माओवादीका अयोग्य जनसेनाले पुनःस्थापना प्रक्रियाप्रति तीब्र असन्तुष्टि जनाउदै जनसेना सरह नै आफुहरुले मान्यता पाउनुपर्ने माग राखेका छन् । शुक्रबार पुगेको शान्तिमन्त्रालयका सहसचिब विष्णु नेपालको नेतृत्वको टोलीसँग उनीहरुले आफूहरुले नेपाली सेनामै अवसर पाउनुपर्ने बताए । नवलपरासीको हात्तीखोरस्थित ४ नम्बर डिभिजनका अयोग्य जनसेनाले भने जनसेना सरह नै हमी हरुले पाउनु पर्छ्
शान्तिमन्त्रालयका सहसचिब विष्णु नेपालको नेतृत्वको टोलीले नवलपरासीको हात्तीखोरस्थित ४ नम्बर डिभिजनबाट पुनःस्थापना कार्य सुरु गरेको हो । टोलीमा सहसचिव गोबिन्द खनाल, सेना समायोजन बिशेष समितिका प्रतिनिधि र अनमिनका प्रतिनिधि सम्मिलित ११ सदस्य सहभागी छन् ।
नेपालको नेतृत्वमा आएको ११ सदस्यीय टोलीले चौथो डिभिजनको परिवर्तन स्मृति वि्रगेड हात्तीखोरमा रहेका अयोग्य जनसेनासँग शुक्रबार छलफल गरेको हो । छलफलका क्रममा अयोग्य जनसेनाले सरकारको पुर्नस्थापना कार्यक्रम नुन नहालेको तरकारी जस्तो भएको प्रतिक्रिया दिएको चौथो डिभिजन श्रोतले वताएको छ । टोलीले अयोग्यका लागि ल्याइएका रोजगार, सीप विकाश, कृषी, शिक्षा लगायतका पुनःस्थापना प्रस्तावका बारेमा छलफल गरेका छन् । शुक्रबार पहिलो दिन जनसेनाको धारणा वुझ्ने काम भएको र उनीहरुको भनाईको आधारमा नयाँ दस्तावेज तयार पार्ने टोली प्रमुख विष्णुप्रसाद नेपालले जानकारी दिनुभयो । यद्यपि छलफलमा स्थानीय पत्रकारहरुलाई जान रोकिएको थियो ।विगतमा लडेको लडाई बाहिरिनका लागि नभएको जिकिर गर्दै जनसेनाहरुले आक्रोस पोखेका छन् । सरकारी टोलीले उनीहरुका मागलाई केन्द्रीय स्तरमा छलफलमा लैजाने प्रतिवद्धता जनाएका थिए ।
चौथो डिभिजनका कार्यालय सचिव तारा पुनले अयोग्य जनसेनासँग छुट्टै छलफल गरेर धारणा जनमुक्ति सेनाको धारणा सार्वजनिक गर्ने बताउनुभयो । पुनःस्थापनाका लागि छलफल गर्न शान्तिमन्त्रालयका सहसचिव नेपालसहित युनिसेफका इभान राई, अनमिनका केटीजोन, युएनएचसीआरका सुजाता प्रधान युएनडिपीका गायवोनहिमलगायत छन् । टोलीले ६ चरणमा पुनःस्थापना सक्ने योजना बनाएको छ । प्रमाणीकरणका क्रममा ४ हजार ८ जना लडाकु अयोग्य ठहरिएका थिए । अनमिनले प्रमाणीकरणका क्रममा १९ हजार ६ सय २ जनसेनालाई मात्र योग्य ठहर्याएको छ । अयोग्य लडाकु इलामको चुलाचुलीमा सबैभन्दा बढी छन् । सबैभन्दा कम कैलालीको तालबन्दमा रहेका छन् ।

0 comments:
Post a Comment