कला नृत्य तथा संगीतलाई पहिचान गरी गरिएको स्वागतमा आयोजकलाई धन्यवाद दिनु भएको थियो ।प्रमुख अतिथी राजदूत थापाले नेपाली कला संगीत तथा नृत्यलाई उचाइमा पुयाउन कलाकारहरुलाई सम्पूर्ण प्रवासी नेपालीहरुले पनि साथ दिनु पर्ने र उदयीमान कलाकारहरुबाट नेपाली संस्कृतिलाई अझबढी टेवा पुग्ने विश्वास प्रकट गर्नु भएको थियो । सो स्वागतकार्यक्रको संचालन समाजका सचिव उत्तम अधिकारीले गर्नुभएको थियो भने कलाकार तथा अतिथिहरुलाई समाजका महासचिव नारायण अधिकारीले मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो ।
0 comments:
Post a Comment