पुष्कर बस्नेत झापा,श्रावण ३२ –
झापाका विभिन्न खोलामा आएका बाढीका कारण आधा दर्जन गा.वि.स.का सात सय बढी घर डुबानमा परेका छन ।
अविरल वर्षापछि विरिङ्ग खोलाको बाँध फुट्दा घैलाडुब्बा र डागिँबारी गाविसका तीन सय बढि घर डुबानमा परेका छन ।
गएराति २ बजेतिर घैला डुब्बा पशुवजार नजिक रहेको बाँध फुटी खोलाको पानि गाऊ पसेको थियो । बाढीगाउ पसेपछि घैलाडुब्बा बजार सहित ५,६ र ७ नम्बर वडा तथा डागिवारी गाविसको २,३,४,५ र ७ नम्बर जलमग्न भएको छ ।
वाढीले सो क्षेत्रका सयै विघा जमिनसमेत डुवानमा परेका छन् । वाधफुटेपछि कतिपय स्थानियवासी राति नै घर छाडि सुरक्षित स्थानतर्फ गएका थिए । बाढीले स्थानियवासीको सयौँ पशुपक्षि बगाउनुका साथै भण्डारण गरिएको खाद्यान्न समेत बगेको छ । उद्धारका लागी प्रहरी ,सशस्त्र प्रहरी र स्थानिय युवासमेत परिचालित भएका छन् ।
उता दक्षिणि झापाको राजगढ गाविस समेत डुवानमा परेको छ । विरिङ्ग खोलाको वाढीका कारण सो क्षेत्रका दुईसय घर डुवानमा परेका छन्। अत्याधिक जोखिममा परेको सो गाउका १२ परिवारलाई प्रहरीले सुरक्षितस्थानमा सारिएपनि अन्यलाई सार्न समस्या भएको प्रहरीले बताएको छ ।
उनीहरुलाई अन्त सार्ने प्रयास भइरहेको छ । बाढीकै कारण शरणमति र पाँचगाछि गाविसका केही भाग पनि डुबानमा परेका छन् । बाढीले सो क्षेत्रका दुई सय घर डुबानमा परेको छ । उता रतुवा खोलामा आएको बाढीका कारण कोहबरा ४ का १२ घरपरिवार विस्थापित भएका छन ।
त्यहाँको थप २० घर बाढीको जोखिममा रहेको प्रहरीले जनाएको छ । यता हडिया खोलामा आएको बाढीका कारण बुधबारे र धाईजन गाविसका सयौँविघा खेत डुबानमा परेको छ । बाढीका कारण मेची राजमार्ग अन्र्तर्गतको हडिया पुल फुट्न सक्ने खतरा बढेको छ ।
साथै लगातारको वर्षापछि गएको पहिरोले मेची राजमार्ग अन्र्तर्गत किटेनी सडकखण्ड बिहानै देखि अवरुद्ध भएको छ । सडक आसपासका पहाड भत्किएपछि सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन बिच बाटोमै अडि्कएका छन् । बाटो सुचारु गर्न प्रहरी र स्थानियवासी लागिपरेका छन भने सडक अवरुद्ध हुँदा पूर्विपहाडी जिल्लाबाट झापा झर्ने यातायातका साधन नचल्दा समस्या उत्पन्न भएको छ ।

0 comments:
Post a Comment