श्रद्धेय पाठक बर्ग, केही समय लिम्बु संसार अपलोड गर्न हामी असमर्थ रहेको जानकारी गराउन चाहान्छौ। तपाईंहरु प्रती माफि माग्दै प्राबिधिक कठिनाइका कारण यस्तो हुन गएको जानकारी गराउन चाहन्छौ। तपाईंहरुको सेवामा हामी हरबखत रहने प्रयास गर्नेनै छौ। हामीलाई क्लिक गर्न
नभुल्नुहोला।।
ऐत राज् तुम्रोक्
यो हाम्रो नयाँ पाईला हो। हाम्रो उद्देश्य भनेको गाउँ ठाउँ मा भएका नयाँ तथा ताजा समाचारहरुलाई तपाईं समक्ष पुर्‍याउनु हो। साथै बिभिन्न ज्ञानबर्दक अनी हास्यब्यङ्य सामाग्रीहरु पनि हामी प्रस्तुत गर्दछौं। हामी तपाईंका भावना, गजलहरु अनी लेख रचनाहरुलाई पनि स्थान दिन्छौं। त्यसैले यदी तपाईंसँग पनि कुनै लेख रचनाहरु छन भने कृपया यो ठेगानामा प्रेशण गर्न नभुल्नु होला। संपर्कको लागि ठेगाना - लिम्बू संसार ,दोहा कतार फोन नं +9745664930 email-aitarajtumrok@gmail.com ,/kokmahim2006@yahoo.com

ताजा समाचार

ताजा समाचार

Monday, 3 August 2009

विश्वमा महिला जागरण र आन्दोलन

-पी.एस. बद्री


पृष्ठभूिम


विश्वमा जनसंख्याको आधा भाग महिलाले ओगटेको छ । महिलामाथि वर्गको उदयसँगै उत्पीडनको शुरुवात भएको पाइन्छ । महिला पछाडि पारिनुको मुख्य कारण उनीहरु माथि हेर्ने दृष्टिकोण र गर्ने व्यवहार नकारात्मक हुनु हो । उनीहरुलाई कम्जोर बनाउन प्रयोग गरिएको मुख्य औजार आर्थिक असहभागिता नै हो ।


प्रतिगामी सोच


अरस्तुले महिलालाई निस्क्रिय वस्तु माने सेण्ड थोमसले ूनारी एक अपूर्ण मानव हो एक आकस्मिक प्राणी हो ।ू भनि तुच्छे ठानेका छन् । शेक्सपीयरले नारीलाई ूकम्जोरीको दोस्रो नामू ठानेका छन् । माइक्लेटले ूनारी एक आश्रित प्राणी हो ।ू भनेका छन् । संसारदेखि अपरिचित हुनुमानै नारीको इज्जत छ भनेर नारीको पहिचान उचित ठानेनन् ।

अग्रगामी सोच

चाल्स फुरियेले ूकुनै स्वतन्त्रताको नाप महिलाको स्वतन्त्रताले मात्र मापन गर्न सकिनेूबताए ।स्टालिनले ूदास मुक्त आन्दोलनमा लाखौं महिला शहिद भए । युग परिवर्तनको लागि महिलाको आन्दोलन पुरुषको भन्दा कम छैन ।ू भने ।

युरोपमा महिला आन्दोलन

समाजवादी महिला अन्दोलन युरोपबाट शुरु भयो । मध्य युगिन बर्बताको अन्तिमकालमा जोन अफ आर्क नामकी किशोरीको सन् १४१२ मा उदय भयो । उनी राष्ट्रियता र समानताकी प्रतिक बनिन् । जनक्रान्ति तथा युद्धको आवहान गरेर विदेशी शासकहरुविरुद्ध लडिन् । बृटिस सम्राटको प्रभूसत्तालाई खण्डित तुल्याइ दिइन् । सन् १४३१ म्ाा यीनलाई पुरुषको भेषमा युद्ध लड्न जाने भनेर बोक्सीको आरोपमा जीउदै जलाएर मारियो । त्यतिबेला उनको उमेर १९ वर्षको थियो । सन् १७७९ मा बेलायतकी महिला मेरी उल्स्टनन क्राफ्टले सवैभन्दा पहिला महिला अधिकारको विषय उठाइन् । सन् १८४४मा फ्लोरा टि्रपसन नामकी महिलाले प्रुान्समा महिलाको राजनीतिक संगठन बनाउने योजना बनाइन् । सन् १८४९ मा जोड डेराउन प्रुान्सको संसदीय निर्वाचनमा पहिलो महिला उमेद्वार बनिन् तर सेनाले शासन कब्जा गर् यो । यही समयमा बेलायतमा महिला अन्दोलन शुरु भयो ।सन् १८६५ मा मात्र बेलायतमा महिला मुक्तिआन्दोलनले संगठित रुप लिएको थियो । सन् १९१४को प्रथम विश्व युद्धको पनि विरोध गरे । सन् १९१५ मा विश्व शान्ति र स्वतन्त्रताको लागि अन्तर्राष्ट्रिय महिला संघ गठन गरी दुइ पटक शान्तिका निम्ति नोवेल पुरस्कार प्राप्त गरे । संघकी प्रथम अध्यक्ष जोन एडमसलाई सन् १९३१ र प्रथम सचिव गि्रनवेल्चलाई सन् १९४६ को सो पुरस्कारले सम्मान गरिएको थियो ।

अमेरीकामा महिला आन्दोलन

सन् १८४८ श्रीमती लुक्रेटियामोट र एलिजावेथको नेतृत्व र महिला अधिकारका सवालमा छलफल भएको पाइन्छ । सन् १८३३ मा ओभलिन कलेजले पहिलो पटक परुषसँगै महिलाको भर्ना गर्ने निर्णय लिएको थियो । सन् १८६९ मा अमेरिकाको दास प्रथाको अन्त्य भयो त्यसपछि नारी आन्दोलन शसक्तरुपले अगाडि बड्यो । सन् १९६५ मा पत्रकार एमेलियो ब्लूमरले घुँडासम्मको स्कट लगाउने विचार गर्दा अमेरिकाभर विरोध भयो । १९२० अगस्त २६ का दिन संविधान संसोधन गरी महिलालाई मताधिकार दिन अमेरीकी संसद बाध्य भयो ।

एशियामा महिला आन्दोलन

उपनिवेशबाट मुक्तिको आन्दोलनमा महिलाको योगदान थियो । सन् १७८५ को सन्यासी विद्रोह देखि भारतका महिलाहरु आफ्नो अस्तित्वको खोजिमा लागे । महिलाको अवस्था सुधार्न सन् १८२४ को इस्टइन्डीया कम्पनी विरोधी आवाज उठाए । सन् १८२९ मा सती प्रथाको अन्तको लागि कानुनको घोषणा भएको तर कार्यान्वयन नभएकोमा विरोध गरेका थिए ।सन् १९१७ मा भारतीय महिला समिति गठन भयो । जसको अध्यक्ष एनी वसेण्टले गरेकी थिइन् । यसैले भारतको लागि महिला अन्दोलनको संगठित रुप लियो । त्यसपछि राष्ट्रिय स्त्री सभा सन् १९२१ अखिल भारतीय महिला सम्मेलन सन् १९२७ ले महिलाको आन्दोलनमा महत्व राखेको छ । सन् १९६० मा विश्वकै पहिलो महिला प्रधानमन्त्री श्रीमाओ भण्डारनायके श्रीलंका हो । इन्दीरा गान्धी भारत वेन्जीर भुट्टो पाकिस्तान वेगम खालिदा जिया र शेख हसिना वाजेद बंगलादेश राजनीतिक क्षेत्रका अग्रज महिला हुन् । नयाँ चिनको स्थापना १९४९ पछि चिनमा अखिल चीन महिला संघको स्थापना भयो ।

अन्तर्राष्ट्रीय स्तरमा चर्चित

महिला जेनी वान वासटा फलेन ः संभ्रान्त परिवार तथा अभिजातीय वर्गकी छोरी महान दार्शनिक काल्स मास्रकी जीवन सगिनी जर्मनमा जन्म सन् १८१४ फेब्रुरी १२ सन १८३६ मा प्रेम भयो । तीक्ष्ण बुद्धि शुसीलता र उत्कृष्ट आचरण की धन्ाी । सन् जून १९१९४३ मा जर्मनमा विवाह । सन् १९ ८१ को डिसिम्बर २ मा लण्डनमा जेनीको मृत्यु भयो । नाजेज्दा क्रुस्काया ः लेनिनकी पत्नी सन् १८६९ मा जन्म र सन् १९३९ मा मृत्यु । डा। रोजा लक्जेम्बर्ग ः १८७०-१९१९ जन्म ५ मार्च १९७१ प्ााेल्याण्डमा । मृत्यु जनवरी १५ १९१९ मा गिरफतारीपछि यातना दिएर टाउकोमा गोली हानीमारिएकी हुन् । सम्बन्ध जर्मन क्रान्तिकी नेतृ । अलेक्जाण्ड्रा कोलोन्ताई १८७२- १९५२ ः सैनिक जनरलको छोरी लैंगिक समानताको क्षेत्रमा काम गर्ने महिला सन् १९२३ विश्वको पहिलो महिला राजदूत सन् १८९३ मा विवाहपूजीवादको विरुद्धमा संधै लडिन् । ७० वर्ष मानै देहान्त भयो । क्लारा जेट् किन ः जन्म सन् १८५७ जर्मन नागरिकता कायम राख्न अविवाहिता कायम राखिन् । तर उनका २ वटा बच्चाका बावु ओसीप जेटकिन थिए उनी टिबीको विमारले विते । किन को १९३३मा मृत्यु भयो । इलेनर माक्स्र ः वैज्ञानिक समाजवादका प्रवर्तक कालमाक्स तथा जेनीकी कान्छी छोरी उनको विष सेवनबाट मृत्यु भयो । सुङ चिङ लिङ ः चीनको मानार्थ राष्ट्रपति रा। काँग्रेस कार्य समितिको उपाध्यक्ष सन् १८९३ मा चीनको शाङघाइमा जन्म२५ अक्टोवर १९१५ मा डा। सनयात सनसँग विवाह १९८१ मे २९ मृत्यु । च्याङ चिङ ः माओकी श्रीमती न्ााताशा ः संयुक्त राष्ट्र संघ र नारी आन्दोलनविश्वका महिलाको आवाज सुन्न वि।सं २००२ मा संयुक्त राष्ट्र संघको आर्थिक सामाजिक

नेपालमा महिला आन्दोलन ः

लिच्छवीकालमा राजा मानदेवकी आमा राज्यवतीको सति जाने प्रथामा रोक लगाइयो । राज्य विस्तारमा सहयोग र संचालनको जिम्मेवारी थियो । मध्ययुगिन नेपालमा देवल देवी नायक देवी राजलदेवी भाद गाउँका गद्धीसिन महरानीहरु साहसी एवं जोखिम उठाउने महिला थिए भनिन्छ । मल्लकालमा नायक देवीले सति प्रथाको प्रचलन उल्लंघन गरी कुमार हरिशचन्द्रको मृत्युपछि जगतसिहसँग दोस्रो विवाह गरिन् । उनीबाट जन्मेकी छोरी राजल्ल देवीको विवाह जयस्थिति मल्लसँग गरियो । भाद गाउँको राज्य राजल्यदेवीले चलाउथिन् ।आधुनिक नेपालको इतिहासमा पृथ्वीनारायण शाहकी विमातृ रानी चन्द्र प्रभावतीको दैनिक प्रशासन मा दखल थियो । कार्यपालिका न्यायपालिका र व्यावस्थापिकाका सबै अंगहरु उनैले चलाउथिन् । नालापानी र कांगडाको युद्धमा इन्द्रेणी थापा र सावित्रि देवीले देशभक्ती देखाए । सन् १८१४-२७ नवेम्वरमा भएको नालापानी युद्धमा नेपाली महिलाको विरताको अंग्रेज कप्तान वि_िन्सटार्टले प्रशंसा गरे । शाहकालमा नावालक रणबहादुशाहको नायवी आमा राजेन्द्र लक्ष्मीले गरेकी थिइन् । राज्य विस्तारमा उनको नाम आउँछ । कोत पर्व र भण्डारखाल पर्व पछिे राज्य संचालनमा महिलाको भूमिका मा कमी आयो । १०४ वर्षको राणा काल महिलाको लागि उल्लेख्य रहेन । नेपालको मानव विकास क्रममा मातृसतात्मक समाजदास युग सामान्ती युग क्रमशः विकसित हुदै जानेक्रममा राणा कालसम्म आइपुग्दा औपचारिक रुपमा मानिसहरु दासकोरुपमा किनवेच हुने गर्दथ्यो । सामान्ति युगमा आएर सती प्रथाले महिलालाई अझ कष्टकर जीवन विताउन बाध्य तुल्याइएको थियो । गुप्तकालमा भारतबाट सुरु गरिएको सति प्रथा नेपाली समाजको उपज नभएपनि यसले खास घरानीया र कुलिन महिलाहरुलाई प्रभावित तुल्याएको थियो । सति जानेक्रममा प्रताव मल्लसँग ३५ वटी रत्न मल्लसँग १० वटी नरभुपाल शाहसँग १ वटी योगनरेन्द्र मल्लसँग ३३ वटी रुद्र मल्लसँग ४ वटी पृथ्वी नारायण शाहसँग १ रानी २ भित्रिनी र ६ सुसारेहरु प्रताव सिह शाहकी १ रानी २ भित्रिनी र ६ सुसारेहरु प्रतासिह शाहकी १ भित्रिनीलाई एक महिना पछि सुत्केरी अवस्थामै सति पठाइएको थियो । गृर्वाणयुद्ध विक्रम शाहसँग १ रानी र जंग बहादुर राणाका रानीहरुलाई सति जान बाध्य गरिएको थियो ।अन्ततः चन्द्रशम्शेरले िवंसं १९७७ २८ जुन १९२० ई। को दिन कानुनी रुपले सति प्रथाको अन्त्य भएको घोषणा गरेका थिए ।जनताको पंक्तिबाट शिक्षा र सृजनाको क्षेत्रमा आएकी प्रथम महिला हीरादेवी गाइने मानिन्छिन् । उनले स्त्री शिक्षा नामक कृति लेखेकी छिन् । वि।सं १९५४ तिर स्त्री शिक्षाको आवहान गर्ने पहिलो महिला दुर्गादेवी आचार्य हुन् ।वि।सं १९७४ सालमा सिराहमा स्व।sृष्णप्रसाद कोइरालाको प्रयासमा आफ्नै घरका महिलाहरुलाई सदस्य नियुक्त गरी महिला समितिको स्थापना गरपछि संस्थाको अध्यक्षमा रहन तत्कालिन बडामहारानीलाई निवेदन पत्र पठाउदा महिला समिति भनेको के हो के काम गर्ने हो भनि प्रश्न गरिएको थियो । रानीको जवाफमा भरियाका फाटेका झुत्रा महिला भोटाे टोपी महिलाहरुका झुत्रा चोलो खामी पुलिन्दा गरी पठाइयो । तर यो सफल हुन सकेन । कृष्णप्रसाद भागेर कासी गए । समिति भताभुङ्ग भयो । सो समितिमा कालि दासकी धर्मपत्नी योगमायाँ देवी कृष्ण प्र।sाेइरालाकी धर्मपत्नी माने विपी की आमा दीव्याकुमारी देवी मनमोहन अधिकारीकी माता पूर्ण कुमारी देवी मातृका कोइरालाकी आमा मोहन कुमारी देवी केदार नाथ ढुङ्गनाका बहिनी मैया नानी र कान्छी नानी थिए । अन्तरनिहीत विचारले गर्दा त्यस समय क्रान्तिकारीे महत्व राख्यो यो संगठनको निर्माणमा महिलाले उछिनेकाछन्् । घाँघर प्रथाको विरोधको नेतृत्व्ा दिव्या कोइरालाले गरेकी थिइन् । छोरी चेलीलाई शिक्षित बनाउनुपर्छ ज्ञानको प्रकाशबाट बन्चित गरिनु हँदैन भन्ने त्यस बखत उनीहरुको नारा थियो । कविता गायन शिक्षण र गान्धी आश्रममा संलग्न भएर महिला जाग्रणमा योगदान गरेका थिए । यस पछि नेपाली युवाले विभिन्न संघ संगठन समिति परिषद खोल्न सुरु गरेको पाइन्छ । राजनीतिक जाग्रण बढेकै बेला १९९८ मा नेपालका चार जना युवकलाई फाँसी दिईयो । महिलाले पुरुषसँगै परिवर्तनका लागि अत्यन्तै महत्वपूर्ण काम गरेकाछन् । राणा शासनको विरोध गर्ने क्रममा भोजपुर मजुवा वेसीकी योगमाया न्यौपानेले आध्यामिक धाराबाट क्रान्ति गरेकी थिइन् ।अत्यचारको अन्त्य पुरोहितवालको अमानवीय चलन खारेज जस्ता २६८ वटा मागहरु अघि सार्दै राणाशाहीको विरोध गरिन् । सत्य धर्म भिक्षाका नाममा २६८ वटा माग सरकारले उपेक्षा गर् यो । समाज सुधार सामाजिक न्याय महिला र विधुवाको अधिकार सामाजिक विसंगति विकृतिमा रहेका चलन एवं अन्धविश्वस घुषखोरी वनजंगल रचरनको सुरक्षा जातपात छुवाछुत सानाठूला मानापाथीर चर्को व्याज आदिको नियन्त्रणसम्बन्धमा माग केन्द्रित थ्ािए । माग पुरा हने नदेखेपछि वि।सं १९९५ मंसीरको पूर्णीमाका दिन मजुवामा ठूलो यज्ञको तयारी गरियो उक्त यज्ञमा योगमाया र उनका २६८ जना अनुयायीहरुले अग्निप्रवेश गरी प्राणत्याग्ने निर्णय गरे । तर सरकारले यज्ञ रोक्ने आदेश दिए । योगमायालाई कैद पर् यौ भनी पाटीमा राखियो अरुलाई धनकुटा जेलमा थुनियो । नेपालमा महिला आन्दोलामा पहिलो जेल पर्ने महिला योगमायाको नाउ आउछ । उनका अनुयायी ११ वर्षीय बालक फटिक बहादुर बस्नेत पक्राउ पछि छाडिदिनु भन्ने आदेशमा छुटे । यीनै वालक पहिलो पक्राउ पर्ने वालक हुनुपर्छ । योगमायाले सरकारको यो रवैयाले धर्मको रक्षा नहुने ठानी आफूपछिका सन्तानले धर्म र न्याय पाउन भनी वि।सं १९९८ साल असार ३१ गते शनिबार विहान उज्यालो नहुँदै हरिशयनी एकादशीका दिन अरुण नदीको उर्लदो भेलमा हामफाली देह त्याग गरिन् । यसरी जलसमाधि लिनेहरुमा योगमाया पहिलो व्याक्ति थिइन भने त्यस पछि पं। प्रेमनारायण भण्डारीसहित जम्मा ६८ जना थिए । यो घट्नाले सरकारको विरोधी समूहहरु क्रमिक बन्दै गए ।सहाना प्रधान साधना प्रधान कामक्षादेवी र कही युवाहरुको सक्रीयता गोप्यरुपमा बडदैगयो ।नेपालमा वि।सं २००३ सालदेखि राजनीतिमा संम्लग्न भएकी प्रथम महिला मन्त्री द्वारीकादेवी ठकुरानी हुन् । वि।सं २००४ मा मंगलादेवी सिहले नेपाल महिला संघको नेतृत्व लिइन् । २००८ सालमा कामाक्षदेवीको नेतृत्वमा अखिल नेपाल महिला संघको स्थापना भयो ।

0 comments:

Post a Comment

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूह द्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन

चितवन युवा समूहद्वारा परदेशको जिन्दगी पब्लिक प्रदर्शन, कतार,शुक्रवार, जनवरी १५, २०१०

धन कमाउने सपना बोकी बिदेशिनु परेको छ दुखै दुःखले भरीएको जीवन बरबर आँशु झरेको छ ।अपाङ्ग छीन मेरी बैनी रोगी मेरी बुढी आमाधन कमाई उपचार गर्छु भन्दै खट्छु चर्को घाममा ।बिदेशको कथा ब्यथामा आधारीत करिब ६० प्रतिशत कतारमा छायाङ्कन गरिएको अति नै मार्मीक र चेतनामुलक कथा बोकेको चलचित्र 'परदेशको जिन्दगी' यही आउदो जनवरी १५ तारिखका दिन मुन्ताजा प्लाजा संगै रहेको होटल भेनीसमा पब्लिक प्रदर्शन हुन गईरहेको हुदा सम्पूर्ण कतारमा रहनु भएका प्रबासी दाजुभाई तथा दिदी बहिनीलाई चलचित्र हेरी दिई सहयोग फर् याइ दिन हुन चितवन युवा समूह दोहा कतार तथा मितेरी फिल्म युनिट बिनम्र अनुरोध गर्दछ । सीट सिमीत भएको हुदा अग्रीम टीकट बुकिङ्ग गरी आपनो सीट सुरक्षित गर्न पनि हार्दीक अनुरोध गर्दछौ ।टिकट पाईने स्थान : नेपाली चोक रेष्टुरेण्ट काठमाडौ किचन मेहेमान रेष्टुरेण्ट हिमाल रेष्टुरेन्ट र टाईम भिडीयो ।टिकट मुल्य : क.रि २० मात्रस्थान : होटल भेनिस मुन्ताजा प्लाजा संगैसमय : दिनको २ बजेबिस्तृत जानकारीको लागी सम्पर्क :गणेश ढकाल पश्चिम चितवन पिडीत - ५९०५०९१रामबाबु थापा - ५८७९३४८गजेन्द्र खनाल - ५४४८७५५प्रताप ढुङ्गाना - ५१७६४८७होमनाथ पौडेल - ६५६५४८१

इजरायलमा सांस्कृतिक साँझको पहिलो दिनको कार्यक्रम भव्यताका साथ सम्पन्न

तमु ल्होछार तथा नयाँ बर्ष सन २०१० को उपलक्ष्यमा गुरुङ समाज इजरायलद्वारा आयोजित दुई दिने तमु गुरुङ (ल्होछार) तथा विविध सांस्कृतिक कार्यक्रम २०६६ को पहिलो दिन शुक्रवारको कार्यक्रम भव्यताका साथ सम्पन भएको छ ।
इजरायलको प्रमुख शहर तेलअभिवको हगाना अवस्थित वेतवारवर हलमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पुर्व निर्धारित समय भन्दा करिव १ घण्टा ढिलो साझ ९ बजेदेखि शुरु गरिएको थियो । नेपाली राजदुतावास इजरायलका द्वितिय सचिव विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रम दिप प्रज्वलन गरी शुरु गरिएको थियो भने कार्यक्रमको आयोजक प्रमुख तथा तमु समाज इजरायलका अध्यक्ष यम गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रममा नेपालबाट आएका ख्याती प्राप्त कलाकारहरु लोक गायक राजु परियार, पप गायक द्वय रोज मोक्ताक र भुपेन्द्र गुरुङ तथा नेपाल टेलिभिजनबाट प्रसारण गरिंदै आएको प्रसिद्द नेपाली कमेडी सिरियल मेरी वास्सैका कलाकारहरु सिताराम कट्याल (धर्मुस), केदार घिमिरे (माग्ने बुढा), र कुन्जन घिमिरे (सुन्तली) हरुद्वारा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु गरिएको थियो । नानु गुरुङ, मिलन गुरुङ र नेहा गुरुङद्वारा उद्घोषण गरिएको उक्त कार्यक्रमको शुरुमा विभिन्न संघसंस्थाका प्रतिनिधीहरुलाई अतिथीको आशन ग्रहण गराइएको थियो । कार्यक्रम शनिवार साँझ पनि सोही स्थानमै हुने संयोजकले जनाएका छन् । कार्यक्रमको भिज्युअल पनि यसै मिडिया मार्फत प्रस्तुत गर्ने छौ कृपया धैर्य गर्नु होला ।

नेवाः राज्यको राष्ट्रगान। हेर्नुस् भिडियो-

माओवादीले एक्लै राज्य घोषणा गरेको त देखिसकिएको थियो, अब स‍ंघीयताको स्पष्ट खाका बुझाउन नसकेको कांग्रेस र एमालेका भ्रातृ संगठनहरु पनि सम्मिलित संयुक्त समितिले गर्ने राज्य घोषणा चाहिँ कस्तो हुँदो रहेछ भन्ने जिज्ञासा थियो। त्यसमाथि नेवाः राज्यको झण्डा र राष्ट्रगान पनि सार्वजनिक गर्ने प्रचार गरिएको थियो। झण्डा त नेवारहरुका घरघरमा यसअघि नै फहराउन थालिसकेको हुनाले जिज्ञासा थिएन, राज्यगान (राज्यको राष्ट्रगान) कस्तो हुँदो रैछ भन्ने उत्सुकता थियो। त्यही भएर लागेको थिएँ दशरथ रंगशालातिर। मञ्चबाट हामीहरु विखण्डनकारी हैनौँ, हामीलाई पनि यो देशको उत्ति नै माया छ भन्दै नेपालको उही प्यारो राष्ट्रगान ‘सयौँ थुंगा फूलका हामी…’ बजाइयो। सबैले उठेर यसप्रति सम्मान व्यक्त गरे। त्यसपछि बल्ल बजाइयो नेवाः राज्यको राष्ट्रगान। कस्तो थियो त त्यो ? भिडियो हेर्न भित्र आउनुस्। भिडियोको सुरुमा सभाअघिको सांस्कृतिक झाँकीसहितको जुलुसका दृश्य पनि छन्। यो गीतको रचना दुर्गालाल श्रेष्ठले गरेका हुन्। उनलाई जनकवि भन्ने गरिन्छ। फूलको आँखामा फूलै स‍ंसार…उनैले लेखेको गीत हो। यसमा संगीत तीर्थ मालीले दिएका हुन्। हेर्नुस् भिडियो-by my sansar

साहित्य फूलबारी

साहित्य फूलबारी

nr n

माया मिठो ........ NEPALI LOK GEET ....... SHAMBHU RAI & AAVA MUKARUNG

sunuwar shyadar 2009


स्मृति सम्बाहाम्फे

 

  © 2009 लिम्बू संसार

True Contemplation Blogger Template by M Shodiq Mustika