लण्डन/ बेलायतको दक्षिण पूर्वी सहर फोक्स्टोन टाउनमा निर्माण गर्न लागिएको गोर्खा स्मारकका लागि देशविदेशबाट सहयोगका हातहरु अगाडि
बढेका छन् ।
फोक्ल्याण्डमा रहेका गोर्खा सैनिक तथा स्थानीयवासीले संकलन गरेको ५ सय पाउण्ड क्याप्टेन चीनबहादुर थापाले निर्माण कमिटीलाई हस्तान्तरण गर्नु भएको छ । काउन्सिलर धन गुरुङले गोर्खा स्मारक निर्माणका लागि प्रत्येक दिन ३-४ वटा चेक प्राप्त हुनेक्रम जारी रहेको वताउनुभयो । मूर्ति निर्माणको लागि व्यक्ति वा संघ संगठनले गरेको सहयोगको अभिलेख स्मारिकामा राखिने र सहयोगको लागि महत्वपूर्ण योगदान पुर्याउनु हुने व्यक्तिहरुलाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिने कमिटीका सदस्य गोपाल गिरीले बताउनु भएको छ । गिरीका अनुसार हालसम्म लगभग १४ हजार पाउण्ड संकलन भइसकेको छ ।
अब २५ हजार रकम संकलन हुनासाथ मूर्ति निर्माणको काम सुरु हुने बताइएको छ । मुर्ति निर्माणको लागि कूल ५० हजार पाउण्ड लागत लाग्ने गिरीले बताउनु भयो । मूर्ति निर्माणले बेलायती समाजमा नेपालीहरुको अस्थित्वलाई उर्जा मिल्ने भएकोले सबैलाई सहयोग गर्न कमिटीले आग्रह गरेको छ । सहयोग गर्न इच्छुक व्यक्तिले मोवाइल नम्वर 07878533582 मा सम्पर्क गरी वा http://www.gurkhamemorialfund.org.uk/ मा गएर सिधै अनलाइनबाट सहयोग गर्न सक्ने गिरीले बताउनु भयो ।

0 comments:
Post a Comment