श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 10 August 2009

मगर सँघ युएईको चौथो महाअधिवेशन सम्पन्न; अध्यक्षमा हरी घर्तीमगरनै निर्बिरोध


टेक थजालीमगर, युएई
गत शुक्रबार बरदुबई स्थित एभेरेस्ट ईन्टरनेश्नल होटेलको हलमा नेपाली मगर सँघ युएईको चौथो महाअधिवेशन, हरी घर्तीमगरको सभापतित्वमा सफलता पुर्वक सम्पन्न भएको छ।सो अधिवेशनमा नेपाली मगर महिला सँघ जिल्ला कार्य समिती कपिलबस्तुकी भू.पु अध्यक्ष श्रीमती सरिता घर्तीमगर प्रमुख अतिथीको रुपमा उपस्थित हुनुहुन्थ्यो।


युएईमा स्थापित नेपाली मगरसँघ आबुधावी क्षेत्र,सारजाह क्षेत्र,दुबई क्षेत्र , अमलकुईन् क्षेत्र, अलेन क्षेत्र लगाएतका ५-५ जना प्रतिनिधी र ३-३ जना पर्यवेक्षकहरुको साथमा उल्लेख्य मगरहरुको उपस्थिती भएपछी प्रत्येक क्षेत्रका प्रमुखहरुलाईपनी आसन ग्रहण गराईएको थियो। अध्यक्ष द्वारा ४ वटा मैन बत्ती बाली कार्यक्रमको उदघाटन भएको थियो।उपस्थित मगर समुदायहरुलाई निबर्तमान केन्द्रिय सदस्य हेम बहादुर थापामगरले स्वागत भाषण गरिसकेपछी कोषाअध्यक्ष पुर्ण बहादुर थापामगरले आर्थिक प्रतिबेदन माथि प्रकाश पार्नु भएको थियो भने बर्तमान महासचिव नुन प्रसाद सोमै मगर (दिपक) ज्युले संघको बारेमा लेखिएको प्रतिबेदन बुधागत पढेर प्रकाश पार्नु भएको छ।त्यसपछी सँघको बिधान माथी” सामुहिक छलफल र अनुमोदन भएपछी सँघका अध्यक्ष ज्युले नयाँ कार्य समितीको निर्बाचनका लागि जे.बी रानामगरको सँयोजकत्वमा -३ सदस्यिय निर्बाचन मण्डल गठन गरी आफ्नो नेत्रित्वमा रहेको केन्द्रिय समिती बिघटन भएको घोषणा गरे लगत्तै कार्यक्रम दोस्रो चरणमा प्रबेश गरेको थियो। निर्बाचन मण्डलको सदस्य द्रयमा खिम बहादुर थापामगर र जँग बहादुर थापामगर (तनहुँ) रहनु भएको थियो।

निर्बाचन मण्डलले सँघको बिधान अनुसार क्षेत्रिय समितीका प्रमुखहरु स्वत केन्द्रिय समितीको पदेन सदस्य हुने ब्यवस्था सहित नेपाली मगर सँघ युएईमा २५ सदस्यिय नयाँ कार्य समिती तयार पारेको छ जसको सभापतीमा हरीबहादुर घर्तीमगरनै (गुल्मी) निर्बिरोध चयन हुनुभएको छ। त्यस्तै गरी बरिश्ठ उपाध्यक्षमा श्री गीरमान थापामगर (नवलपरासी) उपाध्यक्ष द्रयमा श्री सानु थापामगर (काठमाण्डौ), श्रीमती सरु थापामगर (धादिङ्ग),महासचिवमा श्री नुन प्रसाद सोमैमगर "दिपक" (नवलपरासी),सचिवमा श्री भरत रानामगर (नवलपरासी) ,प्रबक्तामा टेक थजालीमगर (म्याग्दी) कोषाअध्यक्षमा श्री पुर्ण बहादुर थापामगर (ललितपुर),सहकोषाअध्यक्षमा श्री उपेन्द्र रानामगर(नवलपरासी),त्यसतै गरी सँगठन बिभाग प्रमुखमा भोज बहादुर रानामगर(नवलपरासी),सस्कृति बिभाग प्रमुखमा बबिता रास्कोटीमगर(रुपन्देही),प्रशिक्षण बिभाग प्रमुखमा श्री हस्त बहादुर दर्लामीमगर (सुर्खेत),खेलकुद बिभाग प्रमुखमा श्री हेम बहादुर थापामगर (रामेछाप), रहनु भएको छ। अन्य केन्द्रिय सदस्यहरुमा श्री बेद बहादुर थापामगर (गुल्मी),सुश्री ईन्दिरा आलेमगर (झापा),श्री भोज बहादुर थापामगर(चितवन), श्रीमती सरीता घर्तीमगर (गुल्मी),श्री भोज आलेमगर (सिन्धुली) ,श्रीमती सरीता आलेमगर(सर्लाही),श्री भिम बहादुर दर्लामीमगर (सुर्खेत)चयन हुनुभएको छ भने अन्य स्वत पदेन सदस्यहरुमा जेबी रानामगर (धादिङ),ज्ञान बहादुर सारुमगर(स्याङ्जा),तुल बहादुर पुनमगर (नवलपरासी),लाल बहादुर सिंजालीमगर(रुपन्देही) र डम्मर बहादुर सोमैमगर (अर्घाखाँची)रहनु भएको छ।


उक्त कार्यक्रमको बिच-बिचमा उपस्थित प्रतिनिधी बक्ताहरुले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए, अधिकाँस बक्ताहरुले बिस्वभरी छरीएर रहेका मगरहरु अब आफ्नो भाषा,अक्खा लिपी,साहित्य, सस्कृति,आदिम सत्कारलाई भुल्न नहुने आ-आफ्नो ठाउबाट जाग्नु पर्ने धारणा ब्यक्त गरेका थिए।भने प्रमुख अतिथी सरिता घर्तीमगरले भ्यागुता जस्तो उफ्रिएर मात्रै समस्याको समाधान नहुने बरु अब हामीहरु आफ्नो अधिकारको लागि सामाजिक रुपमा दतेर लागेरनै जनजागरण फैलाउनु पर्छ भन्नु भयो।मन्तब्य ब्यक्त गर्नेहरुमा उपेन्द्र रानामगर,भोजबहादुर रानामगर,ज्ञानबहादुर सारुमगर,खुम बहादुर आलेमगर आदी हुनुहुन्थ्यो।सो महाअधिवेशनको अन्तमा नयाँ कार्यसमितीका सम्पुर्ण पदाधिकारीहरुले अध्यक्ष द्वारा सपथ ग्रहण गरेका थिए।भने अध्यक्ष घर्तीमगरले आफ्नो प्रतिबद्दता ब्यक्त गर्दै भन्नु भएकोछ -युएईवासी नेपालीहरुमाझ हातेमालो गर्दै मगर सँघ युएई अगाडी बढिरहेको छ बढिरहनेछ।फलस्वरुप दशैँ तिहारको अवशरमा सम्पुर्ण युएईवासी नेपालीहरुको भब्यसास्कृतिक कार्यक्रम गरिने जानकारी पनी दिनु भएकोछ।बिदेशको भूमिमा पनी बिभिन्न जिल्लाका मगरहरु उपस्थित भएको हुनाले उपस्थित सबै जनाले खुशी ब्यक्त गरेका थिए भने दुई चरणमा बिभाजन गरिएको उक्त महाअधिवेशनको पहिलो चरण कार्यक्रम संचालन टेक थजालीमगरले र दोस्रो चरणको कार्यक्रम नुन प्रसाद सोमै मगरले गर्नुभएको थियो भने दिनको ३;०० बजे सुरु भएको कार्यक्रम बेलुकी ६;३० बजे निर्बाचन समितीका संयोजक जेबी राना मगरले निर्बाचन मण्डल बिघटन भएको घोषणा गरेपछी समाप्त भएको थियो।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika