राजधानीमा पदर्शनका कारण ट्राफिक व्यवस्था दिनप्रतिदिन बिग्रदै गएपछि त्यसलाई रोक्ने पहल हुन थालेको छ । प्रहरीले राजधानीमा कुनै पनि निहुँमा यातायात आवागमन ठप्प हुनेगरी प्रदर्शन गर्न नदिने भएको छ ।
उपत्यकाको स्थिति सामान्य राख्न गृहमन्त्री भीम रावलले निर्देशन दिएपछि यो कदम चालिएको बतउएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसपी नवराज सिलवालले कुनै पनि स्थलमा जाम गर्नेलाई १५ मिनेट भित्रै हटाउन आदेश आएको बताउनुभयो । उहाँले नटेर्नेलाई पक्राउ गरी केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाइने जानकारी दिनुभयो ।
केही समययता बिभिन्न बहानामा हुने आन्दोलनका कारण दिनहुँजसो सडक जाम हुँदै आएको छ । यसले गर्दा सर्बसाधारणहरु मर्कामा परेका छन् ।
राजधानीमा भने राष्ट्रपति प्रधानमन्त्री हिडदासमेत जाम हुने गरेको छ । बिहीबार राष्ट्रपति नीति तथा कार्यक्रम पेश गर्न आउँदा मात्रै सर्बसाधारणहरु घन्टौको जाममा परेका थिए त्यस दिशामा भने गृहमन्त्रलयले केही ध्यान पुर्याएको देखिदैन ।
सर्बसाधारणले राष्ट्रपतिको ओहोरदोहोरलाई पूर्व राजाको भन्दा चर्को भनेर टिप्पणी गरेका छन् । प्रहरीको यो योजना सफल हुन कठीन देखिएको छ।

0 comments:
Post a Comment